Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

चीनको तिआन्जिन बन्दरगाह शहरमा ठूलो विष्फोट, ४४ काे मृत्यु

\"China-1\"चीन/एजेन्सी । चीनको उत्तरी तिआन्जिन बन्दरगाह शहरको एउटा गोदाममा भएको ठूलो विष्फोटमा कम्तीमा ४४ जनाको ज्यान गएको छ भने चार सय जनाभन्दा बढी घाइते भएका छन्  ।
चीनकाे सरकारी सञ्चारमाध्यमले जनाए अनुसार बन्दरगाह क्षेत्रमा खतरनाक र रासायनिक सामानहरुले भरिएकाे थियाे जसमा विष्फोट भएको थियो ।
\"China-3\"
सामाजिक सञ्जालमा राखिएको फोटो र भिडिओमा आगो बलिरहेको देखिन्छ । विष्फोटका कारण वरपरका भवनहरु ध्वस्त भएका छन् । समाचारहरुमा जनाइएअनुसार अस्पतालहरु हताहत हुने मानिसले भरिएका छन् ।
बीबीसी चिनियाँ सेवाका सम्पादक रेमण्ड ली भन्छन्- ‘घटना हेर्दा यो एउटा औद्योगिक दुर्घटना जस्तो लाग्छ ।’
\"China_2\"
चिनियाँ सरकारी टेलिभिजन सीसीटिभीका अनुसार विष्फोटक पदार्थले भरिएको एउटा मालबाहक साधनमा विष्फोट भएको थियो यद्यपि त्यसको पुष्टि हुन बाँकी छ ।
पहिलो विष्फोट राति साढे ११ बजे भएको थियो र त्यसको केही समयपछि दोस्रो विष्फोट भएको थियो । विष्फोटको कम्पन धेरै किलोमिटर टाढासम्म महसुश गरिएको स्थानियहरुले बताएका छन् ।
\"China_4\"सीसीटिभीका अनुसार घाइते भएका चार सयभन्दा बढी मानिसहरुमध्ये ११ जनाको अवस्था गम्भीर रहेको तिआन्जिन नगर सरकारले जनाएको छ ।
सीसीटिभीका अनुसार विष्फोट भएको कयौं घण्टापछि घरहरु जलिरहेका छन् र आगो नियन्त्रणमा लिने प्रयासमा रहेका सय वटा दमकलहरु देखिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy