Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

हरिबोललाई पन्छाएर सिन्धुली २ बाट उम्मेदवार बनेका राजन को हुन् ?

खबरडबली संवाददाता

काठमाडौं । लेखनाथ दाहाल 'राजन' सिन्धुलीका लोकप्रीय युवा नेता हुन् । यस पटक उनी पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट सिन्धुली क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि माओवादी केन्द्रका उम्मेदवार छन् ।

सिन्धुलीमा उनको लोकप्रीयता, जनतासँगको सम्बन्ध र संगठन विस्तारमा उनले खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै पार्टीले यसपटक दाहाललाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो । २०७४ मा भने उनी प्रदेशसभामा विजयी बनेका थिए । २०७४ मा प्रदेशसभामा विजयी बनेका दाहाललाई यसपटक माओवादी केन्द्रले प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो ।

राजनीतिक संघर्षका हरेक मोर्चामा सक्रिय रहने दाहालले ती मोर्चाहरूमा सफलता हासिल गर्दै आएका छन् । रामेछाप होस् या सिन्धुली नै किन नहोस् उनले जहाँ पार्टीको नेतृत्व सम्हाले त्यहाँ सफलता प्राप्त गरे । उनी उच्च तहमा जनताको माग अडानका साथ राख्छन् । जसका कारण उनी जनताका प्रिय नेता बन्न सफल भएका छन् ।

राजन दाहालको जन्म वि.सं. २०३४ साल असार १० गते बुबा लिलानाथ दाहाल र आमा टंककुमारी दाहालको कोखबाट भएको हो । दाहाल सुनकोशी गाउँपालिका ५ नाङ्गेडाँडाका स्थानीय हुन् ।

दाहालले विद्यार्थी जीवनदेखि नै राजनीति सुरु गरे । १२ वर्षकै उमेरमा कक्षा ८ मा पढ्दै गर्दा २०४६ सालमा दाहालले राजनीतिक यात्रा सुरु गरे । २०५२ मा तत्कालीन माओवादीले महान् जनयुद्ध सुरु गरेसँगै उनी जनयुद्धको आँधीबेहरीमा होमिए ।

जनयुद्धको आँधीबेहरीमा होमिएका दाहाल शोषित पीडित जनताको आँखाको नानी थिए भने तत्कालीन राज्यसत्ताको आँखाको कसिङ्गर । सोही क्रममा तत्कालीन राज्यसत्ताले उनको खोजी कार्यलाई निकै महत्त्वका साथ अघि बढायो ।

जनयुद्धकै क्रममा तत्कालीन राज्य सत्ताले दाहाललाई २०५३ सालमा गिरफ्तार गर्‍यो । उनले ३ वर्षसम्म जेल जीवन बिताएर २०५६ चैतमा मा रिहा भए । रिहा भएपछि पनि दाहाल थाकेनन् । जनताको मुक्तिका लागि उनी निरन्तर संघर्षको मैदानमा डटेर खडा भए ।

पार्टी र आन्दोलनप्रतिको निष्ठा, जनताप्रति समर्पण, कुशल संगठक, इमान्दार नेता अनि जनताका प्रिय पात्र भएकाले पार्टीले पनि दाहाललाई एकपछि अर्को गर्दै महत्त्वपूर्ण जिम्मेवारी दिँदै गयो । पार्टीले दिएका त्यस्ता जिम्मेवारीमा दाहालले आफूलाई खरो रूपमा उतारे । आफूले पाएको मोर्चामा सफलता प्राप्त गरेरै छाड्ने उनको विशेषता छ ।

शान्ति प्रक्रियामा आएपछि दाहाललाई पार्टीले रामेछाप खटायो । उनी रामेछापमा पार्टीको संगठन विस्तारमा सक्रिय बने । त्यहाँ रहँदा पनि दाहालले सफलता प्राप्त गरे ।

त्यसपछि पार्टीले उनलाई २०६६ मा सिन्धुली जिल्लामा सहइन्चार्ज बनाएर पठायो । उनी सिन्धुलीमा सक्रिय बने ।

दाहाल जहाँ जान्थे, त्यहाँ जनताका समस्या र पीरमर्कालाई नजिकबाट बुझेर त्यसको समाधान गर्न लागिपर्थे । जनताले खेप्ने हैरानी र दुःखले आफूलाई पीडा हुने दाहाल बताउँछन् । सोहीकारण जनताको सुखदुःखमा सधैँ साथमा रहने उनको प्रतिबद्धता छ ।

जिल्ला सहइन्चार्जको भूमिकामा सक्रिय रहेका दाहालको लगनशीलता र मेहनलाई पार्टीले पनि नजिकबाट नियालीरहेको थियो । सोही क्रममा २०६९ मा उनी पार्टीको जिल्ला इन्चार्ज र अध्यक्ष बने । पार्टीको जिल्ला नेतृत्व सम्हालेपछि पनि उनले जनतासँगको नाता टुट्न दिएनन् बरु अझ मजबुत बनाए । उनी जनताले समस्या पाएको थाहा पाउनेबित्तिकै समाधान गर्न तम्सिइहाल्छन् । सोहीकारण जनतासँग उनको नाता मजबुत बन्दै गएको छ ।

राजन दाहालले विभिन्न मोर्चामा सक्रिय रहँदा पाएको सफलतासँगै रजनीतिको सिँढी पनि उक्लँदै गए । यसै क्रममा पार्टीले उनलाई २०७४ मा प्रदेश सांसदको उम्मेदवार बनायो । त्यसबेला उनी अत्यधिक मतका साथ विजयी भए ।

प्रदेश सांसदका रूपमा क्रियाशील रहँदा दाहालले जनताको पक्षमा धेरै र उल्लेख्य कामहरू गरे । जसका कारण उनको लोकप्रियता थप चुलियो । दाहालको भूमिका र योगदानलाई उच्च मूल्यांकन गर्दै पार्टीले यसपटक उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।

राजन दाहाल अहिले सिन्धुली क्षेत्र नम्बर २ मा पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । जनताका प्रिय नेता भएकाले उनको विजय सुनिश्चित भइसकेको माओवादी नेताहरू बताउँछन् ।

दाहाल भने प्रतिनिधिसभामा पुगेपछि जनताका आवाजहरूलाई अझ व्यवस्थित र बुलन्द बनाउने योजना रहेको बताउँछन् । जनतासँगको नाता कहिल्यै पनि टुट्न नदिने उनको प्रतिबद्धता छ ।

सिन्धुलीको समग्र विकास आफ्नो योजना रहेको दाहाल सुनाउँछन् । सोहीअनुसार प्रतिनिधिसभाको सांसदको रूपमा क्रियाशील हुने उनी बताउँछन् ।

आफ्नो विजयमा ढुक्क देखिएका दाहाल जनतासँगको सम्बन्ध अनि पार्टी संगठनलाई त्यसको कारण मान्छन् । 'जनताको सुखदुःखमा सधैँ साथैमा छु । जनतालाई थाहा छ, राजन दाहाल को हो, कस्तो नेता हो भनेर । मैले चिनाइरहनु या बुझाइरहनु पर्दैन । किनकी मैले यहाँ गरेको काम उहाँहरूले देख्नुभएको छ । त्यसैको आधारमा निकै धेरै मतान्तरका साथ विजयी हुन्छु,' दाहाल भन्छन् ।

दाहालले सांसद बनेपछि सार्वजनिक शिक्षाको गुणस्तर सुधार्ने, स्वास्थ्यको गुणस्तर सुधार्दै पहुँच वृद्धि गर्ने, रोजगारीको सिर्जना गर्ने, भौतिक र सामाजिक विकास गर्ने, प्रविधिधो विस्तार र पहुँच वृद्धि गर्ने, आधुनिक कृषि प्रणालीको विकास गर्ने, पर्यटनको प्रवर्द्धन गर्ने, खेलकुदको विकास गर्ने, उत्पादनमा जोड दिने, संस्कृतिको संरक्षण गर्ने जस्ता एजेन्डा अघि सारेका छन् ।

सो क्षेत्रमा माओवादीका उपमहासचिव हरिबोल गजुरेलले चुनाव जित्दै आएका थिए। तर, अन्तिम समयमा दाहालले टिकट फुत्काएपछि नेता गजुरेल असन्तुष्ट छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

धोबीखोलामा भेटियो युवकको शव

काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ।  मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...

बाजुरामा सात मतदानस्थल थपिए

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...

तीनकुने-जडीबुटीमा फ्लाइओभर र अन्डरपास बन्ने निश्चित, जापानसँग ३२ अर्बको ऋण सम्झौता

१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश १६ दिनदेखि शीतलनिवासमा ‘होल्ड’

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...

कालीमाटीमा गोलभेँडाको मूल्य घट्यो, काउली र फर्सीको बढ्यो

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...

एनपीएलः आज पोखरा एभेन्जर्स र काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स र चितवन राइनोज भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  ...

चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...

काँकडभिट्टाबाट चार महिनामा छ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending