गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ७० वर्ष लडेर ल्याएको संविधानको रक्षाका लागि अहिलेको वाम–लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन् । गोरखाको अजिरकोट गाउँपालिकाको भच्चेकमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनताको ठूलो बलिदानबाट बनेको संविधान लोकतन्त्रविरोधीबाट धरापमा परेपछि संविधान पक्षधर एकै ठाउँमा उभिएको बताए ।
“यो गठबन्धन हामीले प्राप्त गरेको उपलब्धिको रक्षा गर्नुको साटो भत्काउने कोसिस गरेपछि त्यसको रक्षाका लागि बनेको हो”, अध्यक्ष दाहालले भने, “अझै पनि बेलाबेलामा प्रतिगामी, यथास्थितिवादी शक्तिले टाउको उठाउने प्रयास गरिरहेका छन् ।”
उनले सबै उत्पीडित आदिवासी जनजातिको पक्षमा लडेर ल्याएको अधिकार कुनै हालतमा गुम्न नदिने बताए। “हामीले लडेर महिला, आदिवासी, जनजाति र पिछडिएका वर्गको अधिकार स्थापित गरेका छौँ, म ती अधिकार खोस्न कुनै हालतमा दिन्न, भोट माग्न मात्र आफू गोरखा आएको नभई विकास गतिलाई तीव्रता दिन पनि आएको हुँ”, उनले भने ।
अध्यक्ष दाहालले उत्पीडितको अधिकारको कुरा गर्दा केही उग्रवादीले जातीय साम्प्रदायिकता फैलाउने षड्यन्त्र गरिरहेको आरोपसमेत लगाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १२ गते, २०८० - १७:३१
काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधल...
मंसिर १२ गते, २०८० - १७:०८
काठमाडौं । जिल्ला अदालत काठमाडौंले कमेडियन अपूर्व क्षितिज सिंहलाई १० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतले सिंहलाई दो...
मंसिर १२ गते, २०८० - १६:५८
रुकुमपश्चिम । रुकुम पश्चिममा भूकम्पपीडितको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता वापतको रकम निकासा सुरु गर्न लागिएको छ । पहिलो किस्ता वापतको रकम स्...
मंसिर १२ गते, २०८० - १६:४६
काठमाडौँ । आत्मनिर्भर अर्थतन्त्र निर्माण र व्यापार घाटा न्यूनीकरण गर्न सघाउने लघु, घरेलु तथा साना उद्योगलाई कृषि क्षेत्र जस्तै प्राथमिकता प्राप्त क्षे...
मंसिर १२ गते, २०८० - १६:०६
रुकुम । पूर्वअर्थमन्त्री जनार्दन शर्माले भूकम्पप्रभावित क्षेत्रमा एक हप्ताभित्र अस्थायी आवास निर्माण गरिसक्नुपर्नेमा जोड दिएको छन् । दिन प्रतिदिन चिसो...
मंसिर १२ गते, २०८० - १५:५०
काठमाडौं। सेयर बजार एकल अंकले ओरालो लागेको छ । मंगलबार सेयर बजार २.१७ अंकले घटेर १८९४.५३ विन्दुमा पुगेर बन्द भएको छ । यसदिन २९० वटा कम्पनीको ४७ ह...
मंसिर १२ गते, २०८० - १५:२५
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अहिलेको संविधानमा सबै वर्ग र समुदायका कुरा अटाएको बताएका छन्। कांग्रेस रुपन्देही जिल्लाको ज...
मंसिर १२ गते, २०८० - १५:०२
चितवन । नारायणी किनारमा यतिबेला महोत्सवको रौनक छ । दिनहुँ कलाकारले स्टेज तताइरहेका छन् । यसपटकको माहोल अलि फरक छ । कलाकारहरुले कलासँगै दुर्व्यसनीविरुद...
मंसिर १२ गते, २०८० - १४:४५
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा आन्तरिक तथा बाह्य बसाइँसराइका कारण सिर्जित समस्या विकराल बन्दै गएकाले त्यसलाई सम...
मंसिर १२ गते, २०८० - १४:१३
तनहुँ । म्याग्दे गाउँपालिकाले लम्पी स्किन रोगको सङ्क्रमणका कारण पीडित किसानलाई राहत हस्तान्तरण गरेको छ । गत आर्थिक वर्षमा महामारीका रुपमा फैलिएको ...
प्रतिकृया लेख्नुहोस्: