ललितपुर । भोलि हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । निर्वाचनका लागि सुरक्षा तयारी पूरा भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनोद पोखरेलले जानकारी दिए।
जिल्लाभर एक सय ३१ स्थानमा रहेका दुई सय ९० वटै मतदानस्थलको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरीसहितको सुरक्षा टोली खटिएको छ । निर्वाचन शान्तिपूर्वक सम्पन्न गर्नका लागि ललितपुरमा तीन हजार चार सयभन्दा बढी सुरक्षाकर्मी खटिएको पोखरेलले जानकारी दिनुभयो ।
“निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत पारिएको छ, जिल्लाका सबै सीमा नाकामा निगरानी गरिएको छ”, पोखरेलले भन्नुभयो, “सुरक्षा योजना बनाएर प्रहरी, म्यादी, सशस्त्र र नेपाली सेना संयुक्तरूपमा खटिएका छन् । हामीले पूरा तयारीका साथ सबै स्थानमा सूरक्षाकर्मीलाई परिचालित गराएका छौँ ।”
निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलतर्फ परिचालन भएको उनले बताए । उनका अनुसार निर्वाचनमा प्रहरी र प्रहरीको सहायताका लागि एक हजार तीन सय अठ जना म्यादी प्रहरी परिचालन भएका छन् ।
निर्वाचन अधिकृतसहित निर्वाचन सामग्री लिएर सुरक्षाकर्मी मतदानस्थलतर्फ परिचालन भएको उनले बताए । मोबाइल टोली र ‘रिजर्भ फोर्स’समेत तयारी अवस्थामा राखिएको उनले बताए ।
“तत्काल त्यस्तो सुरक्षा चुनौती देखिएको छैन, राजनीतिक दलबीच हुनसक्ने झडप तथा विवादलगायत चुनाव बहिष्कार समूहलाई चुनौतीका रूपमा लिएर सोहीअनुसार सुरक्षा मिलाएका छौँ’, उनले भने, “बहिष्कार समूहमाथि सूक्ष्म निगरानी बढाएका छौँ ।”
प्रतिनिधिसभाका तीन क्षेत्र र प्रदेशसभाका लागि छ निर्वाचन क्षेत्र रहेको ललितपुरमा कुल दुई लाख ५० हजार चार सय १० जना मतदाता छन् । क्षेत्र नं १ मा ७४ हजार तीन सय ९७ जना, क्षेत्र नं। २ मा ८१ हजार आठ सय ९७ जना र क्षेत्र नं। ३ मा ९४ हजार एक सय १६ मतदाता छन् ।
कारागारका कैदीबन्दी र कर्मचारीका लागि नख्खु कारागार नख्खुमा र नमुना मच्छिन्द्र मावि लगनखेलमा गरेर दुईवटा स्थानमा अस्थायी मतदान केन्द्र राखिएका छन् ।(
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन २७ गते, २०८२ - १३:५९
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ । ुजेनजीु पु...
फाल्गुन २७ गते, २०८२ - ०९:३३
सुर्खेत। प्रत्यक्षतर्फ कर्णाली प्रदेशका १२ मध्ये पाँच वटा निर्वाचन क्षेत्रमा जित हात पारेर पहिलो भएको नेपाली कांग्रेस समानुपातिक मतमा पनि पहिलो नै भएक...
फाल्गुन २७ गते, २०८२ - ०९:२७
सल्यान। सल्यानमा बाघको आक्रमणका घटना बढ्दै जाँदा स्थानीय बासिन्दामा त्रास फैलिएको छ। यसै क्रममा जिल्लाको शारदा नगरपालिका–९ सुनचौर क्षेत्रमा बाघले आठ व...
फाल्गुन २७ गते, २०८२ - ०८:२३
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित गरेको छ । महासभाले आज उक्त प्रस्ताव पारित गरेको ...
फाल्गुन २७ गते, २०८२ - ०८:१७
हुम्ला। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न लिमी पुगेका नाम्खा गाउँपालिका–६ अन्तर्गत हिमालपारिको गाउँ लिमीको जाङ गाउँका स्थानीय फिर्ता भएका छन्। ...
फाल्गुन २७ गते, २०८२ - ०८:१३
काठमाडौँ । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच...
फाल्गुन २७ गते, २०८२ - ०८:०८
नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्ने क्षेत्रमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन...
फाल्गुन २७ गते, २०८२ - ०७:५३
गलकोट। नेकपा (एमाले) बागलुङ नगर कमिटिका अध्यक्ष रामकृष्ण शर्माले अध्यक्ष पदबाट नैतिकताका आधारभा राजीनामा दिएको छन्। एमाले उम्मेदवारलाई जिताउन नसकेक...
फाल्गुन २७ गते, २०८२ - ०७:४६
काठमाडौँ। हाल देशमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक ...
फाल्गुन २६ गते, २०८२ - १७:३२
मुम्बई। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशप...



प्रतिकृया लेख्नुहोस्: