Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

‘बेलगाम’ सुर्खेत आन्दोलनको नेतृत्व अब कसले गर्ने ?

\"surkhet_5\"सुर्खेत । संघीय प्रदेशको सिमाङ्कन गर्दा मध्यपश्चिम टुक्रियो । कर्णाली अञ्चलका जिल्ला र भेरीका केही जिल्लालाई सुदुरपश्चिमाञ्चल विकास क्षेत्रमा मिसाइयो । राप्तीका जिल्ला र भेरीका बाँके र बर्दियालाई प्रदेश नं. ५ मा मिलाइयो । चार दलका शीर्ष नेताहरुले प्रदेशको सिमाङ्कन गरेको दिनसम्म सुर्खेतबासीहरु मध्यपश्चिमकै जिल्लाहरु मिलेर एउटा प्रदेश बन्नेमा ढुक्क थिए । मध्यपश्चिमकै जिल्लाहरु मिलेर बनेको प्रदेशको राजधानी सुर्खेत हुनेमा सुर्खेतीहरु विश्वस्त थिए । यसर्थ, सुर्खेतीले यसअघि कुनै आन्दोलन गरेनन् । तर, जब शीर्ष नेताहरुले सिमाङ्कनसहित ६ प्रदेशमा सहमति गरे, त्यसपछि सुर्खेतीमा आक्रोशको ज्वाला उठ्यो ।   सुर्खेतलाई प्रदेशको राजधानी नबनाउने षड्यन्त्रका साथ नेताहरुले सुदुरपश्चिमसँग गाभेको भन्दै आक्रोशित बनिरहेका बेला अखण्ड मध्यपश्चिम नागरिक आन्दोलन संघर्ष समिति गठन गरेर आन्दोलन सुरु भयो । सुरुमा शान्तिपूर्णरुपमा गरिएको प्रदर्शनले एकै दिनमा उग्ररुप लियो । जसका कारण तीन जनाको मृत्यु भयो । सोमबार नै आन्दोलनले उग्र रुप लिएपछि नेतृत्व गरिरहेको समिति पछि हट्यो । विज्ञप्ति निकालेर नेतृत्व छोडेको घोषणै गर्नुपयो । सोमबार नै आन्दोलनमा उत्रिएका नागरिकहरुले जिल्लाका सरकारी कार्यालयहरु र पार्टी कार्यालयहरुमा ठूलो क्षती पुर्याएका थिए । त्यो आन्दोलन नियन्त्रण बाहिर गएको थियो । त्यतिबेला आन्दोलनलाई नेतृत्व दिइरहेकाहरु त्यसदिनदेखि नै गुपचुप भएका छन् । नागरिक आन्दोलन समितिका संयोजक तेजविक्रम बस्नेत हालसम्म आन्दोलन कार्यक्रममा सार्वजनिक देखिएका छैनन् ।   सोमबार मात्रै प्रहरीको गोली लागेर दर्जनौं घाइते भएपछि मंगलबार दिनभर सुर्खेत युद्धभुमी मै परिणत भयो । दिनभरजसो विरेन्द्रनगरमा गोली चलिरह्यो । साथै सेलकासेल अश्रू ग्याँस प्रहार भयो । कति राउण्ड गोली चल्यो कसैले भन्न सक्ने अवस्था रहेन । मंगलबार पनि दर्जन बढीलाई गोली लाग्यो । त्यसमध्ये एकजना गम्भीर घाइते भए । बेलगामको आन्दोलनले मंगलबार पनि निकै उग्र रुप लियो । मंगलबार सबैभन्दा धेरै नागरिकहरु स्वतस्फूर्तरुपमा सडकमा ओर्लिएका थिए । आन्दोलनका सहभागी को हुन् ? भन्ने समेत कसैले ठम्याँउने अवस्था थिएन । मंगलबार राजनीतिक दलहरु र क्षेत्रीय उद्योग वाणिज्य संघले नेतृत्व गर्ने भने पनि असम्भव भयो । साँझ शान्तिपूर्णरुपमा आन्दोलन गर्ने, ¥याली निकाल्ने तयारी गरियो । आन्दोलनकर्ताले आन्दोलनको नेतृत्व गर्नेहरुलाई नै लछारपछार पारेपछि पुनः आन्दोलन नियन्त्रण बाहिर गयो । त्यसपछि जिल्ला प्रहरी कार्यालय पुगेको भीड र प्रहरीबीच एक घण्टासम्म भिडन्त भयो । प्रहरी पुनः गोली चलाउन बाध्य भयो ।   मंगलबार दिनभर सुर्खेत तनावग्रस्त भयो । नेता र नागरिक समाज अगाडि बढेनन् । मंगलबारदेखि नै प्रशासनले विरेन्द्रनगरका विभिन्न ठाउँलाई निषेधित क्षेत्र तोकिदियो । प्रशासनको भाषामा ती क्षेत्र दंगाग्रस्त क्षेत्र घोषणा भए । सुर्खेत द्वन्द्वग्रस्त क्षेत्रकै रुपमा अगाडि बढिरहँदा सुर्खेतमा आन्दोलनको नेतृत्व लिने आँट कसैले गरेनन । दलहरुले विज्ञप्ति निकाले आन्दोलनलाई थेग्ने प्रयास गरेनन् । अहिले पनि सर्वसाधारण स्वतस्फूर्त रुपमा अगाडि हिँडिरहेका छन् । राजनीतिक दल र आन्दोलनको नेतृत्व लिने भनेकाहरु बैठक बस्दै पछि पछि लाग्न खोज्छन् ।  आन्दोलन नियन्त्रण बाहिर पुग्छ फेरी उनीहरु अर्कोतिर लाग्छन् ।   खासगरी यो आन्दोलन जनप्रतिनिधीहरुप्रति आक्रोशित थियो । त्यसमा नेपाली काँग्रेसका सहमहामन्त्री तथा सुर्खेत क्षेत्र नं. १ बाट निर्वाचित सभासद् पूर्णबहादुर खड्काप्रति बढी नै आक्रोशित छ । सोमबार पूर्णबहादुरकै घरमा आगजनी प्रयास भएपछि घर बचाउनका लागि सोही स्थानमा १ र बाहिर गरेर प्रहरीले तीन जनाको ज्यान लिएको थियो । तसर्थ, पनि आन्दोलनकारीले प्रहरीले गृहमन्त्रालयको निर्देशनमा नभई पूर्णबहादुरको निर्देशनमा गोली हानेको भनी आक्रोश बढेको हो । यसले गर्दा अहिले पनि निशानामा नेताहरु नै परेका छन् । नेताहरुलाई नै प्रदर्शनकारीले निशान बनाउन थालेपछि दलका नेताहरु पनि पछि हटेको अनुमान गरिएको छ ।   विषेश  गरी लगातार तीन दिन सुर्खेतमा तनाव देखियो । त्यसक्रममा प्रहरीले पनि ज्यादती गरेको र संयमितता नअपनाए र आन्दोलनकारीको नियन्त्रण नहुँदा नै बढी क्षति भएको बताइएको छ । दर्जनौंले गोली खाएर घाईते हुनुपरेको र तीन जनाको ज्यानै लिएको आन्दोलनले कुन रुप लिने हो अझै कसैले ठम्याउन सकेका छैनन् । शव क्षेत्रीय अस्पताल कालागउको शव गृहमा राखिएको छ  आफन्तहरु पिडा र आक्रोस दुवै पोखिरहेका छन् सार्वजनिक रुपमै ।   अब शान्तिपूर्ण हुने आशा बुधबार पनि जिल्ला प्रशान कार्यालयले दिउँसै कर्फ्यू आदेश जारी ग¥यो तर त्यसको पर्वाह नै नगरी आन्दोलनकारीहरुले दिनभर मंगलगढी चोक र बजारको मुख्य सडकमा नाराबाजी गरिरहे । सडकभरी टायर जलाएर बिरोध जनाए । सामान्य झडप पनि भयो । तर साँभपख भने केही दलका नेता र व्यापारीहरुको नेतृत्वमा आन्दोलन अगाडि बढ्यो । राप्रपा, सुर्खेतका अध्यक्ष कविराम पुरी र सुर्खेत उद्योगा वाणिज्य संघका निवर्तमान सचिव उदिंराम डांगीले ¥यालीको नेतृत्व गरे । यस अघी नै क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीको नेतृत्वमा समिति पनि गठन गरिएको थियो । शाहिको नेतृत्व नै असफल जस्तो देखिएपछि बुधवारको आन्दोलनको हिरो उदिराम र कविराम भए । अन्तीममा आन्दोलन शान्तिपूर्ण रुपमै विर्सजन गरियो ।   साँझको ¥याली शान्तिपूर्ण रह्यो । बजार परिक्रमा ग¥यो । कोणसभामा परिणत भयो । तर त्यही ¥यालीसंगसंगै हजारौंको संख्यामा नागरिकहरु जिल्ला प्रहरी कार्यालय पुगेका थिए । यद्यपी, यो ¥याली पनि शान्तिपूर्ण रह्यो । प्रहरी कार्यालयको अगाडि नै पुगेपनि आन्दोलनको नेतृत्वकर्ताले आन्दोलन भड्किन दिएनन । जहाँ प्रहरीले पनि दमन गरेन । यो ¥यालीको नेतृत्व मप विश्वविद्यालयका उप–प्रध्यापक प्रचण्ड पोख्रेलले गरेका थिए । बरु पोख्रेल र अन्य युवाहरु प्रहरी कार्यालय नजिकै पुगेर डिएसपी राजिव बस्नेतसँग आन्दोलनको स्वरुप बारे जानकारी गराए । उनीहरुले आन्दोलनलाई दमन नगर्न आग्रह गरे । मंगलबार साँझको अवस्थालाई हेर्दा अब आन्दोलन शान्तिपूर्ण र निष्कर्षमुखी हुने आशा बढेको छ । नेतृत्वविहिन र उद्देश्यबाट पनि विमुख हुन थालेको आन्दोलनले नेतृत्व पाएकोले धेरैले अब शान्तिपूर्ण हुने विश्वास लिएका छन् । शान्तिपूर्ण आन्दोलन भए थप हजाराैं नागरिकहरु सडकमा उत्रिने पनि विश्लेषण गरिएको छ । तर आज बिहिबारदेखि आन्दोलनले कुन रुप लिने यसको नेतृत्व कसले लिने राजनीतिक दलको भुमिका के हुने भन्ने चाहीं अनुमान लगाउन मुश्किल छ ।   मृतकलाई सहिद घोषणा गर्न माग मंगलबार यहाँका नागरिक समाज र राजनीतिक दलहरुले मृतकलाई सहिद घोषणा गर्न माग गरेका छन् । उनीहरुका आफन्तलाई क्षतिपूर्ती दिएर मृतकलाई सहिद घोषण गर्न जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई आग्रह गरिएको छ । आन्दोलनकै क्रममा सोमबार मृत्यु भएका तीनै जनालाई सहिद घोषणा गर्नुपर्ने उनीहरुको माग छ । पीडित परिवारले पनि क्षतिपूर्ती र सहिद घोषणाको माग गरका छन् । यस्तै पीडितहरुले आन्दोलनका क्रममा पूर्णबहादुर खड्काकै आदेशमा गोली हानिएको भन्दै खड्कालाई कार्वाही गर्न माग पनि गरेका छन् । बिना कारण जनता मार्ने अधिकार कसैलाई नभएको भन्दै पीडितहरुले कार्वाही गर्न सरकारसँग माग गरेका छन् । अहिले आन्दोलन मध्यपश्चिमलाई अखण्ड राख्नुपर्छ भन्ने भन्दा पनि पूर्णबहादुर खड्कालाई कार्वाही गर्नुपर्छ भन्नेतर्फ केन्द्रित हुन थालेको छ ।   ५० बढी आन्दोलनकारी गिरफ्तारमा परेको दाबी आन्दोलनका क्रममा प्रहरीले ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेको आन्दोलनकर्मीले दाबी गरेका छन् । मंगलबार उनीहरुले आफ्ना आन्दोलनमा सहभागीहरुलाई गिरफ्तार गरिएको भन्दै गिरफ्तार गरिएकालाई सार्वजनिक गर्न पनि माग गरेका छन् । प्रहरीले गिरफ्तार गरिएकालाई सार्वजनिक गर्न नमानेको भन्दै उनीहरुले उनीहरुलाई सार्वजनिक गरे मात्रै आन्दोलन शान्तिपूर्ण हुने चेतावनी पनि दिएका छन् । आन्दोलनमा सहभागी भएकाहरुलाई प्रक्राउ गरिएको बारेमा प्रहरीले भने जानकारी दिएको छैन । स्रोतका अनुसार आन्दोलनकै क्रममा प्रहरीले ६० जनालाई पक्राउ गरेको र विप्लव माओवादीका कार्यकर्ता भएको भन्दै सार्वजनिक गर्न मानेको छैन ।   राष्ट्रिय मानवअधिकार आयोगको टोली सुर्खेतमा यसैबिच राष्ट्रिय मानवअधिकार आयोगको टोली सुर्खेत पुगेको छ । सुर्खेतमा आन्दोलनले हिसांत्मक रुप लिन थालेपछि  राष्ट्रिय मानवअधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीको नेतृत्वमा टोली सुर्खेत आएको हो । बुधबार नै टोलीले यहाँका राजनीतिक दल, स्थानीय प्रशासन नागरिक अगुवा संचारकर्मीहरुसँग यहाँको आन्दोलनका बारेमा बुझिरहेको छ । टोलीमा आयोग क्षेत्रीय कार्यालय नेपालगन्जका निर्देशक मुरारी खरेललगायतको टोली यहाँ आएको हो । यता आन्दोलनको चौथो दिन साँझ मात्रै केही मानव अधिकारवादी संघसंस्थाहरुले संयुक्तरुपमा विज्ञप्ति निकालेका छन् ।   मंगलबार उनीहरुले विज्ञप्ति निकालेर आन्दोलनमा घाइतेहरुको उपचार खर्च व्यहोर्नुपर्ने र मानवअधिकारको प्रत्याभूति गर्न माग गरेका छन् । आन्दोलनकर्मीहरुलाई पनि संयमित हुन आग्रह गर्दै विज्ञप्तिमा प्रहरी प्रशासनलाई पनि आन्दोलन दवाउन भन्दा पनि आन्दोलनकारीलाई तितरवितर पार्ने अन्य उपाय अपनाई शान्तिपूर्ण वातावरणको सिर्जना गर्न अनुरोध गरेका छन् । विज्ञप्ति गैरसरकारी संस्था महासंघ, मानव अधिकार तथा शान्ति समाज, सुर्खेत, मानवअधिकार एलाइन्स सुर्खेत, खाद्य अधिकार संजाल सुर्खेत, महिला मानव अधिकार रक्षक संजाल, बालक्लबहरु सँग काम गर्ने संस्थाहरुको समूह (क्यान्सोटियम), सुर्खेत, शिक्षाका लागि राष्ट्रिय अभियान, जिल्ला संजाल सुर्खेत र लैगिक गठबन्धन समूह सुर्खेतले संयुक्त रुपमा निकालेका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy