Khabar Dabali १३ फाल्गुन २०८२ बुधबार | 25th February, 2026 Wed
Investment bank

ह्यारिसमाथि ट्रम्पको जितका पाँच प्रमुख करण

खबरडबली संवाददाता

काठमाडौँ । जब डोनाल्ड ट्रम्पले जनवरी २०२१ मा व्हाइट हाउस छोडे, अमेरिकी राजनीति बुझ्ने धेरै विश्लेषकहरूले ट्रम्पको राजनीतिक करियर समाप्त भएको विश्वास गरे । उनको शासनकालमा पनि रिपब्लिकन नेता ट्रम्पको औसत लोकप्रियता रेटिङ ४१ प्रतिशत मात्रै थियो ।

ग्यालप पोलिंग फर्मका अनुसार यो दोस्रो विश्वयुद्धपछि कुनै पनि अमेरिकी राष्ट्रपतिको सबैभन्दा कम रेटिंग थियो । राष्ट्रपतिको रूपमा उनको कार्यकालको अन्त्यमा, लोकप्रियताको यो नापमा थप गिरावट आएको थियो र यो रेटिङ ३४ प्रतिशतमा झरेको थियो ।

ट्रम्पले २०२० को राष्ट्रपतीय चुनावमा आफ्नो हार स्वीकार गर्न अस्वीकार गरेका थिए र जनवरी ६, २०२१ मा उनका समर्थकहरूले क्यापिटल हिल्समा ट्रम्पको छविलाई थप क्षति पुर्‍याएका थिए।

तर सबै मूल्याङ्कनलाई बेवास्ता गर्दै ट्रम्पले चार वर्षपछि बलियो पुनरागमन गर्दै डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर फेरि अमेरिकाको राष्ट्रपति बन्न लागेका छन् ।

ट्रम्पको राष्ट्रपतिको उम्मेदवारी आफैमा विवादस्पद थियो । उनीविरुद्ध विभिन्न अदालतमा धेरै मुद्दा चलिरहेका छन् । उनले जुलाई २०२४ मा सर्वोच्च अदालतको फैसलाबाट राहत पाएका थिए, जसले उनलाई चुनाव लड्ने बाटो खुला गरेको मात्र होइन, अदालतले उनलाई दोषी ठहर गरेको मुद्दामा सजाय पनि निलम्बन गरेको थियो ।

मे २०२४ मा, म्यानहट्टन अदालतले ट्रम्पलाई ३४ ठूला अपराधमा दोषी ठहर गरेको थियो । जसमा वयस्क फिल्म स्टार स्टर्मी डेनियललाई दिएको पैसाको मुद्दा पनि समावेश थियो । यस्तो मुस्किल अवस्थामा पनि ट्रम्पले सत्तामा गरेको पुनरागमनलाई अहिलेसम्मकै ऐतिहासिक भनिएको छ । ट्रम्प सत्तामा आउनुका कारण बारे चर्चा गरौँ ।  

अर्थव्यवस्था

कोरोना महामारीपछि अमेरिकी अर्थतन्त्र नराम्रो अवस्थामा थियो । जो बाइडेनको कार्यकालको प्रारम्भिक वर्षहरूमा मुद्रास्फीतिले अमेरिकी जनतालाई मुश्किलमा पारेको थियो । जुन २०२२ मा मुद्रास्फीति दर ९.१ प्रतिशतको स्तरमा पुगेको थियो, जुन ४० वर्षयताकै उच्च थियो ।

मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक ‘फेडरल रिजर्भ’ले ब्याजदर बढाउन थालेको छ । यसको प्रभाव पनि देखिन थाल्यो र सेप्टेम्बर २०२४ सम्म मुद्रास्फीति दर २.४ प्रतिशतको हाराहारीमा पुगेको थियो । तर, ब्याजदर बढेपछि कर्जा महँगो हुनुका साथै अर्थतन्त्र सुस्त भएको थियो । सायद यही कारणले गर्दा चुनावपूर्व सर्वेक्षणमा जनताले मत हाल्दा अर्थतन्त्रको मुद्दा निकै महत्वपूर्ण हुने विश्वास गरेका थिए ।

जसमा करिब ५४ प्रतिशतले ट्रम्पले कमला ह्यारिस भन्दा राम्रो तरिकाले यो समस्या समाधान गर्न सक्छन् भन्ने विश्वास गरेका थिए ।

वफादार मतदाता

ट्रम्पको जितमा सबैभन्दा महत्त्वपूर्ण योगदान उनका वफादार मतदाताहरूको थियो । विश्वभरका विश्लेषक वा सञ्चारमाध्यमले जे सुकै भनोस्, तर ट्रम्पले हरेक परिस्थितिमा आफूसँगै रहने वफादार समर्थकहरूको फौज बनाउन सफल भए ।

ट्रम्पका फ्यानहरू विशेष गरी उनको ‘मेक अमेरिका ग्रेट अगेन’ नाराबाट प्रभावित भएका छन्।

यस बाहेक २०१६ मा आफूबाट टाढा रहेका केही समुदायलाई पनि ट्रम्प आकर्षित गर्न सफल भएका थिए । ट्रम्पले अश्वेत युवाका साथसाथै मुस्लिम समुदायका मतदातालाई पनि आकर्षित गरेका छन् । तीमध्ये अधिकांश आर्थिक अवस्था राम्रो नभएका क्षेत्रका थिए ।

माइग्रेसन र सीमाको मुद्धा 

ग्यालपका अनुसार ट्रम्पले अध्यागमनको मुद्दालाई प्रमुख चुनावी हतियार बनाएका थिए र उनले जनताबाट पूर्ण समर्थन पाएका थिए।

दक्षिणी सिमानाबाट अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरुको मुद्दा अमेरिकामा अझै चर्चामा रहेको छ । बाइडेन प्रशासनको पहिलो तीन वर्षमा अवैध शरणार्थीको यो संख्या बढेर ६३ लाख पुगेको थियो ।

ट्रम्पले डेमोक्र्याट उम्मेदवारलाई कडा आलोचना गर्दै डेमोक्रेट सरकारको खुला सीमा नीतिका कारण यो समस्या विकराल भएको बताएका थिए ।

आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले अमेरिका र मेक्सिकोबीच पर्खाल निर्माण सम्पन्न गर्ने बताएका थिए, जुन उनले अघिल्लो कार्यकालमा वाचा गरेका थिए । उनले अमेरिकामा कागजपत्रविना बसेका आप्रवासीलाई पनि फिर्ता पठाउने बताएका छन् ।

युक्रेन र गाजा युद्ध

अहिले युक्रेन वा गाजामा जे पनि भइरहेको छ, अमेरिकाले दोस्रो विश्वयुद्धपछि ‘अमेरिका फर्स्ट’ भन्ने नीति अपनाएको छ । सन् २०१६ मा डोनाल्ड ट्रम्प पहिलो पटक अमेरिकाको राष्ट्रपति बनेपछि अधिकांश अमेरिकी जनता इराकमा जारी युद्धबाट दिक्क थिए ।

इराकपछि अमेरिकी सेनाले तथाकथित इस्लामिक स्टेटसँग लड्न थाल्यो र अमेरिका कहिल्यै अन्त्य नहुने युद्धमा फसेको देखिन्छ । तर, चाखलाग्दो कुरा के छ भने इराक र अफगानिस्तानमा युद्ध रिपब्लिकन राष्ट्रपतिको कार्यकालमा सुरु भएको थियो ।

नयाँ युद्ध सुरु नगर्ने वाचा लिएर ह्वाइट हाउस पुगेका ट्रम्पले यो वाचा पूरा गरे । यसपछि उनले आफूलाई युद्धविरोधी उम्मेदवारको रूपमा प्रस्तुत गर्न सफल भए । रुसविरुद्धको युद्धमा अमेरिकाले युक्रेनलाई धेरै सहयोग गरिरहेको छ भन्ने विश्वास गर्ने अमेरिकी मतदाताको समर्थन पनि ट्रम्पले पाएका थिए । ट्रम्पले आफू फेरि राष्ट्रपति भए २४ घण्टाभित्र रुस–युक्रेन युद्ध अन्त्य गर्ने वाचा गरेका छन् ।

चुनावी अभियानका क्रममा डोनाल्ड ट्रम्पले गाजामा युद्ध अन्त्य गर्ने कुरा पनि भनेका थिए, यद्यपि उनले 'कसरी' अन्त्य गर्छन त्यो भने बताएका छैनन् तर मतदाताले उनको वाचामा विश्वास गरेको देखिन्छ ।

डेमोक्र्याटको उम्मेदवार परिवर्तनको फाइदा

डेमोक्र्याटिक पार्टीको राष्ट्रपतीय उम्मेदवारमा भएको परिवर्तनबाट डोनाल्ड ट्रम्पलाई पनि फाइदा भएको छ । आफ्नो चुनावी अभियानमा उनले सबैभन्दा पहिले जो बाइडेनलाई निशाना बनाएका थिए ।

जुनमा राष्ट्रपति पदका उम्मेदवारहरू बीचको बहसको क्रममा, बाइडेन आफ्नो अडानलाई कडा रूपमा प्रस्तुत गर्न असफल भए र उनको स्वास्थ्यको बारेमा पनि प्रश्न उठाइएको थियो । तर, लगातार घट्दो लोकप्रियताका कारण बाइडेनले आफ्नो उम्मेदवारी फिर्ता लिनु परेको थियो ।

कमला ह्यारिसले चुनावी अभियानमा बाइडेनको नीतिबाट आफूलाई टाढा राख्न सकिनन्, विशेष गरी उनले मुद्रास्फीति र कमजोर अर्थव्यवस्थाको मुद्दामा मतदाताहरूको क्रोधको सामना गर्नुपरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बागलुङः कांग्रेसका उम्मेदवार पौडेललाई प्रलोपाका उम्मेदवारको साथ

बागलुङ । बागलुङ क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेललाई प्रगतिशील लोकतान्त्रिक पार्टीले  सघाउने भएको छ। आज ढोरपाटन नगरपालिका–१ ...

एक लाख ८६ हजार अस्थायी मतदाता कायम

  काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ८६ हजार अस्थायी मतदाता कायम भएका छन्। यी मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ तोकिएको मत...

भोट पनि छैन, प्राथमिकता पनि छैन : चुनावी रौनकबाट टाढा राउटे बस्ती

सुर्खेत । देशभर चुनावी माहोल तातेको छ। गाउँ–सहर झन्डा, जुलुस, सभा र नाराले गुञ्जायमान छन्। तर यही चुनावी रौनकको बीचमा एउटा समुदाय भने चुपचाप आफ्नै संस...

पर्वतमा नदीले बगाएर वृद्धाको मृत्यु

पर्वत। पर्वतको कुश्मा नगरपालिका–५ स्थित मोदीवेणीघाटमा कालीगण्डकी स्नान गर्ने क्रममा नदीले बगाएर एक वृद्धाको ज्यान गएको छ। मोदीवेणी धामामा बस्दै आएक...

चुनावी प्रचारमा संलग्न शिक्षक–कर्मचारीलाई कारबाही हुने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आचारसंहिता कडाइका साथ पालना गर्न सम्बन्धित सबै पक्षलाई पुनः सचेत...

निर्वाचनको दिन आन्तरिक उडान बन्द, पर्यटकलाई सटल बस सुविधा

काठमाडौं ।  फागुन २१ मा तय भएकाे प्रतिनिधिसभा निर्वाचनको दिन आन्तरिक हवाई उडान सेवा बन्द हुने भएको छ । नेपाल पर्यटन बोर्डले पर्यटकका लागि ट्राभल एडभाइ...

१८ गतेदेखि सीमानाकामा सवारी सञ्चालनमा निषेध

सुदूरपश्चिम । आसन्न निर्वाचनलाई लक्षित गरेर भारतसँग सीमा जोडिएको कैलाली जिल्लाका सीमानाकामा यही फागुन १८ गतेदेखि मतदान सम्पन्न नहुञ्जेलसम्म सवारीसाधन ...

फागुन २१ पछि पनि गठबन्धन सरकार बन्ने प्रचण्डको दाबी

"कसैको बहुमत आउँदैन, हावाहुरीको सरकार बने पनि स्वीकार्नुपर्छ”

दैलेख चुनावी संग्राम : पुराना सहयात्री आमनेसामने, नयाँ शक्तिको चुनौती

दैलेख । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले दैलेखको राजनीतिक माहोल तातेको छ। कर्णालीको राजनीतिक रूपमा प्रभावशाली जिल्लामध्ये एक दैले...

“धनकुटाको मतपेटिका : विरासत, विकास कि विद्रोह ?”

काठमाडाैं । पहाडकी रानी भनेर चिनिने धनकुटा यतिबेला फेरि एकपटक राष्ट्रिय राजनीतिको केन्द्रमा उभिएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE