Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

खेअरसनबाट रुसी सेना फर्कने घोषणा, रुस समस्यामा परेको अमेरिकाको आकलन

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनी सहर खेअरसनबाट रुसी सेना फिर्ता हुने निर्णयले उनीहरूको "केही वास्तविक समस्याहरू" सङ्केत गरेको बताएका छन्।

बाइडनले "केही समय"देखि आफूले यस्तो कदम अपेक्षा गरेको र यसले दुवै पक्षलाई आगामी हिउँदमा "आफ्नो स्थिति पुनर्मुल्याङ्कन" गर्न मद्दत पुर्‍याउने बताए।

खेअरसन रुसी सेनाले कब्जा गरेको एक मात्र प्रमुख युक्रेनी सहर हो। तर बुधवार युक्रेनमा रहेका रुसी कमान्डरले अब उक्त सहरलाई आपूर्ति गर्न सम्भव नभएको बताएका थिए।

केही साताअघि कमान्ड पाएका जनरल सर्गेई सुरोभिकिनले रुसी सरकारी टेलिभिजनमार्फत् सेनाका शीर्ष अधिकारीसँगै सेना फिर्तीको घोषणा गरेका थिए। उनले रुसी सेनाहरू निप्रो नदीको पश्चिमी किनारबाट पूर्ण रूपमा फिर्ता हुने पुष्टि गरेका हुन्।

रुसलाई धक्का

युक्रेनी प्रत्याक्रमणको सामना गरिरहेको समयमा यो रुसी सैन्य लक्ष्यका निम्ति ठूलो धक्का हो।

बाइडनले संसदीय चुनाव पछि ह्वाइट हाउसबाट आफ्नो प्रतिक्रिया जनाएका हुन्। चुनावबाट रिपब्लिकन दलले उनको डेमोक्र्याटिक दलबाट तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ।

यसअघि बाइडनका राजनीतिक प्रतिद्वन्द्वीहरूले युक्रेनलाई अमेरिकी सैन्य र मानवीय सहायताको समीक्षा गर्ने प्रतिबद्धता जनाएका थिए। बाइडनले मस्कोले सैन्य फिर्तीको घोषणा गर्न "चुनाव सकिँदासम्म पर्खिनु"लाई "रोचक" घटनाको रूपमा लिए।

तर उनले "युक्रेनमा रुसी आक्रमणको सामना गर्ने द्विपक्षीय पद्धति" भने जारी रहने आशा व्यक्त गरे। निप्रो आसपासबाट सेना फिर्ता गर्ने रुसको निर्णयबारे युक्रेनले सावधानीपूर्वक प्रतिक्रिया जनाएको थियो।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घोषणापछि किएभ "धेरै सावधानीपूर्वक" अघि बढिरहेको बताए।

"दुस्मनले हामीलाई उपहार दिँदैनन्, 'सद्भावनाको सङ्केत' गर्दैनन्, हामीले सबै जित्छौँ," उनले युक्रेनीहरू सम्बोधन गर्दै भने।

'स्वागतयोग्य कदम'

रुसको घोषणा पछि खेअरसन भित्रका नागरिकहरूले रुसी सैन्य बलका चेचेन सेनाहरू सहर, क्याफेहरू र सडकहरूमा घुमिरहेको बताए।

र सहरको परिधिमा रहेका युक्रेनी सिपाहीहरूले शत्रुले आफूहरूलाई फसाउन खोजिरहेको हुन सक्ने भएकाले आफूहरू सतर्क रहेर अगाडि बढिरहेको बताएका थिए।

सैन्य फिर्तीको घोषणा गर्ने बेला राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी थिएनन्। तर पहिले रुसको युद्ध प्रयासको आलोचना गर्ने उनका दुई प्रमुख सहयोगीहरूले भने यस कदमको स्वागत गरेका छन्।

वाग्नर मर्सिनरी समूहका संस्थापक र लामो समयदेखि पुटिनका सहयोगी रहेका एभगेनी प्रिगोजनले यो निर्णय "विजयी कदम" नभए पनि "लामो समय चिन्तामा रहन वा भ्रममा रहन नभई निष्कर्ष निकाल्न र गल्तीहरू सच्याउन" महत्त्वपूर्ण भएको बताए।

पुटिनले सन् २००७ मा स्वायत्त गणतन्त्रको शासन गर्न रोजेका चेचेन नेता रमजान कादिरोभले जनरल सुरोभिकिनले "आलोचनाबाट नडराएर वास्तविक सैन्य जनरलको रूपमा काम गरेको" बताए।

पछिल्ला साताहरूमा युक्रेन अगाडि बढ्नमा केही सुस्त भएको थियो। यद्यपि, युक्रेनी क्षेप्यास्त्र आक्रमणका कारण केही पुलहरू ध्वस्त भएका कारण निप्रोमा रुसको आपूर्ति लाइनहरू प्रभावित बन्यो।

त्यहाँबाट फिर्ता हुनुअघि रुसले हजारौँ नागरिकहरूलाई डुङ्गाबाट सहर बाहिर सारेको थियो जसलाई युक्रेनले निर्वासनको रूपमा व्याख्या गरेको थियो।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending