Khabar Dabali १९ बैशाख २०८३ शनिबार | 2nd May, 2026 Sat

नयाँ संसद् नआउँदै चोलेन्द्रको अवकाश, महाभियोग के हुन्छ ?

संसद् सचिवालय भन्छ : नयाँ संसद्ले नै निर्णय गर्छ

खबरडबली संवाददाता

अमेरिकामा डोनाल्ड ट्रम्प पदबाट बाहिरिएपछि पनि उनीमाथिको अभियोगमा अनुसन्धान जारी छ तर हाम्रोमा व्यक्तिले अवकाश पाइसकेपछि महाअभियोग बारे कुनै अभ्यास छैन।

काठमाडौं । मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट आउने प्रतिनिधिसभाको पहिलो बैठक बस्नुअघि नै हाल निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले अवकाश पाउने भएका छन्।

अवकाश पाइसकेपछि उनीमाथि संसद्‌मा दर्ता भएर टुङ्गो लागि नसकेको महाभियोग के हुन्छ भन्नेबारे अन्योल देखिएको छ।

तर एकजना संविधानविद्ले प्रधान न्यायाधीशको हैसियतले उनले पाउनुपर्ने सेवा सुविधाको टुङ्गो लगाउनकै लागि पनि नयाँ संसद्ले महाभियोगबारे छिनोफानो गर्नुपर्ने बीबीसीसँग बताएका छन्।

सर्वोच्च अदालतको वेबसाइटमा राखिएको विवरण अनुसार हाल निलम्बनमा रहेका प्रधान न्यायाधीश जबरा २०१४ साल मङ्सिर २८ गते जन्मिएका हुन्। जसअनुसार उनी अबको एक सातापछि ६५ वर्षे उमेर हदका कारण सेवाबाट अनिवार्य अवकाश हुँदै छन्।

तर उनलाई महाभियोग लगाउनुपर्ने सुझाव सहित संसदीय समितिले दिएको प्रतिवेदनमाथि छलफल र निर्णय नहुँदै गत असोजमा प्रतिनिधिसभाको कार्यकाल सकियो।

नयाँ निर्वाचन भएर आएको प्रतिनिधिसभाको बैठक सुरु हुन एक साताभन्दा बढी समय लाग्ने निर्वाचन आयोग र संसद् सचिवालयका अधिकारीहरूले बताएका छन्।

“आयोगले २७-२८ गतेसम्म मात्रै राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ,” निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यराज अर्यालले भने।

आयोगले प्रतिवेदन पठाएपछि मात्रै नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण हुने संसद् सचिवालयले जनाएको छ।

नयाँ संसद्ले महाभियोग के गर्ला?

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आगामी संसद्ले महाभियोग अघि बढाउने वा नबढाउने विषयमा सचिवालयले केही भन्न नसक्ने बताए। “यो आउने संसद्ले नै निर्णय गर्ने कुरा हो,” पाण्डेले भने।

“अमेरिकामा डोनाल्ड ट्रम्प पदबाट बाहिरिएपछि पनि उनीमाथिको अभियोगमा अनुसन्धान जारी छ तर हाम्रोमा व्यक्तिले अवकाश पाइसकेपछि महाअभियोग बारे कुनै अभ्यास छैन।”

जबराविरुद्ध नेपाल बार एसोसिएसनले निरन्तर आन्दोलन गरेपछि गत फागुन १ गते ९८ जना सांसदले महाभियोगको प्रस्ताव दर्ता गराएका थिए। त्यसपछि निलम्बनमा रहेका जबरा निलम्बित अवस्थामै अवकाशमा जान लागेका हुन्।

संसद्ले गठन गरेको महाअभियोग सिफारिस समितिले उनलाई महाभियोग लगाउन सिफारिस सहित गत असोजमा सभामुखलाई प्रतिवेदन बुझाएको थियो।

उक्त समितिका संयोजक रहेका पूर्व सांसद रामबहादुर विष्टले आगामी संसद्ले महाअभियोग प्रस्ताव अघि बढाएर त्यसमा निर्णय गर्ने बाटो खुला नै रहेको बताए।

“आउँदो सदनले हाम्रो समितिले गरेको सिफारिस लिन पनि सक्छ। पद नै खालि भएपछि के गर्ने अघि बढाउने कि नबढाउने भन्नेबारे कानुन र संविधानमा प्रस्ट लेखिएको छैन। संसद्‌मा यसबारे छलफल होला नै,” विष्टले भने।

‘संसद्ले निर्क्योल गर्नुपर्छ’

संवैधानिक कानुनका ज्ञाता चन्द्रकान्त ज्ञवाली जबरामाथि लागेका आरोप र महाभियोगबारे संसद्ले निर्क्योल गर्नुपर्ने बताउँछन्।

“उहाँ अवकाशमा गए पनि लागेका आरोपबारे सफाइ पाउने वा दोषी ठहर हुने निर्क्योल त हुनुपर्‍यो नि। पदमा नरहे पनि उहाँले पाउने पेन्सन लगायतका सुविधाकै लागि पनि यसमा एउटा निर्णय हुन जरुरी हुन्छ,” ज्ञवालीले भने।

नयाँ संसद्ले अघिल्लो कार्यकालमा दर्ता भएको महाअभियोग प्रस्ताव अघि बढाउन मिल्ने वा नमिल्ने भन्नेबारे संविधान र कानुनका जानकारहरूको मत बाझिएको छ। कतिपयले विधेयकहरू जस्तै महाभियोग प्रस्ताव पनि संसद्को कार्यकाल सकिएपछि निष्क्रिय हुने दाबी गरेका छन्।

तर ज्ञवाली भने आगामी संसद्ले अघिल्लो कार्यकालमा भएकै सिफारिसका आधारमा महाभियोग अघि बढाउन सक्ने तर्क गर्छन्।

“विदेशको अभ्यास हेर्ने हो भने पनि यस्तो विषय कार्यकाल सकिएपछि पनि अधि बढेर एउटा टुङ्गोमा पुगेका छन्,” उनले थपे।

महाभियोग प्रस्ताव पारित गर्न संसद्को दुई तिहाइ मत आवश्यक पर्छ। तर जबरालाई महाभियोग लगाउने पक्षको दुई तिहाइ नआउने देखिएका कारण आगामी संसद्ले यसबारे के गर्छ भन्ने निश्चित छैन।

पक्षमा दुई तिहाइ मत नपुगे महाभियोग स्वतः असफल हुने व्यवस्था छ।

सबै प्रस्तावक निर्वाचनमा पराजित

जबरामाथि महाभियोग प्रस्तावका तीनै जना प्रस्तावक यो प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका छन्।

महाभियोगमा माओवादी केन्द्रका देव गुरुङ, कांग्रेसकी पुष्पा भुसाल र एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ प्रस्तावक थिए।

गुरुङ लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङसँग पराजित भए भने भुसाल अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीसँग पराजित भइन्। श्रेष्ठले उम्मेदवारी दिएको काठमाण्डू ८ मा स्वतन्त्र पार्टीका बिराजभक्त श्रेष्ठ निर्वाचित भए।

अघिल्लो प्रतिनिधिसभाले जबरामाथि दर्ता भएको महाभियोगमा छानबिनका लागि गठन गरेको समितिका ११ जना सांसद सदस्यहरूमध्ये दुई जना मात्रै आगामी संसद्‌मा हुनेछन्।

सिफारिस समितिका सभापति विष्ट उम्मेदवारी नै नदिएका कारण आगामी संसद्‌मा हुनेछैनन्। सिफारिस समितिका सदस्यहरू एकवाद मियाँ, कृष्णभक्त पोखरेल, प्रमोद साह र लालबाबु पण्डित यो निर्वाचनमा पराजित भए।

त्यस्तै मीनबहादुर विश्वकर्मा, शिवमाया तुम्बाहाङ्फे, कल्याणीकुमारी खड्का र यशोदा गुरुङ सुवेदी पनि उम्मेदवार नै भएनन्।

एमालेका विष्णुप्रसाद पौडेल र माओवादीकी रेखा शर्मा मात्रै प्रतिनिधिसभाको आगामी कार्यकालका लागि निर्वाचित भएका छन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending