Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

मल र बीउ उपलब्ध गराउनेलाई भोट !

खबरडबली संवाददाता

रुपन्देही । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् । 

क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा पनि विभिन्न पार्टीका उम्मेदवार मतदाताको घरदैलोमा व्यस्त छन् । मर्चवारमा अपेक्षाकृतरुपमा कम विकास भएको जनाउँदै उम्मदेवार आफूलाई भोट दिए मर्चवारमा विकासका ठूलाठूला विकासका आश्वासन बाँड्दै छन् । बाटो, सिँचाइका ठूला आयोजना, ठूला अस्पताल निर्माणको आश्वासन दिँदै हिँडेका उम्मेदवाले मर्चवारका सामान्य मतदाताको मन आकर्षित गर्न सकिरहेका छैनन् । 

मर्चवारवासीले विभिन्न उम्मेदवारका आश्वासनभन्दा पनि समयमा मल र बीउको अपेक्षा गरेका छन् । अन्न भण्डारको रुपमा रहेको मर्चवारमा समयमा मल र बीउ उपलब्ध गराउने उम्मेदवारलाई आफूले चयन गर्ने उनीहरुको भनाइ छ । कोटहीमाई गाउँपालिका–६ बोगडीकी ७५ वर्षीया मोहबती हरिजनले मर्चवारमा बर्षेनी मल र बीउको लागि सास्ती भोग्दै आएको बताए । 

उनी अझै पनि सीमावर्ती भारतीय बजार नौतनवाको भर परेको बताउँछन्। “स्थानीय जनप्रतिनिधि आए केही आराम हुन्छ, हाम्रो लागि काम गर्छन् भन्ने अपेक्षा थियो ।” उनले भने, “तर केही भएन, हामी आफैँ पारी गएर मल र बीउ ल्याउँछौँ, मेहनत गरेर रोप्छौँ ।”

उनले सरकारले गरिब र पीडितको लागि पठाएको राहत नपाएको गुनासो गरे । “सरकारले गरिब विपन्नको राहतको लागि भनेर केही सामान पठाइदिन्छ ।” उनले भने, “ त्यो पनि छानीछानी आफ्नै मान्छे तथा कार्यकर्तालाई बाँड्छन, हाम्रो लागि कोही छैन ।” त्यसकारण जसले सहजरुपमा मल र बीउबिजन उपलब्ध गराउने प्रतिबद्धता गर्छ उसैलाई आफ्नो भोट दिने वृद्धा हरिजनको भनाइ छ ।

उनकै भनाइलाई मेल खान्छ मर्चवारी गाउँपालिका–६ बगौलीकी सुनिताकुमारी यादवको पनि । उनले पनि स्थानीय नेताहरु आफ्नो मान्छे छानीछानी बीउ र मल दिएको गुनासो गरे । “गहुँ छर्ने बेला भएको छ, वडाले २ बोरा गहुँको बीउ दिने भनेको थियो अहिले चार–पाँच किलो दिन्छु भन्छ, त्यति बीउले हामीले के गर्ने ?” उनले भने, “हामीमाथि चरम भेदभाव भएको छ ।”

उनले उम्मेदवार अहिले घरमै आएर विभिन्न आश्वासन दिने गरे पनि जितेर गए पछि भेदभाव गर्ने गरेको आरोप लगाए । उनले सबैले मत दिएको कारण सबैलाई एकै नजरले हेर्नुपर्ने धारणा राखे । मर्चवारका उम्मेदवारले यहीकै समस्यालाई ध्यानमा राखेर कृषिलाई ग्राहयता दिनुपर्ने मर्चवारका मतदाताको भनाइ छ । 

कोटहीमाई गाउँपालिका–५ का कृषक रामअवध पासवानले उम्मेदवालाई ठूला विकासे योजनाभन्दा पनि कृषकको समस्यालाई ध्यानमा राखेर एजेण्डा बनाउन सुझाव दिए। “चुनाव त एक दिनमै सकिन्छ, कृषि भनेको वर्षभरि खानलाई गरिन्छ ।” उनले भने, “त्यसकारण सरकारले पनि कृषकका समस्या ध्यानमा राखेर नीति नियम बनाउनुपर्छ ।”

उनले उम्मेदवार अहिले विभिन्न ठूला आश्वासन लिएर आउने गरे पनि कृषकको समस्याको दीर्घकालीन रुपमा हल हुने गरी कसैको एजेण्डामा पर्न नसकेको बताए । नेपालकै कम मात्रामा मल आउने गरेको बताउँदै उनले यसको दीर्घकालीन समाधानको लागि नीतिगतरुपमै निर्णय हुनुपर्ने सुझाव दिए। “कृषिको लागि जसले दीर्घकालीन समाधानको उपाय बताउँछ, मेरो भोट उसैलाई हुन्छ ।” उनले भने । 

उनले अहिले मध्य खेतीपातीकै समयमा सरकारले निर्वाचन गरेर कृषकलाई झन समस्या थपिदिएको गुनासो गरे । उनी सरकार कहिल्यै पनि कृषकको समस्या बुझ्न नसकेको बताउँछन् । मर्चवारी, कोटहीमाई, सम्मरीमाई, मायादेवी र सियारी गाउँपालिकासहित लुम्बिनी सांस्कृतिक नगरपालिका केही वडा गरी ३१ वडा रहेको निर्वाचन क्षेत्र नम्बर ४ मा एक लाख पाँच हजार छ सय ५९ मतदाता रहेका छन् । 

यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रमोदकुमार यादव, लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, जनमत पार्टीबाट भोपेन्द्रप्रसाद यादव, नेकपा (एमाले)को समर्थनमा जनता समाजवादी पार्टीका ओमप्रकाश यादव  लगायतका नेता प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन् ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending