रुकुम । रुकुम पूर्व सिस्ने गाउँपालिका८ सुनखानीका भिउसन नाथको दैनिकी सुन्तला बगैँचामा बित्न थालेको छ । बगैँचारभरी लटरम्मै फलेका टिप्न व्यस्त उहाँ सुन्तलाले बजार नपाउँदा भने निराश भएको छन् ।
एकातिर बजारसम्मको सहज पुहँच छैन भने अर्कोतर्फ सुन्तलाले उचित मूल्य पनि नपाउने अवस्था छ । समयमा बिक्री गर्न नसक्ने सुन्तलालाई भण्डारनका लागि चिस्यान केन्द्रको सुविधा पनि छैन ।
नाथले १० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरेको छन् । सुन्तला बिक्रीबाट बर्सेनि रु दुईदेखि तीन लाखसम्म आम्दानी गर्ने नाथले यस वर्ष पनि रु दुई लाख बराबरको सुन्तला बिक्री गर्ने योजना रहेको बताए । एउटा बोटबाट रु चार हजार बराबरको सुन्तला बिक्री भए रु चार लाख आम्दानी हुने उहाँको हिसाब छ ।
सोही ठाउँका अर्का किसान गोपाल पुनले पनि ३४ रोपनी क्षेत्रमा सुन्तला खेती गरेको छन् । उनका बारीमा सुन्तलाका एक हजार बोट छन् । तर सबै बोटले फल दिँदैनन् केही सुन्तलाको बोट साना छन् । उनले सुन्तलाबाट गत वर्ष रु एक लाख ८० हजार आम्दानी गरेको थिए ।
सिस्ने गाउँपालिका अन्तर्गत वडा नं ७ र ८ मा राम्रो सुन्तला उत्पादन हुन्छ । वडा नं ८ मा मात्रै करिब ४० वटा सुन्तलाका बगैँचा छन् । सबै बगैँचामा सुन्तला फलेका छन् तर बजार नपाउँदा त्यत्तिकै खेर जाने डर किसानहरुमा छ ।
गाउँमा व्यापारीहरु सुन्तला खरिद गर्न नआउँदा किसानहरु आफैँले सुन्तला बोकेर रुकुम पश्चिमको खलङ्गा र रुकुम पूर्वको रुकुमकोटसम्म जान बाध्य छन् । सुन्तला भण्डारका लागि गाउँपालिकाले चार वर्षअघि निर्माण गरेको चिस्यान केन्द्र प्रयोगमा आउन सकेको छैन । यतिबेला झिमखोला, पाटा, स्यालापाखा, लम्पाकोट, सुनखानी र भुरुङ्गामा सुन्तला पाकेर पहेँलै भएका छन् ।
गाउँपालिकाले भने सुन्तला बिक्रीका लागि बजार व्यवस्थापनको पहल भइरहेको दाबी गरेको छ । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले हाल एउटा सहकारीसँगको सहकार्यमा सुन्तला बिक्रीको व्यवस्था गर्न लागिएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १४ गते, २०८० - १७:५५
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।...
मंसिर १४ गते, २०८० - १७:४२
काठमाडौँ । सभामुख देवराज घिमिरेले सरकार र निजी क्षेत्रबीचको सौहार्दपूर्ण सम्बन्धको जगमा औद्योगिक वातावरण बनाउन अपिल गरेको छन् । नेपाल उद्योग वाणिज...
मंसिर १४ गते, २०८० - १७:१८
काठमाडौँ । मानव र समग्र प्राणी जगत्को अस्तित्वमाथि नै खतरा पैदा भएको भन्दै संसारभरका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको महाभेला आजदेखि संयुक्त अरब इमिर...
मंसिर १४ गते, २०८० - १७:०५
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिएको छन् । दलित महिला केन्द्र नेप...
मंसिर १४ गते, २०८० - १६:५०
काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेकाहरुको निवेदनमाथिको सुनुवाइ करिबकरिब सकिएको छ । बिहीबार न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको इ...
मंसिर १४ गते, २०८० - १६:२८
काठमाडौँ । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कु...
मंसिर १४ गते, २०८० - १६:०८
नयाँ दिल्ली। भारतका प्रसिद्ध उद्योगपति अदानी समूहका अध्यक्ष गौतम अडानीको सम्पत्तिमा बुधबार अचानक उछाल आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनी फेर...
मंसिर १४ गते, २०८० - १५:४४
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् । कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधा...
मंसिर १४ गते, २०८० - १५:३०
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन ५० हजार रुपैयाँ एकमुस्ट दिन ...
मंसिर १४ गते, २०८० - १५:१२
बाजुरा । बाजुराको पूर्वी–उत्तरी भेगको कर्णाली करिडोरको धुलाचौर नजिकै आज दिउँसो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । मृ...
प्रतिकृया लेख्नुहोस्: