Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

कम्युनिस्टहरूको मत ४५ प्रतिशत, तर कांग्रेस सबैभन्दा ठूलो दल

एमाले खुम्चियो, राप्रपा फस्टायो

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलहरूले पाएको अन्तिम सिट सङ्ख्या प्रकाशन गरेको छ।

आयोगले प्रकाशन गरेको निर्वाचन परिणामअनुसार सबैभन्दा धेरै मत कम्युनिस्ट पार्टीहरूले पाएका छन्, तर सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ।

पाँचवटा कम्युनिस्ट पार्टी र ती दलनिकट स्वतन्त्र उम्मेदवारहरूले ४५ प्रतिशतभन्दा बढी मत पाएका छन्। कांग्रेसले ३२ प्रतिशत बढी मत पाएको छ। कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरेर ८९ सिट पाएको छ।

कम्युनिस्ट शक्तिहरूमध्ये सबैभन्दा धेरै मत नेकपा एमालेले पाएको छ। एमालेले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट पाएको छ।

नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट पाएर प्रतिनिधिसभामा तेस्रो ठूलो शक्ति बनेको छ।

प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीले समानुपातिकतर्फ तीन प्रतिशत मत नकटाउँदा समानुपातिकतर्फ सिट पाएन।

समानुपातिकतर्फ तीन प्रतिशतभन्दा कम मत सिट विभाजनमा गणना नहुने व्यवस्था छ। एकीकृत समाजवादीले पाएको २,९८,३९१ मत करिब तीन सिटका लागि पर्याप्त हुनसक्थ्यो।

यसबाहेक राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि प्रत्यक्षमा एक/एक सिट पाएका छन्। पाँचजना स्वतन्त्रमध्ये तीन‍जना कम्युनिस्ट पृष्ठभूमिका छन्।

यी सबै कम्युनिस्ट दलहरू र ती दलनिकट स्वतन्त्र उम्मेदवारहरूको मत जोड्दा १२५ हुन्छ। यो सङ्ख्या २७५ सदस्यीय प्रतिनिधिसभाको झन्डै आधा हो।

एमाले खुम्चियो, राप्रपा फस्टायो

अघिल्लो निर्वाचनको तुलनामा यो निर्वाचनमा सबैभन्दा धेरै क्षति एमालेले बेहोरेको देखिन्छ। विसं २०७४ को निर्वाचनमा १२१ सिट पाएको एमालेले यो पटक ७८ मतमा चित्त बुझाउनुपर्‍यो।

अघिल्लो पटक एमाले र माओवादीले गठबन्धन गरेर चुनावमा भाग लिँदा अधिकांश स्थानमा जित हासिल गरेका थिए। यसबीचमा एमाले विभाजित भएर एकीकृत समाजवादी पार्टी समेत बनेको छ।

यसअघि ६३ सिट जितेको कांग्रेसले यो निर्वाचनमा ८९ सिट हासिल गरेको छ।

यो निर्वाचनबाट सातवटा पार्टी प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत पाएर राष्ट्रिय दल बनेका छन्।

प्रत्यक्षतर्फ कांग्रेसले सबैभन्दा धेरै र समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै सिट जितेका छन्। दुवैतर्फ तेस्रो माओवादी बने पनि अघिल्लो निर्वाचनको तुलनामा माओवादीले पाएको सिट सङ्ख्या घटेको छ।

अघिल्लो निर्वाचनमा ५३ सिट पाएको माओवादी यो निर्वाचनमा ३२ सिटमा खुम्चिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठूलो शक्ति

नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी यो निर्वाचनमा चौथो ठूलो शक्ति भएको छ। पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको यो दलले २० सिट पाएको छ।

अघिल्लो संसद्‌मा एक सिट मात्रै जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यो निर्वाचनबाट १४ सिटसहित पाँचौँ ठूलो दल बनेको छ।

प्रत्यक्षमा सात सिट जितेको जनता समाजवादी पार्टीले समानुपातिकमा पाँच सहित १२ सिट पाएर छैटौँ ठूलो दल बनेको छ।

उपेन्द्र यादव नेतृत्वको यो दल अघिल्लो निर्वाचनमा चुनाव जितेका राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबीचको एकता र पुन: विभाजनपछि बनेको दल हो।

यी दुईवटा दलहरू अघिल्लो निर्वाचनमा चौथो र पाँचौँ ठूलो शक्ति थिए। जसपा विभाजनबाट बनेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा चार सिट पाए पनि समानुपातिकतर्फ राष्ट्रिय दल बन्न सकेन। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending