Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवाग्राही मर्कामा

\"ilam_district\"इलाम । दरबन्दीअनुसार कर्मचारी नहुँदा इलाका र सीमा प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राही मर्कामा परेका छन् ।   मङ्गलबारेस्थित इलाका प्रशासन कार्यालयमा शाखा अधिकृत नभएकाले नागरिकतामा हस्ताक्षर गर्न पनि सदरमुकाम ल्याउने गरिएको छ । दैनिक रुपमा वितरण गरिनुपर्ने नागरिकता हप्तामा एकपटक मात्र सेवाग्राहीले पाउने गरेका छन् ।   एक अधिकृतसहित तीन नायब सुब्बा र दुई सहयोगी हुनुपर्नेमा एक सुब्बा र एक सहयोगीको भरमा एक वर्षदेखि कार्यालय सञ्चालन हुँदै आएको छ ।   नागरिकता वितरण, बजार अनुगमन, स्थानीयवासीका गुनासा सुन्ने, पासपोर्टका लागि नागरिकताको विवरण रुजुलगायत काम यो कार्यालयको जिम्मेवारीमा छन् । तर न्यूनतम कार्यालयका प्राविधिक कामबाहेक अरू काम हुन सकेका छैनन् ।   इलाकाका लागि खटिएका एक सुब्बालाई पनि जिल्ला प्रशासन कार्यालयमा काजमा बोलाइएको छ । भारतीय सीमा क्षेत्रको अनुगमनसहित नागरिकता वितरण लगायतको जिम्मेवारी पाएको पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालय पनि कर्मचारी अभावले समस्यामा छन् ।   एक अधिकृत र सहयोगी भएको सो कार्यालयमा सहयोगीले नै सुब्बाको काम गर्ने गरेका छन् । एक सुब्बा र लेखापाल काजमा अन्यत्र गएपछि दुईजनाको भरमा कार्यालय चलेको हो ।   यहाँबाट श्रीअन्तु, समालबुङ, पशुपतिनगर, जोगमाई, गोर्खे र जिर्मले गाविसका बासिन्दालाई नागरिकता वितरण, सीमा अनुगमन लगायत अन्य दैनिक कार्य गर्नुपर्छ । तर अहिले कार्यालय सहयोगीको सहयोगमा नागरिकता वितरण मात्रै भइरहेको कार्यालय प्रमुख यज्ञराज निरौलाले बताए ।   उनले भने– ‘दैनिक कार्य सम्पादन गर्न नै भ्याइनभ्याई हुन्छ, सीमाको अनुगमन गर्ने जिम्मेवारीसमेत भए पनि प्रभावकारी हुन सकेको छैन ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending