Ntc summer Offer
Khabar Dabali ३० बैशाख २०८१ आईतवार | 12th May, 2024 Sun
NIMB

गिरिराजमणिको घरदैलो : मतदाताको सद्भाव, कार्यकर्ता उत्साही

खबरडबली संवाददाता

 महोत्तरी । आगामी मंसिर ४ गते हुने निर्वाचनमा गिरिराजमणि पोखरेल पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ का साझा उम्मेदवार हुन् । माओवादी केन्द्रका उपमहासचिव पोखरेल यो निर्वाचन क्षेत्रबाट पटक पटक निर्वाचित हुँदै आएका छन् ।

यो क्षेत्रमा पोखरेल पुनः उम्मेदवार भएपछि महोत्तरी १ का जनता उत्साही देखिएका छन् । बर्दिबासलाई यत्तिको उचाइमा पुर्‍याउन र राष्ट्रिय स्तरमै बर्दिबासको पहिचान स्थापित गराउन गिरिराजमणिले नेतृत्वदायी भूमिका खेलेको भन्दै स्थानीयहरू उनको प्रशंसा गर्छन् ।

हुन पनि पोखरेलले सडक, पुल पुलेसा जस्ता विकासका कार्य मात्र नभएर बर्दिबासलाई चिनाउन रणनीतिक महत्त्वका कामलाई पनि रणनीतिक हिसाबले नै अगाडि बढाएका छन् ।

गिरिराजमणिकै पहल कदमीमा बर्दिबासले आजको यो उचाइ छोएको र चर्चा बटुलेको महोत्तरी-१ का मतदाताहरू नै बताउँछन् । पोखरेलको घरदैलो र गाउँगाउँमा भएका भेटघाटमा मतदाताले भन्ने गरेका छन्, 'बर्दिबासले अहिले जुन चर्चा पाएको छ, जसरी यसको विकास भइरहेको छ त्यसमा तपाईंको ठूलो योगदान छ ।'

त्यसो त पोखरेलले महोत्तरी १ को विकासका लागि निकै मेहनत गरेका छन् । उनले सडक, पुलपुलेसा, खानेपानी जस्ता योजनालाई त अगाडि बढाएका छन् नै सँगै दुरगामी महत्त्वका आयोजनाहरू मेडिकल कलेज, प्राविधिक कलेजहरूको विकासमा पनि रणनीतिक रूपमा पहलकदमी र अगुवाइ गरेका छन् ।

'उहाँ (पोखरेल) ले नेतृत्व गरेपछि बर्दिबासको चर्चा चुलियो । प्रदेश २ का प्राय सबै ठूला गोष्ठी सेमिनारहरू बर्दिबासमा हुन थालेका छन् । यो प्रदेश २ को मात्र नभएर १ र २ नम्बर प्रदेशकै केन्द्र बन्ने दिशामा अघि बढेको छ,' स्थानीयहरू भन्छन् ।

त्यसो त बर्दिबासलाई पोखरेलले शिक्षा र स्वास्थ्यको हब बनाउने दिशामा पनि योजनाबद्ध रूपमा काम गरिरहेका छन् । मेडिकल कलेज तथा प्राविधिक कलेज स्थापनाको पहल कदमी त्यसैको निरन्तरता हो ।

पोखरेलको चुनावी अभियानमा सक्रिय गठबन्धनका एक कार्यकर्ता भन्छन्, 'महोत्तरी १ मा अन्य क्षेत्रमा जस्तै सडक पुलपुलेसा जस्ता विकासका कामहरू पनि उहाँ (पोखरेल) ले अगाडि बढाउनुभएको छ । अझ यो क्षेत्रको समग्र विकास र यसलाई यो स्तरको चर्चित ठाउँ बनाउन उहाँको निकै ठूलो योगदान छ । गिरिराजजी नभएको भए सायद बर्दिबासले यति छिटै यो स्तरको चर्चा नपाउन पनि सक्थ्यो ।'

पोखरेलले चुरे संरक्षण तथा पर्यटनको क्षेत्रमा पनि निकै काम गरेका छन् । बर्दिबासमा ठूलो लगानी केन्द्रित भइरहेको छ, ठूलठूला होटलहरू बनेका छन् । स्वस्थ्य क्षेत्रमा पनि बर्दिबासले निकै फड्को मारेको छ । त्यसका लागि पोखरेलले रणनीतिक रूपमा योजनाबद्ध हिसाबले काम गरे । जसका कारण बर्दिबासले आज यो चर्चा पाएको स्थानीयहरू बताउँछन् । 

उनीहरूका अनुसार गिरिराज नभएको भए बर्दिबासले यो हाइट पाउँदैनथ्यो । 'एक दशक अघिको बर्दिबास र अहिलेको बर्दिबासको तुलनै हुँदैन,' स्थानीयहरू भन्छन्, 'यसमा गिरिराजमणिको ठूलो योगदान छ ।'

त्यसो त पोखरेलले सिँचाइ र खानेपानीको विकासका लागि पनि योजनाबद्ध रूपले काम अघि बढाएका छन् । 'मरिणको पानि ल्याएर महोत्तरीमा मिलाउन सकिन्छ कि भनेर खानेपानी मन्त्रालयबाट हामीले अध्ययन गराएका छौँ,' पोखरेल भन्छन्, 'पूरै क्षेत्रमा हामीले काम गर्नुपर्नेछ ।'

महोत्तरीको समस्या र जनताका पीडालाई नजिकबाट देखेका पोखरेलले यो क्षेत्रबाट धेरै युवा कामको खोजिमा विदेशिने गरेको उल्लेख गर्दै आफूले उनीहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन खोजेको पनि बताएका छन् ।

'महोत्तरीबाट धेरै युवाहरू बाहिर जानुहुन्छ । म चाहन्छु देशभित्रै युवाहरूले काम गर्ने वातावरण होस्,' पोखरेलले भनेका छन्, 'आउने दिनमा देशभित्र रोजगारी, स्वरोजगारीको अभियान छेड्न जरूरी छ ।'

विगतमा जस्तै महोत्तरी १ का जनताले यसपटक पनि माया गर्नेमा आफू विश्वस्त रहेको पोखरेल बताउँछन् । 

पोखरेलप्रति मतादाताको निकै सद्भाव रहेको उनको अभियानमा खटिएकाहरूको प्रतिक्रिया छ । आफ्ना उम्मेदवारप्रति मतदाताको सकारात्मक प्रतिक्रिया पाउँदा अभियानमा खटिएका नेता-कार्यकर्ताहरू थप उत्साही बनेका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दरबारमार्गबाट स्रोत नखुलेको ९८ लाखसहित दुईजना पक्राउ, सुन तस्करीमा संलग्न भएको आशंका

काठमाडौं । प्रहरीले स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट दुई जनालाई पक्राउ गरेको छ ।  विशेष सुराकीका आधारमा महानगरीय अपराध महाशाखाले उनीह...

वन्यजन्तु संरक्षण चुनौतीपूर्ण बन्दै, दश महिनामा २१ गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन् ।  चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य...

दक्षिण कोरियाले होटल र रेस्टुराँमा पनि नेपाली कामदार लिने- २५ हजार लागत, १० वर्षसम्म रोजगारीको अवसर

काठमाडौं । दक्षिण कोरियाले यसै वर्षदेखि नेपालबाट थप दुईवटा नयाँ क्षेत्रमा कामदार लैजाने भएको अधिकारीहरूले बताएका छन्। कोरियाले लामो समयदेखि नेपालबाट उ...

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

मुस्ताङ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ खण्डमा वैकल्पिक सडक निर्माण भएको छ ।   गण्डकी प्रदेश...

चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता, दुई सय ७८ खारेज

दमौली । चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् ।  ...

आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै

काठमाडौँ । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया । हिन्दू सम्प्रदायमा जौँको सातु र सर्वत खाएर यो पर्व मनाइँदैछ । आज विष्णु र लक्ष्मीको पूजा गर्नु...

मुख्यमन्त्री कँडेलको प्रश्न- दुई वर्षमा मात्र ३० प्रतिशत काम ?

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पश्चिम सुर्खेतका तीन पालिका जोड्ने बड्डीचौर–खम्बगाडे सडक निर्माणको काम ढिलाइ हुनुको कारणब...

रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप

रामेछाप । एक महिनामा जिल्लाका आठवटा स्थानीय तहका एक सय ५५ स्थानमा डढेलोबाट चार हजार पाँच सय हेक्टर वन सखाप भएको छ । सबैभन्दा बढी क्षति दोरम्बा शैलुङ ग...

देशका अधिकांश भूभागमा मेघगर्जसहित पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान वि...

आजदेखि संघीय संसद्को बजेट अधिवेशन, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies