काठमाडौं । राष्ट्रिय भूमि आयोग काठमाडौँले काठमाडौँ महानगरपालिका एकलौटी रूपमा अघि बढेको पाइएको बताएको छ । सुकुम्वासीहरूको उचित व्यवस्थापन बिना नै काठमाडौँ महानगरपालिका डोजर लिएर बस्ती भत्काउन पुगेको आयोगले आरोप लगाएको छ ।
राष्ट्रिय भूमि आयोग काठमाडौँका अध्यक्ष श्यामकृष्ण प्रजापतिले महानगर सुकुम्वासीको उचित व्यवस्थापन नै नगरी यस किसिमले अघि बढ्छ भन्ने कल्पना नगरेको बताए ।उनले भने, ‘महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँ । हामीले महानगरसँग नै बैठक बस्ने भन्ने सोचेका थियौँ । महानगर एकतर्फी ढङ्गले अघि बढेको भन्ने जानकारी पायौँ । लागत सङ्कलन गर्ने, वास्तविक पहिचान गर्ने र उनीहरूलाई कहाँ व्यवस्थापन गर्ने भन्नेबारेमा सोचेर मात्रै अघि बढेको भए राम्रो हुन्थ्यो । एक जना पनि सुकुम्वासी भूमिहीन हुन नपरोस् भन्ने हो । वार्ता बाहेकको अर्को कुनै विकल्प नै छैन ।’
अध्यक्ष प्रजापतिले सुकुम्वासीको लागि इचङ्गुनारायणमा बनाइएको अपार्टमेन्टमा बस्नै नदिने कुरा त्यहाँका वडाध्यक्षले गरेकाले महानगरले त्यसबारेमा स्पष्ट धारणा राख्नुपर्ने बताए ।
उनले यसअघि पनि सो अपार्टमेन्टमा पुगेका सुकुम्वासीहरूलाई अस्वीकार गरिसकेको र अब पनि बस्न नदिने कुरा बारम्बार स्थानीय वडाध्यक्षले भनिरहेको भन्दै महानगरले समस्या समाधानको पहल गर्न जरुरी रहेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ १८ गते, २०७९ - २०:२३
क्यानको आसन्न चुनावको नेतृत्वको टकराव सिर्जना, कसले हातमा लिने भन्ने दाउले नेपाली क्रिकेटको भविष्य नै धरापमा
माघ १८ गते, २०७९ - २०:०३
काठमाडौ । भारतको उत्तरपूर्वी क्षेत्र र नेपाल बीचको कनेक्टीभीटी परियोजनाको अध्ययनको सिलसिलामा नेपाल भ्रमणमा आएको भारतको उत्तरपूर्वी विकास वित्त निगम लि...
माघ १८ गते, २०७९ - १९:४९
काठमाडौ ।अङ्ग्रेजी वर्ष सन् २०२३ को जनवरी महिनामा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार ...
माघ १८ गते, २०७९ - १९:३९
काठमाडौ । उच्च अदालत पाटनले हात्तिसार क्षेत्रमा पर्ने टुकुचा उत्खनन गर्न डोजर चलाउने काठमाडौं महानगरको अभियान रोक्न अन्तरिम आदेश दिएको छ। बुधबार न्याय...
माघ १८ गते, २०७९ - १९:३३
काठमाडौ । विधायन व्यवस्थापन समितिले नेपाल विश्वविद्यालय पूर्वाधार विकास तयारी समितिलाई प्रगति विवरण पेश गर्न निर्देशन दिएको छ । समितिको आज बसेको बैठकम...
माघ १८ गते, २०७९ - १९:२४
परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गरेकि छन् । उनीसँग आज मन्त्रालयमा नेपालका लागि अष्ट्रेलिया, स्वी...
माघ १८ गते, २०७९ - १९:००
काठमाडौ ।सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख प्रतिपक्ष दलको नेताको सुविधा दिन नमिल्ने उल्लेख गर्दैै पेस गरिएको रिट निव...
माघ १८ गते, २०७९ - १८:३९
काठमाडौ । राष्ट्रिय सूचना आयोगले सूचना दिन इन्कार गर्ने चार सार्वजनिक निकायका कार्यालय प्रमुखलाई कारबाही गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्...
माघ १८ गते, २०७९ - १८:२३
काठमाडौ । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले फागुन १ गतेदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गर्ने भएको छ । लिङ्ग पुराणको नेपाली अनुवादसहि...
माघ १८ गते, २०७९ - १७:५१
काठमाडौ । सांसदले डेढ वर्षअघिको मेलम्ची बाढीले क्षति पु¥याएको मोटरेबल पुलको टेण्डर प्रक्रिया रोकिएकामा आपत्ति जनाएका छन् । उहाँहरूले उक्त पुल नबन्दा र...
प्रतिकृया लेख्नुहोस्: