Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

सप्तरीमा १३८ जना उम्मेदवारको जमानत जोगिएन

खबरडबली संवाददाता

सप्तरी ।  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सप्तरीबाट उम्मेदवार भएका एक सय ३८ उम्मेदवारले जमानत जोगाउन सकेका छैनन । विभिन्न पार्टी तथा स्वतन्त्र गरी एक सय ७६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेकोमा प्रतिनिधिसभा सदस्यतर्फ ५८ जना र प्रदेशसभातर्फ ८० जना गरी कूल एक सय ३८ उम्मेदवारको जमानत जोगाउन नसकेको निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

जिल्लाका चार वटा प्रतिनिधिसभा तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्र मध्ये प्रतिनिधिसभामा ७० जना र प्रदेश सभामा एक सय ६ जना उम्मेदवार रहेका थिए ।  चार वटा प्रतिनिधिसभाका लागि भएको मतदानमा सत्ता गठबन्धनको नेपाली कांग्रेस र लोसपा, नेकपा एमाले र जसपा तथा जनमत पार्टीका उम्मेदवार बाहेक सबैको जमानत जोगाउन नसकेको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयो । जिल्लाका सबै क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा भएको थियो । 

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा २० जना उम्मेदवार रहेकोमा जसपाका नवलकिशोर साह २३ हजार पाँच सय ६४ मत ल्याएर विजयी हुनुभएको छ । यस क्षेत्रमा जनमत पार्टीका जयकान्त राउतले १९ हजार नौ सय ९२ र नेपाली कांग्रेसका रामदेव साहले १४ हजार तीन सय १२ मत प्राप्त गर्नुभएको छ । अन्य सबै उम्मेदवारको जमानत नै फिर्ताहुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ । सो क्षेत्रमा ७४ हजार पाँच सय ६ मत खसेकोमा चार हजार तीन सय २१ मत बदर भएको थियो । 

क्षेत्र नं २ मा १६ जना उम्मेदवार रहेका जनमत पार्टीका अध्यक्ष सिके राउतले ३५ हजार ४७ मतले विजयी हुनुभयो । यस क्षेत्रमा जसपा अध्यक्ष उपेन्द्र यादवले १६ हजार नौ सय ७९ मत र लोसपाका जयप्रकाश ठाकुरले सात हजार तीन सय ४७ मत प्राप्त गर्नुभयो । यस क्षेत्रमा तीन जना बाहेक अन्य १३ जनाको जमानत फिर्ता हुन नसकेको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र २ मा ६४ हजार दुई सय १९ मत खसेकोमा ६० हजार नौ सय २१ मत सदर भएको कार्यालयले जनाएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं ३ मा १८ जना उम्मेदवार रहेकोमा नेपाली कांग्रेसका दिनेशकुमार यादव २६ हजार एक सय ६६ मतले विजयी हुँदा एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय र जनमत पार्टीका अनिस अन्सारीले १५ हजार एक सय १४ मत पाएको छन् । त्यसबाहेक सो क्षेत्रमा १५ जना उम्मेदवारको जमानत जोगिएन । यो क्षेत्र मा ७१ हजार एक सय २२ मत खसेकोमा ६६ हजार आठ सय २० मत सदर भएको निर्वाचन अधिकृत मदनप्रसाद पराजुलीले जानकारी दिए ।  

क्षेत्र नम्बर ४ मा पनि नेपाली कांग्रेसका तेजुलाल चौधरी २३ हजार चार सय ९१ मतले विजयी हुँदा जसपाका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत र जनमत पार्टीका सुकदेवप्रसाद साहले १२ हजार नौ सय २५ मत प्राप्त गरे ।  

यस क्षेत्रमा १६ जना १३ जनाको जमानत जोगिएन । यो क्षेत्रमा ६९ हजार ९३ मत खसेकोमा पाँच हजार एक सय एक मत बदर हुँदा ६३ हजार नौ सय ९२ मत मात्र सदर भएको थियो । 

यसैगरी प्रदेश सभातर्फ आठवटा निर्वाचन क्षेत्रका एक सय ६ जना उम्मेदवारमध्ये २६ जनाको मात्र जमानत जोगिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । 

कूल खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका उम्मेदवारको जमानत जफत भएको हो । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यका लागि भएको निर्वाचनमा विजयी भएका उम्मेदवारसहित ३८ जना उम्मेदवारले मात्रै जमानत जोगाउन सफल भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । प्रतिनिधिसभा सदस्यतर्फ १० हजार र प्रदेशसभा सदस्यतर्फ पाँच हजार उम्मेदवारी दर्ता शुल्क तोकिएको थियो । महिला, दलित, अल्पसङ्ख्यकको हकमा भने दर्ता शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था रहेको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन गेम्स छनोट: नेपाल मलेसियासँग स्तब्ध

काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ ।  मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...

दस महिनामा एक तिहाइ बजेट खर्च

लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...

अर्थ मन्त्रालयको वेबसाइटबाट आर्थिक विधेयक हटाइएपछि अन्योल, सचिव भन्छन्– जानकारी छैन

काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...

५० युनिटभन्दा बढी विद्युत खपतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कलमान घिसिङको माग

काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...

संयोजक प्रचण्ड अस्पताल भर्ना, निमोनियाको शङ्का

काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...

मनाङको खोत्रोमा ट्रक दुर्घटना, दुई जना घाइते

मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...

निर्वाचनको तयारीमा एमाले, ‘मिसन पार्टी जागरण’ पालिका र वडासम्म एमाले नेताहरू परिचालित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...

यो निर्वाचनको परिणाम स्वाभाविक देखिएन, पुराना दललाई विस्थापित गर्ने षड्यन्त्र जारी छ: अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...

महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...

भैंसी चोरीको आरोपमा सप्तरीमा एक युवक पक्राउ

सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending