वालिङ । उन्नत तथा ‘हाइब्रिड’ जातको बीउको बढ्दो प्रयोगका कारण रैथाने बाली लोपहुँदै गएका छन् । थोरै जमिनमा धेरै उत्पादन लिन आधुनिक, उन्नत तथा ‘हाइब्रिड’ जातको बालीतर्फ किसान आकर्षित हुँदा रैथाने ९स्थानीय० बाली लोप हुन थालेका हुन् ।
ढिलै भए पनि रैथाने बालीको बीउ संरक्षणमा जोड दिने गरी वालिङस्थित वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले अभियान अगाडि बढाएको छ । वालिङ तथा आसपासका क्षेत्र स्याङ्जा, पर्वत र पाल्पाका विभिन्न भागमा पुगेर स्थानीय जातका खाद्यान्न तथा तरकारी बालीका बीउ सङ्कलन गर्दै आइएको उक्त संस्थाका अध्यक्ष यामबहादुर गुरुङले बताए ।
वालिङ नगरपालिका, दियालो संस्था र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी०को सहयोगमा उक्त संस्थाले सो अभियान चलाएको हो । “हामी आधुनिकतातर्फ लम्कदै ‘हाइब्रिड’ जातका बीउ लगाउँदै गर्दा हाम्रा पुराना बालीका बीउ लोप हुँदै गएका छन्”, उहाँले भन्नुभयो, “रैथाने बालीको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा बेलैमा ध्यान दिइएन भने भोलिका दिन बीउमा पनि परनिर्भर हुनुपर्ने अवस्था आउन सक्छ ।”
स्याङ्जा जिल्लाका अधिकांश भागसहित पाल्पा, पर्वत र गुल्मीका केही भागमा पुगेर रैथाने जातका बालीका बीउ सङ्कलन अभियानलाई जारी राखेको उहाँले बताउनुभयो ।
“रैथाने बालीको संरक्षण अभियानअन्तर्गत विभिन्न ठाउँमा पुगेर खाद्यान्न तथा तरकारी बालीका हालसम्म ५८ प्रजातिका बीउ सङ्कलन गरेका छौँ । अझै निरन्तररुपमा खोजी जारी राख्छौँ”, अध्यक्ष गुरुङले भने, “सङ्कलित बीउलाई कृषि विज्ञको सहयोगमा प्रयोगशालामा परीक्षण गरी कृषकलाई फिर्ता गर्ने र उत्पादन भएको बीउ फेरि संस्थाले खरिद गरी बीउ बैंककारुपमा अगाडि बढाउने लक्ष्य छ ।”
अन्य बीउ तथा प्राङ्गारिक मलसहित लोप हुँदै गएका बाली संरक्षणलाई प्राथमिकतामा राखेर बीउको संरक्षण गर्दै अगाडि बढ्ने लक्ष्य रहेको युनडिपीका गण्डकी, लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले बताए ।
उनले भने, “स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नाका साथै उत्पादित बस्तुको बजारीकरण र सर्वसुलभ उपलब्ध गराउन जोड दिइने छ ।” संस्थासँगको सहकार्यमा गड्यौला मल उत्पादन तथा बजारीकरण पनि गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...
जेष्ठ १६ गते, २०८३ - १५:०२
लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...
जेष्ठ १६ गते, २०८३ - १४:५१
काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...
जेष्ठ १६ गते, २०८३ - १३:२९
काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...
जेष्ठ १६ गते, २०८३ - १३:२२
काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...
जेष्ठ १६ गते, २०८३ - १३:१४
मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...
जेष्ठ १६ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...
जेष्ठ १६ गते, २०८३ - ११:४१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...
जेष्ठ १६ गते, २०८३ - १०:५८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...
जेष्ठ १६ गते, २०८३ - १०:४५
सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...



प्रतिकृया लेख्नुहोस्: