Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

बाँके–१ मा नयाँ पुरानाको प्रतिस्पर्धा

खबरडबली संवाददाता

राँझा । बाँके निर्वाचन क्षेत्र नं १ मा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग नयाँ उम्मेदवार प्रतिस्पर्धामा छन्  । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका  मन्त्री गहतराजसँग नेकपा (एमाले)का उम्मेदवार युवानेता सूर्य ढकालले चुनावी प्रतिस्पर्धामा छन्  ।  

यसअघि विसं २०७४ को निर्वाचनमा गहतराजलाई जिताउन खटिनुभएका एमाले केन्द्रीय सदस्य ढकाल अहिले राप्रपासँगको चुनावी तालमेलमा गहतराजलाई चुनौती दिएका छन् । बाँके क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गहतराज दोस्रोपटक यस क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन् भने एमाले नेता ढकालले पहिलोपटक जनताको माझ मत माग्दै छन् । ढकाललाई राप्रपासहितका गठबन्धनको समर्थन छ । बाँके क्षेत्र नं १ का जनताले परिवर्तन चाहेकाले यसपटक आफू जितको नजिक रहेको उम्मेदवार ढकालको दाबी छ । 

“कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा मैले राजनीतिको धेरै समय र पसिना बगाएको छु, प्रत्येक टोल, बस्ती र घर–घरमा पुगेको छु, त्यसैले म बलियो र विजय नजिक छु”, उनले भने ।

सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका युवा तथा खेलकुदमन्त्री गहतराज भने विगतमा गरेको कामका आधारमा यस क्षेत्रका जनताले पुनः आफूलाई नै निर्वाचित गर्ने दाबी गर्दछन्  । गठबन्धन दलको साझा उम्मेदवार भएकाले पनि आफू विजयी हुने उनको भनाइ छ । 

यो निर्वाचन क्षेत्रमा पर्ने कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी भएको छ भने नरैनापुरमा जनता समाजवादी पार्टी निर्वाचित भएको छ । यी दुई स्थानीय तहका नौ वडामा एमालेले जित हासिल गरेको छ । नागरिकले व्यक्तिमात्रै होइन, पटक–पटक पार्टीसमेत नयाँ र फरक खोज्दै आएको नागरिक अगुवा डिलबहादुर परियारले बताए  । 

यो क्षेत्रमा विगतमा विसं २०४८ मा कांग्रेसबाट सैयदमेराज अहमद शाह, २०५१ र २०५४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भण्डारी, २०५६ मा कांग्रेसबाट ज्ञानु केसी, विसं २०६४ मा नेकपा माओवादीबाट तिलक परियार, २०७० मा एमालेबाट देवराज भार र २०७४ मा एमाले–नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का महेश्वरजङ्ग गहतराज निर्वाचित भइसकेका छन्  । 

यसैगरी बाँके निर्वाचन क्षेत्र नं १ (१) प्रदेशमा सत्ता गठबन्धनकी उम्मेदवार कृष्णा केसी नमूनासँगै राप्रपाका नरेन्द्र पौडेल र जनता समाजवादी पार्टीका अमर खड्का प्रतिस्पर्धामा छन्  । तीनै जना उम्मेदवारले आफूले निर्वाचन जित्ने दाबीका साथ मतदाताको घरदैलोमा पुगेका छन्  । प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट कांग्रेसका फुलाराम थारू र एमालेका दुर्गा थारूबीच चुनावी प्रतिस्पर्धा रहेको छ । उनीहरु दुवै जना पहिलोपटक निर्वाचनमा उम्मेदवार बनेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies