Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

ललितपुरलाई उकास्ने यस्ता छन् पम्फा भुसालका चुनावी एजेण्डा

खबरडबली संवाददाता

ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाकी उम्मेदवार पम्फा भुसालले पयर्टनमा आधारित अर्थतन्त्रलाई चुनावी एजेन्डा बनाएकी छन् । उनले अबको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने भएकोले पर्यटन विकास सँगसँगै आर्थिक विकास पनि हुने बताएकी हुन् । 

आफूले अघि सारेको घोषणापत्रको प्रमुख बुदाँमध्ये यसलाई पनि प्राथमिकतामा राखेकी छन् । उपत्यकाभित्र पयर्टन प्रवर्द्धनका प्रमुख क्षेत्रहरू सम्पदा र जात्रा–पर्वहरू हुन् । ती सम्पदा तथा परम्परागत पहिचानको संरक्षण र प्रवर्द्धन गरेर पर्यटन विकास गर्न सकिने उनको भनाइ छ ।

भुसालले ललितपुर क्षेत्रका सबै सम्पदाहरूको डिजिटल प्रोफाइल तयार पार्ने र पर्यटकलाई त्यसबारे डिजिटल रूपमै जानकारी दिने कुरा घोषणापत्रमा समेटेकी छन् । ललितपुरको रथ जात्रा, नेवारी, पर्वहरू, खाना, पहिरन, गरगहजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्द्धन गरिने उनको योजना छ ।

ललितपुरको अर्को मुख्य विषेशता हो– हस्तकला । यस क्षेत्रलाई उकास्न पनि बजेट विनियोजन तथा वडागत एजेण्डा तयार गरी काम गरिने भुसालको योजना छ । 

‘ललितपुर कला कौसलले भरिपूर्ण शहर मानिन्छ, तर यसलाई जतिसक्दो प्रचारप्रसार गरी पयर्टक भित्र्याउन आवश्यक छ,’ उनले भनिन्, ‘यसो गर्दा एकातिर सम्पदा तथा यहाँको मौलिक कला संस्कृतिको प्रवर्द्धन हुन्छ, अर्कातिर हामीले आम्दानी पनि गर्न सक्छौँ ।’

उनले ललितपुर क्षेत्र ३ मा कयौँ कला कौसल रहेकोले तीनको जीवन्तताको लागि आफूले विगतदेखि नै संरक्षण जुटेको बताइन् । त्यसको त गुठी विधेयकको विरुद्धमा पनि भुसालले आवाज उठाएकी थिइन् । आफू नेवारी समुदाय र मौलिक संस्कृतिको खानी भएको क्षेत्रको राजनीतिज्ञ भएको हिसाबले त्यहाँका सबैखाले आवश्यकता, अधिकार र समस्यामा सधै खटिने भुसालले जानकारी दिइन् ।

यसबाहेक भुसालले ललितपुर क्षेत्रमा मठ मन्दिरको संरक्षण, पुर्ननिर्माण र त्यसको रक्षाको लागि आफू सदैव लागिपर्ने बताएकी छन् । उनले यहाँका ऐतिहासिक सम्पदा संरक्षण र विकास निर्माणलाई यसपटकको मुख्य चुनावी एजेण्डा बनाएकी छन् । 

नेवारी संस्कृति झल्कने गरी नयाँ नयाँ पर्यटकीय क्षेत्रको विकास पनि गरिने भुसालको योजना छ । वितेका ५ वर्षमा पनि उनले आफ्नो चुनावी क्षेत्रमा महत्त्वपूर्ण काम गरेकी छन् । यहाँको सम्पदा संरक्षणमा उनको प्रत्यक्ष सहभागिता रहने गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending