काठमाडौं । रुसले आठ साताको बीचमा युक्रेनमा आठौँ पटक क्षेप्यास्त्रको वर्षा गरेको छ।
रुसी आक्रमणका कारण पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको विवरण आएका छन्।
दक्षिण युक्रेनको ओडेसामा पनि विद्युत् कटौती भएको छ।आक्रमणमा चार जना मारिएको युक्रेनले जनाएको छ।
पछिल्लो आक्रमणको दुई सातापछि भएको नयाँ आक्रमण यसअघिका प्रहार भन्दा कम विध्वंसकारी भएको बताइएको छ।
रुसले प्रहार गरेका ७० क्षेप्यास्त्र मध्ये ६० वटा युक्रेनले निष्क्रिय बनाएको दाबी गरे पनि मस्कोले १७ वटा निशानामा प्रहार गरेको दाबी गरेको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले छिमेकी राष्ट्र मोल्दोभाको विद्युत् आपूर्ति प्रणालीमा पनि क्षति भएको बताएका छन्।
जेलेन्सकीले रुसी आक्रमण युक्रेनका लागि मात्रै नभएर पूरै क्षेत्रका लागि चेतावनी भएको बताएका छन्।
यसअघिका आक्रमणहरूमा पनि युक्रेनको ऊर्जा प्रणालीमा प्रहार भएको थियो जसका कारण दशौँ लाख मानिसहरू बिजुली र जाडो सुरु हुनै लाग्दा न्यानोबाट वञ्चित भएका थिए।
राजधानी किएभसहित कैयौँ क्षेत्रमा हवाई आक्रमण हुनसक्ने चेतावनीयुक्त साइरन बजेका छन्।
रुसका दुई सैन्य हवाई अखाडाहरूमा भएका विस्फोटनहरूमा परी कैयौँ मानिसहरूको मृत्यु भएको खबर लगत्तै युक्रेनमाथि आक्रमण भएको हो।
इन्धन बोकेको ट्याङ्कर विस्फोट हुँदा मस्कोको दक्षिण-पूर्वमा पर्ने र्याजान सहर नजिकैको हवाई अखाडामा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको रुसी सरकारी सञ्चारमाध्यमले यसअघि जनाएका थिए।
सरातोभ क्षेत्रको अर्को एउटा हवाई अड्डामा भएको विस्फोटनमा दुई जना घाइते भएको विवरण आएका छन्।
विस्फोटनका कारण प्रस्ट भएको छैन। ती दुवै क्षेत्र युक्रेन सीमाभन्दा सयौँ किलोमिटर पर छन्। सरातोभ क्षेत्रको हवाई अखाडामा रुसका लामो दूरीका रणनीतिक बमवर्षक राखिएको ठानिएको छ।
सरातोभ क्षेत्रको एन्जल हवाई अखाडामा गत साता सैन्य विमानका बढ्दो गतिविधि देखा परेका तस्बिरहरू सार्वजनिक भएको पृष्ठभूमिमा यी विस्फोटन भएका हुन्।
उक्त क्षेत्रका गभर्नरले सुरक्षा फौजहरूले सैन्य बिन्दुहरूमा भएका ती घटनाको जाँच गरिरहेको बताएका छन्।
बीबीसी संवाददाता स्टिभ रोजेनबर्गले कतै ती विस्फोटनका पछाडि युक्रेनको हात छ कि भन्ने शङ्का उब्जाउने बताउँछन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ती भएका भनिएका घटनाबारे राष्ट्रपति भ्लादिमिर पुटिनलाई जानकारी गराइएको बताए।
यसैबीच पश्चिमा देशहरूले उसको तेल निर्यातबाट हुने आम्दानी कटौती गर्न चालेका कदमप्रति रुसले अवज्ञापूर्ण प्रतिक्रिया जनाएको छ।
ती कदमले युक्रेनमा युद्ध गर्ने आफ्नो क्षमतामा किञ्चित फरक नपर्ने क्रेम्लिनले बताएको छ।
युरोपेली सङ्घले आइन्दा समुद्री मार्गबाट रुसी तेल आयात नगर्ने जनाएको छ। साथै उसले अन्यत्र हुने तेल निर्यातमा पनि बन्देजहरू लगाएको छ।
प्रति ब्यारेल मूल्य ६० डलरभन्दा कम्ती नभएको खण्डमा ईयू सदस्य राष्ट्र तथा जापान, अस्ट्रेलिया, यूके र अमेरिकाका कार्गो तथा बिमा कम्पनीहरूलाई रुसी तेल ओसारपसारमा संलग्न हुन अनुमति नदिने उसले बताएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: