Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

दलगत स्वार्थभन्दा माथि उठेर संविधान जारी गर्न सभासद्को आग्रह

\"sirsaकाठमाडौं । संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिले पेस गरेको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै सभासद्हरुले जनताको असन्तुष्टिलाई सम्बोधन गरी मस्यौदालाई समृद्ध बनाउन नेताहरुलाई दलगत स्वार्थ भन्दा माथि उठेर संविधान निर्माणमा लाग्न आग्रह गरेका छन् ।   प्रदेशको सीमाङ्कनसहितको प्रतिवेदन आएपछि मुलुकभर विभिन्न खालका असन्तुष्टि व्यक्त भएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने र मस्यौदामा अझै पनि केही द्वीविधा रहेको भन्दै त्यसलाई सच्याउन माग उनीहरुको छ ।   छलफलमा भाग लिदै एमाओवादीका गणेशमान पुनले रुकुम र सल्यानलाई पाँचौँ प्रदेशमा राख्न, मगरात र कर्णालीलाई विशेष स्वायत्त प्रदेश बनाउन, मगरात र तमुवान प्रदेश बनाउन सकिए राम्रो हुने सुझाव दिए ।   एमाओवादीकै हरिबोल गजुरेलले मस्यौदा सम्झौताको दस्तावेज भएकाले स्वीकार गर्नुपर्ने आग्रह गर्दै संविधान बन्न नदिने तत्वका विरुद्ध एकजुट भएर परास्त गरी तत्काल संविधान जारी गर्नुपर्ने धारणा राखे ।   सोही पार्टीकी कमला दोङले संविधानमा जनताका सुझाव समावेश गर्नुपर्ने, ‘महान् जनयुद्ध’ संविधानको प्रस्तावनामा उल्लेख गर्नुपर्ने धारणा राख्दै पहिचानको आधारमा सङ्घीय राज्यको स्थापना गर्नुपर्ने बताइन ।   नेकपा (एमाले) का लक्ष्मीप्रसाद पोखरेल र एमालेका मदनकुमारी शाहले सुर्खेत आन्दोलनलाई साम्य पार्न नेतालाई आग्रह गर्दै मौजुदा पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउनुपर्नेमा जोड दिए । सोही दलका टीकाराम चेम्जोङले लिम्बू पहिचान र सामथ्र्यलाई केन्द्रमा राखेर प्रदेश निर्माण गनुपर्ने बताए ।   एमाओवादीकै सभासद् तुलसाले मगरात तथा थारुवान प्रदेश स्थापना गरी पश्चिम नेपालमा उठेको आन्दोलनलाई तत्काल सम्बोधन गर्न आग्रह गरे । सभासद रेखा शर्मा धार्मिक स्वतन्त्रतालाई स्वीकार गरिसकेपछि धर्म निरपेक्षताका नाममा देशमा अराजक गतिविधि गर्न नपाइने र अराजकता फैलाउन नहुने तर्क गरिन ।   यस्तै एमाओवादीका रवीन्द्रप्रताप शाह संविधानसभाबाट संविधान जारी गर्ने लक्ष्य पूरा हुन लागेका बेला बखेडा झिकेर आन्दोलन गर्न नहुने केही प्रभावशाली नेताले राज्य पुनःसंरचनामा निरङ्कुश चरित्र देखाएको भन्ने आरोप लगाए ।   एमाओवादीका हितराज पाण्डे, भेषकुमारी भट्टराई, दलजीत विके श्रीपाली र महेन्द्रबहादुर शाहीले कर्णालीलाई विशेष व्यवस्था गर्दै प्रत्यक्ष कार्यकारी प्रमुखको व्यवस्था गर्नुपर्ने, न्यायापालिका र संवैधानिक आयोगमा पुनःनियुक्तिको व्यवस्था गर्नुपर्ने, पहिचान र सामथ्र्यका आधारमा निर्माण गरिएको सङ्घीयतासहितको संविधान जारी गर्न माग गरे ।   एमालेका जितबहादुर दर्जीले दलित, आदिवासी, जनजातिलाई अधिकार दिनु हुँदैन भन्ने प्रवृत्तिका विरुद्ध सबैले सचेत ढङ्गले प्रतिरोध गर्नुपर्ने बताए । नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले चार दलको अदूरदर्शिताका कारण मुलुक पछाडि परेको भन्दै भूगोल र जनसङ्ख्याका आधारमा १४ प्रदेश बनाउनुपर्नेमा जोड दिए ।   सोही दलकी अनुराधा थापा मगरले संविधान बनाउनेभन्दा पनि आफ्नो स्वार्थको घेरामा पारिएकाले समस्याको समाधान हुन नसको बताए । नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले नवलपरासीलाई खण्डित गरिएकामा आपत्ति प्रकट गर्दै क्षेत्रगत आधारमा सङ्घीय राज्य स्थापना गर्नुपर्ने बताए ।   कांग्रेसका सभासद् भरतकुमार शाहले बाग्लुङ, रुकुम र नवलपरासी टुक्र्याउन नहुनेमा जोड दिँदै पश्चिम नेपालमा थारु समुदायले गरेको आन्दोलनलाई सम्बोधन गर्न आग्रह गरे ।   एमाओवादीका सभासद् जनार्दन शर्माले जनताले सेवा र सुविधा पाउने गरी प्रदेश बनाउनुपर्ने, अखण्डको नाममा सङ्घीय राज्य बन्न नदिने प्रवृत्तिका विरुद्ध सबैले सशक्त विरोध गर्नु पर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending