काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठाएका छन्। इलाम-१ बाट पराजित भएका खनालले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएका हुन्।
नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएका खनालले आफ्नो हार अस्वीकार गर्दै आएका छन्। सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो पराजयमा केही तत्वहरू सुरु देखि नै लागिरहेको आरोप लगाएका छन्।
उनले इलामका दुवै क्षेत्रमा निर्वाचन आयोगले मतगणना गरेर नतिजा घोषणा गरे पनि त्यसमा गम्भीर विवाद रहेको बताएका छन्।
‘मतदानको प्रक्रिया सुरु देखि नै स्वस्थ नरहेको, विभिन्न प्रकारका अनियमितता भएको, एउटा मतपेटिकामा मत हाल्नु पर्नेमा अर्कै मतपेटिकामा मत हालेको, कैयौं मतपेटिकामा खसेको मत गणना गर्दा सयौं मतपत्र नभेटिएको, सयौं मतपत्रहरु गायब भएको, कतिपय मत पेटिकामा खसेको मतभन्दा सयौं मत बढी भेटिएको जस्ता तथ्यहरूले मतदानको प्रक्रियामा योजनाबद्ध रुपमा अनियमितता भएको कुरा छर्लङ्ग पारेको छ। ती मतपत्रहरू कसरी गायब भए? ती मतपत्रहरू कतिपय बाकसमा कसरी बढी हुन पुगे? यी प्रश्नहरूको निर्वाचन आयोगले अहिलेसम्म तर्कसङ्गत जवाफ दिन सकेको छैन। त्यसैले मैले निर्वाचन अधिकृतले गराएको गणनाको नतिजालाई स्वीकार गर्न सकेको छैन। यस समस्याको समाधानका निम्ति कानुनी समाधान खोजिने नै छ,’ खनालले भनेका छन्।
उनले निर्वाचनका क्रममा देखापरेका कमीकमजोरीहरू, त्रुटी र गल्तीहरूलाई उपयुक्त प्रक्रियाबाट सच्याइने उल्लेख गर्दै संविधान बमोजिम लोकतान्त्रिक मूल्यमान्यता, विधि र प्रक्रिया स्थापित गरिने बताएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १३ गते, २०७९ - ०९:४४
काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै आलोचना ...
माघ १३ गते, २०७९ - ०९:२८
काठमाडौं । भारतीय टेलिशृंखला अभिनेत्री उर्फी जावेद समस्यामा परेकी छन्। उनी मुम्बईमा बस्न घर नपाएपछि समस्यामा परेकी हुन्। उर्फीले ट्वीटरमार्फत आफूले...
माघ १३ गते, २०७९ - ०९:२०
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले राष्ट्रपति निर्वाचनमा पनि नेपाली कांग्रेस पराजित हुने ठोकुवा गरेका छ...
माघ १३ गते, २०७९ - ०९:०८
दाङ । दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा निजी विमानले पनि सेवा दिने भएका छन् । त्यसका लागि निजी विमान कम्पनी सेवा सीता एयरले आज (शुक्रबार) परी...
माघ १३ गते, २०७९ - ०८:४६
काठमाडौं । बेइजिङलाई सम्भावित भर्ती लक्ष्यबारे जानकारी उपलब्ध गराएको आरोपमा एक चिनियाँ इन्जिनियरलाई बुधबार अमेरिकी जेलमा आठ वर्षको जेल सजाय सुनाइएको छ...
माघ १३ गते, २०७९ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन्। बिहिबार देशको आगामी राष्ट्रपति राष...
माघ १३ गते, २०७९ - ०८:१६
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ । हिजोदेखि सुरु भएको स्थायी समिति बैठक आज सम्पन्न हुने सचिव देव...
माघ १३ गते, २०७९ - ०७:५९
धनकुटा । सीप भए विदेश वा कतै भौँतारिनु पर्दैन, जहाँ बसेर पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन् मोरङको शनिश्चरेबाट धनकुटा बसाइँसराइ गरी आएका ...
माघ १३ गते, २०७९ - ०७:३९
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको प्रभाव रहेको छ। हाल देशको पहाडी भेगमा आ...
माघ १३ गते, २०७९ - ०७:३४
काठमाडौं । गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा शुक्रबार पनि सुनुवाइ हुँदैछ। यसअघि यो मुद्दा बुधबार ‘हेर्दाहेर्दै’मा राखिएको थियो। क...
प्रतिकृया लेख्नुहोस्: