काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसको तर्फबाट युवा पुस्ताले अब पार्टी र देशको नेतृत्व गर्ने समय आइसकेको बताएका छन् ।
मंगलबार संसदीय नेताको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँगको भेटपछि आफ्नै निवासमा महामन्त्री थापाले नेपाली कांग्रेसको युवा पुस्ताले देश हाँक्नुपर्छ भन्ने कुरा पार्टीको लागि पनि आवश्यक रहेको बताए ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा महामन्त्री थापाले भने, ‘प्रधानमन्त्रीको दाबी गर्ने कुरालाई स्वाभाविक रूपमा लिनुपर्छ । हाम्रो संसदीय व्यवस्थाभित्र अभ्यास गरिरहेको पार्टी हो नेपाली कांग्रेस । त्यसैले संसदीय दलभित्र नेता हुने चाहना फरक फरक नेताहरूले राख्ने, बीचमा छलफल हुने, बहस हुने कुरालाई एकदमै स्वाभाविक रूपमा लिनुपर्छ । मैले यसलाई स्वाभाविक रूपमा लिएको छु । एउटा बिन्दुमा मैले रामचन्द्र पौडेललाई मत हाले संसदीय दलको नेता बनाएको हो । अर्को एउटा बिन्दुमा प्रकाशमान सिंहलाई खुला घोषणा गरेर संसदीय दलको नेतामा भोट हालेको हो । यो समय अब हाम्रो समय हो । तपाईंको आशीर्वाद साथ चाहिन्छ भन्दै गर्दा ती पुराना कुराहरूलाई पनि पक्कै स्मरण गर्नुहुनेछ । त्यो बेलामा उहाँहरूको नै आवश्यकता थियो । उहाँहरूको पक्षमा उभिएको हो । आज समयले यो बेलामा नेपाली कांग्रेसको तर्फबाट यो पुस्ताको प्रतिनिधिले देश हाँक्छु भनेर अघि बढ्नुपर्छ । यो पार्टीको लागि पनि आवश्यक छ । पार्टी भन्दा पनि माथि राखेर हामीले हेर्ने हो भने लार्ज डेमोक्रेसीको कुरा गर्दा डेमोक्रेसीको सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको चुनाव र नागरिकको भरोसा हो । व्यवस्थाप्रति नागरिकहरूको भरोसा हुनुपर्छ । भरोसा जोगाउन पनि यो आवश्यक छ । यो कुरा उहाँहरूलाई बुझाउन सकिन्छ ।’
महामन्त्री थापाले संसदीय दलको नेतामा चयन गर्न अधिकांश नेताहरूको साथ आफूलाई रहेको पनि बताए । उनले अधिकांश कांग्रेस सांसदहरूसँग टेलिफोनबाट वार्ता भएको र केही नेताहरूलाई भने भेटेरै कुरा गरिसकेको भन्दै उनले सबै नेताहरूले सहयोगको वाचा गरेको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १७ गते, २०८३ - १५:५४
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सानो आकारको तथा महत्त्वाकांक्षी नभएको बताएका छन्। बजेटपछि आयोजित पत्र...
जेष्ठ १७ गते, २०८३ - १५:३७
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई नि:शुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएको छन्। प्रतिनिधिसभाको आजको बै...
जेष्ठ १७ गते, २०८३ - १५:०९
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले विदेशमा रहेका नेपालीको मताधिकार प्रयोगबारे आगामी निर्वाचनमा के गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गरिने बताएको छन्...
जेष्ठ १७ गते, २०८३ - १४:५९
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टता माग गरेको छ। कांग्रेसले न...
जेष्ठ १७ गते, २०८३ - १४:५२
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले ‘भिजिट भिसा’को दुरुपयोग रोक्न कडा निर्देशन दिइएको जानकारी गराएको छन् । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय...
जेष्ठ १७ गते, २०८३ - १४:४५
काठमाडौं । नेकपा एमालेले सभामुख डोलप्रसाद अर्यालले संसदमा व्यक्त गरेको केही अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग गरेको छ। प्रतिनिधिसभामा आइतबार भए...
जेष्ठ १७ गते, २०८३ - १४:४०
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरुको मागअनुसार आइतबारको बैठकमा उपस्थित भई सांसदहरुको सवालको जवाफ दिएको हो । लिम्पियाधुरा लगायतको भूभागबा...
जेष्ठ १७ गते, २०८३ - १४:३४
काठमाडौं । प्रतिनिधिसभामा नेकपा (एमाले) का सांसद ऐनबहादुर महर तथा श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राई र आरेन राईलाई मर्यादा कायम नगरेको भन्दै सभ...
जेष्ठ १७ गते, २०८३ - १४:३१
काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ आक्रोशित बनेपछि उनकै पार्टीका सांसदहरूले बैठक कक्ष बाहि...
जेष्ठ १७ गते, २०८३ - १४:२५
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले पहिलो वर्ष सुशासनको वर्षको रुपमा काम गर्ने बताएको छन् । बेतिथी हटाउने, भ्रष्टाचार निर्मूल गर्ने काममा ...



प्रतिकृया लेख्नुहोस्: