काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्धमा सहभागी वा त्यसमा ज्यान गुमाएका सैनिकका आमाहरूसँग भेट्दै उनीहरूको जस्तै पीडा आफूहरूले पनि महसुस गरिरहेको बताएका छन्।
रुसी सरकारी सञ्चारमाध्यममा देखाइएको उनको सुरुवाती सम्बोधनमा पुटिनले भनेका छन्, “एक जना छोरा गुमाउनुलाई कुनै कुराले पनि पूर्ति गर्दैन।”
कैयौँ त्यस्ता आमाहरू क्रेम्लिन पक्षधर अभियानका सदस्यहरू हुन्। उक्त बैठकका लागि सावधानीपूर्वक उनीहरूको छनौट गरिएको आलोचकहरूले बताएका छन्।
बीबीसीका रुस सम्पादक भन्छन् राष्ट्रपति पुटिनले युक्रेन युद्धमा सहभागी सैनिक र तीनका परिवारप्रति चासो राखिराखेको देखाउने यो क्रेम्लिनको पहिलो प्रयास थियो।
आमाहरूसँग भेटको अर्थ
युक्रेनमाथिको आक्रमणलाई लिएर रुसभित्रै विरोधहरू बढ्दै गएका छन्। देशका विभिन्न भागबाट बहालवाला सैनिकका आमाहरूले खुलेआम आफ्ना छोराहरूलाई राम्रोसँग तालिम नै नदिईकन लडाइँमा पठाइएको गुनासो गरिरहेका छन्।
उनीहरूले कठ्याङ्ग्रिँदो चिसो आउनै लाग्दा पर्याप्त पोसाक र हतियार बिना ती सैनिक खटाइएको टिप्पणी गरेका छन्।
हालैका महिनाहरूमा भएका नराम्रा पराजयपछि कतिपयले रुसी सेनाले जबरजस्ती खटाइएका सैनिकहरूलाई ज्यान गुमाउन बाध्य पारेको टिप्पणी गरेका छन्।
एक जना वरिष्ठ अमेरिकी सैनिक जनरल मार्क मिलीका अनुसार फेब्रुअरी २४ मा युद्ध सुरु भएयता लगभग १ लाख रुसी र १ लाख युक्रेनी सैनिक मारिएका वा घाइते भएका छन्।
एउटा दुर्लभ स्वीकारोक्तिमा क्रेम्लिनले गएको सेप्टेम्बरमा जगेडा सैनिकहरू खटाउँदा गल्ती भएको स्वीकार गरेको थियो। मस्कोस्थित आफ्नो सरकारी निवासमा शुक्रवार भएको पुटिनले एउटा ठूलो टेबुलमा १७ जना आमाहरूको समूहसँग भेटिरहेको देख्न सकिन्छ।
तीमध्ये कतिपयले टाउको ढाक्ने स्कार्फ लगाएको देख्न सकिन्छ जसलाई शोकमा परेको सङ्केत मानिन्छ। “म तपाईँहरूले व्यक्तिगत रूपमा म र यो देशको सम्पूर्ण नेतृत्व, तपाईँहरूको यो पीडा महसुस गर्छौँ भन्ने थाहा पाउनुहोस् भन्ने चाहन्छु।”
एक जना आमालाई उनले उनका छोराले ‘आफ्नो लक्ष्य हासिल गरेको’ र ‘त्यो खेर नजाने’ बताए। पुटिनले प्रत्यक्ष भेटेर आमाहरूसँग आफूले उनीहरूका धारणा सिधै सुन्न चाहेको उल्लेख गरेका थिए।
रुसी सैनिकहरूलाई नायकको संज्ञा दिएका पुटिनले आफूले युद्ध मैदानमा रहेका सैनिकहरूसँग प्रत्यक्ष सम्पर्क गर्ने गरेको खुलासा पनि गरेका छन्।
पुटिनले ती महिलाहरूलाई टेलिभिजन र इन्टरनेटमा युद्धबारे फैलिरहेका ‘झुट्टा’ र ‘गलत’ विवरणलाई विश्वास नगर्न भनेका थिए।
केम्लिनले सञ्चारमाध्यममाथि नियन्त्रण कायम गरेका हुनाले रुसमा युक्रेनको अवस्थाबारेको सन्तुलित समाचारहरू प्राप्त गर्न कठिन छ। धेरै मानिसहरूले सेन्सरसीपबाट पार पाउनका लागि भीपीएन नेटवर्कको प्रयोग गर्ने गर्छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १० गते, २०८२ - ०९:२५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...
पौष १० गते, २०८२ - ०९:०९
काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...
पौष १० गते, २०८२ - ०९:०२
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...
पौष १० गते, २०८२ - ०८:३१
कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल
पौष १० गते, २०८२ - ०८:११
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...
पौष १० गते, २०८२ - ०८:००
काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...
पौष १० गते, २०८२ - ०७:५७
काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...
पौष १० गते, २०८२ - ०७:४६
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ। विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...
पौष १० गते, २०८२ - ०७:३५
वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...
पौष १० गते, २०८२ - ०७:१९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...




प्रतिकृया लेख्नुहोस्: