Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

काठमाण्डौ २ मा ओनसरी र मणिराम को बलियो ?

खबरडबली संवाददाता

काठमाडौ । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्र्तगत काठमाडौँ क्षेत्र नं २ मा चुनावी चहलपल बढेको छ । सो क्षेत्रमा नेकपा माओवादी केन्द्रबाट पूर्वसभामुख ओनसरी घर्ती र नेकपा एमालेबाट नेता मणिराम फुँयाल चुनावी प्रतिस्पर्धामा छन्।

घर्तीलाई सत्तागठबन्धनमा रहेका दलहरुको समर्थन रहेको छ भने फुँयाल एक्लै चुनावी मैदानमा छन्। विसं २०७४ को निर्वाचनमा एमालेबाट उम्मेदवार बनेका माधवकुमार नेपाल सो क्षेत्रमा विजयी भएका थिय । नेपालले १२ हजार चार सय ६३ मतान्तरले कांग्र्रेसका उम्मेदवार दीपक कुइँकेललाई पराजित गर्दै २७ हजार तीन सय ६६ मत प्राप्त गरेका थिए । अहिले नेपाल नेकपा ९एकीकृत समाजवादी०को अध्यक्ष छन। त्यतिबेला नेपाललाई वाम गठबन्धनको समर्थन थियो ।

गत स्थानीय तहको निर्वाचनमा सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले पाँच, एमालेले दुई र एकीकृत समाजवादीले एक वडामा जीत हासिल गरेका छन् ।

उक्त क्षेत्रमा काठमाडौँ महानगरपालिका–९ र ३२ तथा कागेश्वरी मनोहरा नगरपालिका– ४, ५, ६, ७, ८ र ९ वडाहरु पर्छन् । जसमध्ये कांग्रेसले काठमाडौँ महानगरको ९ र सोही क्षेत्रमा पर्ने कागेश्वरी मनोहराको ५, ७, ८ र ९ वडामा विजयी भएको छ । त्यस्तै एमाले काठमाडौँ महानगरको ३२ र कागेश्वरी मनोहराको वडा नं ४ मा विजयी भएको छ । कांग्रेसका वडाध्यक्षहरुले कुल नौ हजार पाँच सय ७०, एमालेले १३ हजार आठ सय १५, एकीकृत समाजवादीले पाँच हजार आठ सय ६१ र नेकपा माओवादी केन्द्रका वडाध्यक्षले नौ सय ५० मत प्राप्त गरेका छन् । 

सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि राप्रपा नेपालबाट महेश बास्तोला, नेमकिपाबाट अनिल श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कुन्तीदेवी पोखरेल ९उपाध्याय०, जनता समाजवादी पार्टी नेपालबाट गोपालबहादुर तण्डुकार, विवेकशील साझाबाट धनेज थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम, नेपाली कांग्रेस ९बिपी०बाट हेमविक्रम सिलवाललगायतको उम्मेदवारी रहेको छ ।

क्षेत्र नं २ मा ४० मतदानस्थल र ९५ मतदान केन्द्र निर्धारण गरिएको छ । कुल मतदाताको सङ्ख्या ८१ हजार नौ सय ७० रहेको छ । जसमध्ये महिला ४० हजार नौ र पुरुष ४१ हजार नौ सय ६१ मतदाता रहेका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy