Khabar Dabali ८ असार २०८३ सोमबार | 22nd June, 2026 Mon
Investment bank

२०४८ सालदेखि निरन्तर सांसद पाएको अर्घाखाँचीको गाउँ

खबरडबली संवाददाता

अर्घाखाँची । अर्घाखाँचीको अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा चिनिन्छ । जहाँबाट २०४८ सालयता लगातार सांसद पाउँदै आएको छ । पछिल्लो ३१ वर्षमा  सन्धिखर्क नगरपालिका ९ मा पर्ने अर्घामा जन्मिएका र स्थायी घर भएकाले मात्रै निर्वाचन जित्दै समेत आएको छन ।

अर्घामा यसपटकको निर्वाचनमा समेत दुईजना निर्वाचित भएको छन् । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका टोपबहादुर रायमाझी र प्रदेशसभा– १ मा विजयी हुनुभएका चेतनारायण आचार्य दुवै अर्घा गाउँका बासिन्दा न्छन् । अहिलेको निर्वाचनमा समेत यस गाउँबाट चार जनाले उम्मेदवारी दर्ता गराएका थिए ।   

निर्वाचित टोपबहादुर रायमाझी, उपविजेता नेपाली कांग्रेसका नेता एवम् पूर्व उपसभामुख पुष्पा भुसाल मात्र होइन प्रदेशसभा १ मा विजयी बन्नु भएका एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र स्वतन्त्रबाट मनोनयन गरेका वसन्त केसी चार जना यसै गाउँका हुनुहुन्छ । जिल्लामा २०४८ देखि ७९ सम्म भएका निर्वाचनमा अर्घाबाटै सांसद चुनिनु भएका छन् ।

अर्घाकै रेवतीप्रसाद भुसाल कांग्रेसबाट २०४८ र २०५१ मा सांसदमा निर्वाचित भएर पर्यटन राज्यमन्त्री बन्नु भएको थियो । २०५६ सालमा राष्ट्रिय जनमोर्चाबाट डिलाराम आचार्य निर्वाचित भएको थिए । उहाँ अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिव न्छन् । 

पञ्चायतकालमा रेवतीप्रसादका पिता नारायणप्रसाद भुसाल २०१९ देखि २०२८ सालसम्म लगातार चार पटक चुनाव जितेर जिल्ला पञ्चायत सदस्य हुनुभएको थियो । सांसद मात्र होइन सन्धिखर्क नगरपालिकाको संस्थापक नगर उपप्रमुख ठाकुरकुमार विक र वर्तमान उपप्रमुख मिश्रा आचार्य दुवै साविक अर्घा गाविसका न्छुन् । 

चौबीसे राज्य अन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको छ । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ । 

चौबीसे राज्यको समयमा अर्घा र खाँचीका राजाले लडाइ झगडा नगर्ने, आगामी दिनमा मिलेर अगाडि बढ्ने भनी तत्कालीन अवस्थाको खर्कमा सन्धि गरेकाले उक्त स्थानको नाम सन्धिखर्क (हालको सदरमुकाम)रहन गएको इतिहासकारले बताउँछन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस र एमालेलाई आन्तरिक समस्या समाधान गर्न रवि लामिछानेको आग्रह

काठमाडौं । रास्वपाका रवि लामिछानेले नेपाली कांग्रेस र नेकपा एमालेभित्र देखिएका आन्तरिक समस्या समाधान गर्न आग्रह गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्...

सरकारबारे रवी: झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो

चितवन । रास्वपाका सभापति रवि लामिछानेले सरकार सञ्चालनको जिम्मेवारी बालेन्द्र शाह मा रहेको बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम...

प्रधानमन्त्री शाहको घोषणा: सुकुमवासी र सहकारी समस्या यही कार्यकालमा समाधान गर्ने

चितवन । बालेन्द्र शाह ले आफ्नो कार्यकालमै सुकुमवासी समस्या र सहकारी संकट समाधान गर्ने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महा...

अख्तियारलाई ५ घण्टा होइन, आवश्यक परेमा ५ वर्ष नै अख्तियारलाई राखेर सरसल्लाह गरिनेछ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी रकमको दुरुपयोग र विगतका अनियमिततामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्। राष्ट्...

सिमाबारे प्रधानमन्त्री शाहको स्पष्टीकरण: हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं

राष्ट्रियताप्रति कसैलाई पनि शंका नगर्न आग्रह

कांग्रेसले जस्तो नेतालाई 'भगवान्' र 'बा' बनाउने गल्ती रास्वपाले नगरोस्: सभापति थापा

चितवन। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई 'भगवान्' वा 'बा'बनाउने प्रवृत्तिका कार...

स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थापना भएको चार वर्षमै प्राप्त गरेको जनसमर्थन लोभलाग्दो र...

वैकल्पिक राजनीतिको उपलब्धि रास्वपा हो : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूले वर्षौंदेखि पैरवी गर्दै आएको वैकल्पिक राजनीतिको उपलब्धिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्व...

रास्वपा कहाँ उभिन्छ भन्ने चासो छ : प्रदीप ज्ञवाली

चितवन । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रिय राजनीतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कहाँ उभिन्छ भन्ने विषयमा सबैको चासो रहेको बताएका ...

इतिहासले दिएको अवसर चुकाए रास्वपा र नेतृत्वलाई मात्र नभई देशलाई धोका हुनेछ: अध्यक्ष लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विद्यमान समस्याहरूको समाधान र विकासका लागि राजनीतिक दलहरूबिच रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending