Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

भक्तपुर क्षेत्र नं २ मा कांग्रेसको अग्रता कायमै, ६ सय भन्दा बढी मतले पछि परे बस्नेत

भक्तपुर क्षेत्र नं १ मा एमाले अग्रता

खबरडबली संवाददाता
भक्तपुर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं २ मा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ ।पछिल्लाे मतगणनाको परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले एमालेका उम्मेदवार महेश बस्नेतलाई छ सय ५६ मतले पछाडि पार्दै अग्रता कायम राखेका छन् । 
 
भक्तपुर जिल्लामा दुई निर्वाचन क्षेत्रमध्ये सबैको चासो रहेको भक्तपुर क्षेत्र नं २ मा मतगणना गर्दा कांग्रेसका उम्मेदवार थापाले १६ हजार तीन सय ८० मतले अग्रता कायम राखेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बस्नेतले १५ हजार सात सय ३५ मतले पछ्याइरहेका छन् ।
 
नेपाल मजदुर किसान पार्टीका अनुराधा थापामगरले तीन हजार नौ सय चार, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले दुई हजार सात सय ७५, राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले एक हजार छ सय २५ प्राप्त गरेकाे निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए  ।  
 
क्षेत्र नं १ को मतपरिणाम 
 
त्यसैगरी भक्तपुर क्षेत्र नं १ मा एमालेका उम्मेदवार नवराज गेलालले सात हजार ६०२ मतले अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवालले पाँच हजार आठ सय ५९ मतले पछ्याइरहेका छन् । 
 
क्षेत्र नं १ मा २३ हजार दुई सय ३३ मतगणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका भरतबहादुर खड्काले पाँच हजार दुई सय २७ मत प्राप्त गरेका छन्  भने नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुनिल गोठे वासुले दुई हजार छ सय ७१ मत ल्याएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिए  ।
 
प्रदेशसभातर्फ 
 
त्यसैगरी प्रदेशसभातर्फ क्षेत्र नं २ (१ं) मा आज मतगणना हुँदा एमालेका उम्मेदवार किरण थापामगरले छ हजार नौ सय ६६ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । उनका  नकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार विष्णुराज कार्कीले पाँच हजार सात  सय ५६ मतले पछ्याइरहेका छन् । 
 
त्यस्तै राप्रपाका विक्रम थापाले दुई हजार ६४ र नेमकिपाका सरोजराज गोसाईंले एक हजार एक सय ६१ मत प्राप्त गरे ।  मतगणना जारी रहेको छ । 
 
प्रदेशसभातर्फ क्षेत्र नं २ (२) मा नेपाल मजदुर किसान पार्टीका रमेश वैद्य दुई हजार नौ सय २० मतले अग्रता लिएका छन् भने नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले तीन हजार दुई सय २१, एमालेका चन्दनकृष्ण श्रेष्ठले तीन हजार एक सय ११ र राष्ट्रिय प्रजातन्त्र पार्टीका पञ्चकृष्ण श्रेष्ठले एक हजार दुई सय ७९ ल्याएका छन् । 
 
त्यस्तै चाँगुनारायण नगरपालिका–१ देखि ६ सम्मको मतगणना हुँदा क्षेत्र नं १ (१) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठले सात हजार दुई सय ५६ मतले अग्रता लिएका छन्  भने एमालेका उम्मेदवार मोहनवीर श्रेष्ठले छ हजार दुई सय ४१, नेपाल मजदुर किसान पार्टी मीनबहादुर बाटाले तीन हजार पाँच सय ८८ र राप्रपाका राजु कुइँकेलले चार हजार तीन सय ३१ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies