Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

शिक्षाको बजेट स्थानीय सरकारको मनलाग्दी, तलबभत्ताको नाममा ९१ अर्ब स्वाहा !

छात्रवृत्ति, दिवाखाजा, शैक्षिक गुणस्तर सुधारका बजेट खर्च हुनै सकेन

खबरडबली संवाददाता

‘भवन बनायो, शिक्षक अभाव हुने, शिक्षक व्यवस्थापन गर्‍यो ल्याव र पुस्तकालय अभाव हुने, गुणस्तरिय शिक्षामा कहिले ध्यान दिने ?’

काठमाडौं । स्थानीय सरकारहरुले अनुगमनविनै शिक्षा बजेट खर्च गर्दा अपेक्षित उपलब्धि हासिल हुन नसकेको सरकोकारवालाहरुले बताएका छन् । कर्मचारीको अभाव र उपलब्धिको मूल्याङ्कनविनै स्थानीय सरकारहरुले शिक्षा बजेट खर्च गर्दा विद्यालय शिक्षा सुधार हुन नसकेकोमा उनीहरुको जोड थियो ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले बिहिवार आयोजना गरेको ‘स्थानीय तहमा शिक्षा बजेटः खर्च क्षमता र उपलब्धि कति ?’ विषयक छलफलमा सरोकारवालाहरुले स्थानीय तहको कर्मचारी व्यवस्थापन र खर्च क्षमता सुधारमा जोड दिए । 

शिक्षाविद् विनय कुसियतले अनुगमन र मूल्याङ्कन संयन्त्रको अभावमा स्थानीय तहमा खर्च भएको शिक्षा बजेट प्रभावकारी बन्न नसकेको टिप्पणी गरे । शिक्षाप्रतिको उत्तरदायित्वको कमी, आवश्यकताका आधारविनै बजेट विनियोजन र स्थानीय सरकारको शिक्षामा पर्याप्त ध्यान नजाँदा शिक्षाको लगानी उपलब्धिविहीन बन्दै गएकोमा उनको जोड थियो । 

कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले कर्मचारी अभावमा विद्यालय शिक्षाको अनुगमन र मूल्याङ्कनलाई प्रभावकारी बनाउन नसकिएको बताए । सीमित कर्मचारी र अनुगमनविनै काम गर्दा शिक्षामा एकातिर बजेटको अभाव हुने र अर्कोतिर भएको बजेट खर्च नहुने समस्या देखिएको उनको भनाइ थियो । 

‘भवन बनायो, शिक्षक अभाव हुने, शिक्षक व्यवस्थापन ग¥यो ल्याव र पुस्तकालय अभाव हुने, गुणस्तरिय शिक्षामा कहिले ध्यान दिने ?’ नगर प्रमुख कार्कीले प्रश्न गरे । 

तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटीले पनि कर्मचारी अभावमा शिक्षा बजेट कार्यान्वयनको अनुगमनमा समस्या भएको गुनासो गरिन् । 

‘तीन तहकै  सरकारले विद्यालय शिक्षामा काम गरिरहेका छन् तर समन्वय छैन । जसले गर्दा बजेट दोहोरिने, काममा एकरुपता नआउने समस्या देखिएको छ ।’ उपप्रमुख बुर्लाकोटीले भनिन् । ‘नत अनुगमनका लागि कर्मचारी नै पर्याप्त छन् ।’ 

महालेखा परीक्षकको कार्यालयका नायव महालेखा परीक्षक ताराप्रसाद पाण्डेले स्थानीय तहमा अनुगमन र मूल्याङ्नको पाटो कमजोर रहेको तथा खर्च गर्ने क्षमता पनि कम हुँदा बेरुजु बढेको औंल्याए । 

एकातिर शिक्षा बजेट खर्च नहुने र भएकोमा पनि बेरुजु देखिँदा बजेटले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उनको भनाइ थियो । कानूनसम्मतः चले र खर्चको अभिलेख राखे शिक्षामा लगानीअनुरुपको प्रतिफल प्राप्त हुने पाण्डेले बताए । 

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका योजना तथा अनुगमन शाखाका निर्देशक अर्जुन ढकालले स्थानीय तहमा विनियोजित १ खर्ब ३० अर्ब शिक्षा बजेटमध्ये १ खर्ब १८ अर्ब रुपैयाँ मात्रै खर्च भएको बताए । जसमध्ये ९१ अर्ब शिक्षक कर्मचारीको तलवभक्ता मात्रै खर्च भएको भन्दै ढकालले छात्रवृत्ति, दिवाखाजा, शैक्षिक गुणस्तर सुधारका बजेट धेरै खर्च हुन नसकेको बताए । 

स्थानीय तहमा जाने ४० प्रतिशत बजेट शिक्षाको भएपनि शिक्षा शाखामा काम गर्ने कर्मचारी कम हुँदा अनुगमन, खर्च र उपलब्धि कम हुने गरेको उनको भनाइ थियो ।
 
मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकीले विनियोजित शिक्षा बजेट समय सान्दर्भिक नभएको तथा कार्यक्रम कार्यान्वयनमा जनप्रतिनिधिहरुको पर्याप्त ध्यान जान नसकेको बताए ।

‘शिक्षालाई विकास मानिएन, भौतिक पूर्वाधारमा मात्रै सबैको ध्यान गयो ।’ बुढाथोकीले भने, ‘भएका खर्चको अनुगमन र मूल्याङ्कन गर्ने पनि संयन्त्र भएन ।’संघीय शिक्षा ऐन जारी नहुँदा स्थानीय तहले काम नगरी पनि नहुने र गर्दा गरेका कामहरुमा  मुद्दा पर्ने गरेको उनको गुनासो थियो । 

बुढानीलकण्ठ नगरपालिकाका शिक्षा शाखाप्रमुख ललितविक्रम सिंहले स्थानीय तहमा स्रोतको कमी नभएपनि शिक्षा क्षेत्रमा पर्याप्त ध्यान दिन नसक्दा सुधार हुन नसकेको बताए । शिक्षामा रहरले कार्यक्रम शुरु गर्ने तर पछि बजेट पर्याप्त नहुँदा बेरुजु देखिने गरेको उनले बताए । ‘स्थानीय तहमा खर्च गर्ने क्षमता नभएको होइन, शिक्षा बजेट नै कम भयो ।’उनले भने ।

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले विद्यालय शिक्षामा तीन तहकै सरकारको शासन हुँदा अपेक्षित सुधार हुन नसकेको आरोप लगाए । स्थानीय तहमा कर्मचारी पर्याप्त नभएका तथा पदीय श्रेणी नमिलेका कारण काम गर्न समस्या भएको प्याकुरेलको भनाइ थियो । 

छलफलमा शिक्षाका लागि राष्ट्रिय अभियान नेपालका अध्यक्ष राजेन्द्र पहाडी, मनमैजु माविका प्रअ रविना महर्जन, इस्टुका अध्यक्ष होमकुमार थापा, शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ललगायतले आवश्यकता र उपलब्धिको मूल्याङ्कनविना शिक्षा बजेट विनियोजित हुँदा अपेक्षित सुधार हुन नसकेको बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending