Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

ललितपुरमा तीन हजार चार सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

खबरडबली संवाददाता

ललितपुर । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए।

जिल्लाभर एक सय ३१ स्थानमा रहेका दुई सय ९० वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि ललितपुरमा तीन हजार चार सयभन्दा बढी सुरक्षाकर्मी खटिएको पोखरेलले जानकारी दिनुभयो ।

“निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको छ, जिल्लाका सबै सीमा नाकामा निगरानी गरिएको छ”, पोखरेलले भन्नुभयो, “सुरक्षा योजना बनाएर प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेना संयुक्तरूपमा खटिएका छन् । हामीले पूरा तयारीका साथ सबै स्थानमा सूरक्षाकर्मीलाई परिचालित गराएका छौँ ।”

निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलतर्फ परिचालन भएको उनले बताए । उनका अनुसार निर्वाचनमा प्रहरी र प्रहरीको सहायताका लागि एक हजार तीन सय अठ जना म्यादी प्रहरी परिचालन भएका छन् ।

निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलतर्फ परिचालन भएको उनले बताए । मोबाइल टोली र ‘रिजर्भ फोर्स’समेत तयारी अवस्थामा राखिएको उनले बताए । 

“तत्काल त्यस्तो सुरक्षा चुनौती देखिएको छैन, राजनीतिक दलबीच हुनसक्ने झडप तथा विवादलगायत चुनाव बहिष्कार समूहलाई चुनौतीका रूपमा लिएर सोहीअनुसार सुरक्षा मिलाएका छौँ’, उनले भने, “बहिष्कार समूहमाथि सूक्ष्म निगरानी बढाएका छौँ ।”

प्रतिनिधिसभाका तीन क्षेत्र र प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको ललितपुरमा कुल दुई लाख ५० हजार चार सय १० जना मतदाता छन् । क्षेत्र नं १ मा ७४ हजार तीन सय ९७ जना, क्षेत्र नं। २ मा ८१ हजार आठ सय ९७ जना र क्षेत्र नं। ३ मा ९४ हजार एक सय १६ मतदाता छन् ।

कारागारका कैदीबन्दी र कर्मचारीका लागि नख्खु कारागार नख्खुमा र नमुना मच्छिन्द्र मावि लगनखेलमा गरेर दुईवटा स्थानमा अस्थायी मतदान केन्द्र राखिएका छन् ।(

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनको मुल्य एकैदिन १५ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो ।  य...

सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

लमजुङ।  बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थ...

कोदो मर्ने समस्याले कृषक चिन्तित

पर्वत। निरन्तर चार वर्षदेखि कोदो मर्न थालेपछि पर्वतका कृषक समस्यामा परेका छन् । निकै मेहनत र खर्च गरी लगाएको बाली फल्ने बेलामा मर्न थालेपछि कृषक चिन्त...

अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित दुई राजदूतहरूविरुद्ध उजुरी दिन आह्वान गरेको छ । राजदूतामा नियुक्तिका लागि सिफारिस भई संसदीय सुनुवाइ हु...

बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन

काठमाडौँ । बलिउड गायक तथा संगीतकार हिमेश रेशमियाका पिता विपिन रेशमियाको निधन भएको छ । ८७ बर्षिय विपिन पछिल्लो समय अस्वस्थ रहेको र उनको मुम्बईस्थित ...

कुपोषण हटाउन सबैको हातेमालो आवश्यक : मुख्यमन्त्री शाह

कैलाली.। सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहले बालबालिकामा व्यापक कुपोषण अन्त्य गर्न गैरसरकारी संस्थाहरुको हातेमालो अवश्यक रहेको बताएको छन् । वर्...

लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध

काठमाडौँ । मङ्गलबार र बुधबार लेबनानमा पेजर र वाकीटकी प्रयोग गरी भएको विस्फोटमा धेरैको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् । अब लेबनानको राजधानी...

वर्तमान संविधान नेपाली जनताको लामो सङ्घर्षको दस्ताबेज होः परराष्ट्रमन्त्री

काठमाडौँ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको वर्तमान संविधान नेपाली जनताले आफ्ना जनप्रतिधिद्वारा संविधान लेख्ने प्रतिज्ञाका साथ गरेको निकै...

भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने

काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका  उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । ...

१६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई

काठमाडौं । श्रीलंकाको लागि नेपाली राजदूतमा सिफारिस भएका रामकृष्ण भट्टराईको स्नातक पास भएको शैक्षिक योग्यताको प्रमाणपत्र नभेटिएपछि अस्वीकृत भएका छन् । ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy