Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

युक्रेन युद्धमा ज्यान गुमाएका रुसी सैनिकका आमासँग पुटिनको भेट

खबरडबली संवाददाता

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धमा सहभागी वा त्यसमा ज्यान गुमाएका सैनिकका आमाहरूसँग भेट्दै उनीहरूको जस्तै पीडा आफूहरूले पनि महसुस गरिरहेको बताएका छन्।

रुसी सरकारी सञ्चारमाध्यममा देखाइएको उनको सुरुवाती सम्बोधनमा पुटिनले भनेका छन्, “एक जना छोरा गुमाउनुलाई कुनै कुराले पनि पूर्ति गर्दैन।”  

कैयौँ त्यस्ता आमाहरू क्रेम्लिन पक्षधर अभियानका सदस्यहरू हुन्। उक्त बैठकका लागि सावधानीपूर्वक उनीहरूको छनौट गरिएको आलोचकहरूले बताएका छन्।

बीबीसीका रुस सम्पादक भन्छन् राष्ट्रपति पुटिनले युक्रेन युद्धमा सहभागी सैनिक र तीनका परिवारप्रति चासो राखिराखेको देखाउने यो क्रेम्लिनको पहिलो प्रयास थियो।  

आमाहरूसँग भेटको अर्थ

युक्रेनमाथिको आक्रमणलाई लिएर रुसभित्रै विरोधहरू बढ्दै गएका छन्। देशका विभिन्न भागबाट बहालवाला सैनिकका आमाहरूले खुलेआम आफ्ना छोराहरूलाई राम्रोसँग तालिम नै नदिईकन लडाइँमा पठाइएको गुनासो गरिरहेका छन्।

उनीहरूले कठ्याङ्ग्रिँदो चिसो आउनै लाग्दा पर्याप्त पोसाक र हतियार बिना ती सैनिक खटाइएको टिप्पणी गरेका छन्।

हालैका महिनाहरूमा भएका नराम्रा पराजयपछि कतिपयले रुसी सेनाले जबरजस्ती खटाइएका सैनिकहरूलाई ज्यान गुमाउन बाध्य पारेको टिप्पणी गरेका छन्।

एक जना वरिष्ठ अमेरिकी सैनिक जनरल मार्क मिलीका अनुसार फेब्रुअरी २४ मा युद्ध सुरु भएयता लगभग १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएका छन्।

एउटा दुर्लभ स्वीकारोक्तिमा क्रेम्लिनले गएको सेप्टेम्बरमा जगेडा सैनिकहरू खटाउँदा गल्ती भएको स्वीकार गरेको थियो। मस्कोस्थित आफ्नो सरकारी निवासमा शुक्रवार भएको पुटिनले एउटा ठूलो टेबुलमा १७ जना आमाहरूको समूहसँग भेटिरहेको देख्न सकिन्छ।

तीमध्ये कतिपयले टाउको ढाक्ने स्कार्फ लगाएको देख्न सकिन्छ जसलाई शोकमा परेको सङ्केत मानिन्छ। “म तपाईँहरूले व्यक्तिगत रूपमा म र यो देशको सम्पूर्ण नेतृत्व, तपाईँहरूको यो पीडा महसुस गर्छौँ भन्ने थाहा पाउनुहोस् भन्ने चाहन्छु।”

एक जना आमालाई उनले उनका छोराले ‘आफ्नो लक्ष्य हासिल गरेको’ र ‘त्यो खेर नजाने’ बताए। पुटिनले प्रत्यक्ष भेटेर आमाहरूसँग आफूले उनीहरूका धारणा सिधै सुन्न चाहेको उल्लेख गरेका थिए।

रुसी सैनिकहरूलाई नायकको संज्ञा दिएका पुटिनले आफूले युद्ध मैदानमा रहेका सैनिकहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने गरेको खुलासा पनि गरेका छन्।

पुटिनले ती महिलाहरूलाई टेलिभिजन र इन्टरनेटमा युद्धबारे फैलिरहेका ‘झुट्टा’ र ‘गलत’ विवरणलाई विश्वास नगर्न भनेका थिए।

केम्लिनले सञ्चारमाध्यममाथि नियन्त्रण कायम गरेका हुनाले रुसमा युक्रेनको अवस्थाबारेको सन्तुलित समाचारहरू प्राप्त गर्न कठिन छ। धेरै मानिसहरूले सेन्सरसीपबाट पार पाउनका लागि भीपीएन नेटवर्कको प्रयोग गर्ने गर्छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending