ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाकी उम्मेदवार पम्फा भुसालले पयर्टनमा आधारित अर्थतन्त्रलाई चुनावी एजेन्डा बनाएकी छन् । उनले अबको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने भएकोले पर्यटन विकास सँगसँगै आर्थिक विकास पनि हुने बताएकी हुन् ।
आफूले अघि सारेको घोषणापत्रको प्रमुख बुदाँमध्ये यसलाई पनि प्राथमिकतामा राखेकी छन् । उपत्यकाभित्र पयर्टन प्रवर्द्धनका प्रमुख क्षेत्रहरू सम्पदा र जात्रा–पर्वहरू हुन् । ती सम्पदा तथा परम्परागत पहिचानको संरक्षण र प्रवर्द्धन गरेर पर्यटन विकास गर्न सकिने उनको भनाइ छ ।
भुसालले ललितपुर क्षेत्रका सबै सम्पदाहरूको डिजिटल प्रोफाइल तयार पार्ने र पर्यटकलाई त्यसबारे डिजिटल रूपमै जानकारी दिने कुरा घोषणापत्रमा समेटेकी छन् । ललितपुरको रथ जात्रा, नेवारी, पर्वहरू, खाना, पहिरन, गरगहजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्द्धन गरिने उनको योजना छ ।
ललितपुरको अर्को मुख्य विषेशता हो– हस्तकला । यस क्षेत्रलाई उकास्न पनि बजेट विनियोजन तथा वडागत एजेण्डा तयार गरी काम गरिने भुसालको योजना छ ।
‘ललितपुर कला कौसलले भरिपूर्ण शहर मानिन्छ, तर यसलाई जतिसक्दो प्रचारप्रसार गरी पयर्टक भित्र्याउन आवश्यक छ,’ उनले भनिन्, ‘यसो गर्दा एकातिर सम्पदा तथा यहाँको मौलिक कला संस्कृतिको प्रवर्द्धन हुन्छ, अर्कातिर हामीले आम्दानी पनि गर्न सक्छौँ ।’
उनले ललितपुर क्षेत्र ३ मा कयौँ कला कौसल रहेकोले तीनको जीवन्तताको लागि आफूले विगतदेखि नै संरक्षण जुटेको बताइन् । त्यसको त गुठी विधेयकको विरुद्धमा पनि भुसालले आवाज उठाएकी थिइन् । आफू नेवारी समुदाय र मौलिक संस्कृतिको खानी भएको क्षेत्रको राजनीतिज्ञ भएको हिसाबले त्यहाँका सबैखाले आवश्यकता, अधिकार र समस्यामा सधै खटिने भुसालले जानकारी दिइन् ।
यसबाहेक भुसालले ललितपुर क्षेत्रमा मठ मन्दिरको संरक्षण, पुर्ननिर्माण र त्यसको रक्षाको लागि आफू सदैव लागिपर्ने बताएकी छन् । उनले यहाँका ऐतिहासिक सम्पदा संरक्षण र विकास निर्माणलाई यसपटकको मुख्य चुनावी एजेण्डा बनाएकी छन् ।
नेवारी संस्कृति झल्कने गरी नयाँ नयाँ पर्यटकीय क्षेत्रको विकास पनि गरिने भुसालको योजना छ । वितेका ५ वर्षमा पनि उनले आफ्नो चुनावी क्षेत्रमा महत्त्वपूर्ण काम गरेकी छन् । यहाँको सम्पदा संरक्षणमा उनको प्रत्यक्ष सहभागिता रहने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: