Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

खेअरसनबाट रुसी सेना फर्कने घोषणा, रुस समस्यामा परेको अमेरिकाको आकलन

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनी सहर खेअरसनबाट रुसी सेना फिर्ता हुने निर्णयले उनीहरूको "केही वास्तविक समस्याहरू" सङ्केत गरेको बताएका छन्।

बाइडनले "केही समय"देखि आफूले यस्तो कदम अपेक्षा गरेको र यसले दुवै पक्षलाई आगामी हिउँदमा "आफ्नो स्थिति पुनर्मुल्याङ्कन" गर्न मद्दत पुर्‍याउने बताए।

खेअरसन रुसी सेनाले कब्जा गरेको एक मात्र प्रमुख युक्रेनी सहर हो। तर बुधवार युक्रेनमा रहेका रुसी कमान्डरले अब उक्त सहरलाई आपूर्ति गर्न सम्भव नभएको बताएका थिए।

केही साताअघि कमान्ड पाएका जनरल सर्गेई सुरोभिकिनले रुसी सरकारी टेलिभिजनमार्फत् सेनाका शीर्ष अधिकारीसँगै सेना फिर्तीको घोषणा गरेका थिए। उनले रुसी सेनाहरू निप्रो नदीको पश्चिमी किनारबाट पूर्ण रूपमा फिर्ता हुने पुष्टि गरेका हुन्।

रुसलाई धक्का

युक्रेनी प्रत्याक्रमणको सामना गरिरहेको समयमा यो रुसी सैन्य लक्ष्यका निम्ति ठूलो धक्का हो।

बाइडनले संसदीय चुनाव पछि ह्वाइट हाउसबाट आफ्नो प्रतिक्रिया जनाएका हुन्। चुनावबाट रिपब्लिकन दलले उनको डेमोक्र्याटिक दलबाट तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ।

यसअघि बाइडनका राजनीतिक प्रतिद्वन्द्वीहरूले युक्रेनलाई अमेरिकी सैन्य र मानवीय सहायताको समीक्षा गर्ने प्रतिबद्धता जनाएका थिए। बाइडनले मस्कोले सैन्य फिर्तीको घोषणा गर्न "चुनाव सकिँदासम्म पर्खिनु"लाई "रोचक" घटनाको रूपमा लिए।

तर उनले "युक्रेनमा रुसी आक्रमणको सामना गर्ने द्विपक्षीय पद्धति" भने जारी रहने आशा व्यक्त गरे। निप्रो आसपासबाट सेना फिर्ता गर्ने रुसको निर्णयबारे युक्रेनले सावधानीपूर्वक प्रतिक्रिया जनाएको थियो।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घोषणापछि किएभ "धेरै सावधानीपूर्वक" अघि बढिरहेको बताए।

"दुस्मनले हामीलाई उपहार दिँदैनन्, 'सद्भावनाको सङ्केत' गर्दैनन्, हामीले सबै जित्छौँ," उनले युक्रेनीहरू सम्बोधन गर्दै भने।

'स्वागतयोग्य कदम'

रुसको घोषणा पछि खेअरसन भित्रका नागरिकहरूले रुसी सैन्य बलका चेचेन सेनाहरू सहर, क्याफेहरू र सडकहरूमा घुमिरहेको बताए।

र सहरको परिधिमा रहेका युक्रेनी सिपाहीहरूले शत्रुले आफूहरूलाई फसाउन खोजिरहेको हुन सक्ने भएकाले आफूहरू सतर्क रहेर अगाडि बढिरहेको बताएका थिए।

सैन्य फिर्तीको घोषणा गर्ने बेला राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी थिएनन्। तर पहिले रुसको युद्ध प्रयासको आलोचना गर्ने उनका दुई प्रमुख सहयोगीहरूले भने यस कदमको स्वागत गरेका छन्।

वाग्नर मर्सिनरी समूहका संस्थापक र लामो समयदेखि पुटिनका सहयोगी रहेका एभगेनी प्रिगोजनले यो निर्णय "विजयी कदम" नभए पनि "लामो समय चिन्तामा रहन वा भ्रममा रहन नभई निष्कर्ष निकाल्न र गल्तीहरू सच्याउन" महत्त्वपूर्ण भएको बताए।

पुटिनले सन् २००७ मा स्वायत्त गणतन्त्रको शासन गर्न रोजेका चेचेन नेता रमजान कादिरोभले जनरल सुरोभिकिनले "आलोचनाबाट नडराएर वास्तविक सैन्य जनरलको रूपमा काम गरेको" बताए।

पछिल्ला साताहरूमा युक्रेन अगाडि बढ्नमा केही सुस्त भएको थियो। यद्यपि, युक्रेनी क्षेप्यास्त्र आक्रमणका कारण केही पुलहरू ध्वस्त भएका कारण निप्रोमा रुसको आपूर्ति लाइनहरू प्रभावित बन्यो।

त्यहाँबाट फिर्ता हुनुअघि रुसले हजारौँ नागरिकहरूलाई डुङ्गाबाट सहर बाहिर सारेको थियो जसलाई युक्रेनले निर्वासनको रूपमा व्याख्या गरेको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending