Khabar Dabali २४ बैशाख २०८३ बिहीबार | 7th May, 2026 Thu

कम्युनिस्टहरूको मत ४५ प्रतिशत, तर कांग्रेस सबैभन्दा ठूलो दल

एमाले खुम्चियो, राप्रपा फस्टायो

खबरडबली संवाददाता

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा दलहरूले पाएको अन्तिम सिट सङ्ख्या प्रकाशन गरेको छ।

आयोगले प्रकाशन गरेको निर्वाचन परिणामअनुसार सबैभन्दा धेरै मत कम्युनिस्ट पार्टीहरूले पाएका छन्, तर सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ।

पाँचवटा कम्युनिस्ट पार्टी र ती दलनिकट स्वतन्त्र उम्मेदवारहरूले ४५ प्रतिशतभन्दा बढी मत पाएका छन्। कांग्रेसले ३२ प्रतिशत बढी मत पाएको छ। कांग्रेसले प्रत्यक्षमा ५७ र समानुपातिकमा ३२ गरेर ८९ सिट पाएको छ।

कम्युनिस्ट शक्तिहरूमध्ये सबैभन्दा धेरै मत नेकपा एमालेले पाएको छ। एमालेले प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सिट पाएको छ।

नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा १८ र समानुपातिकमा १४ सिट पाएर प्रतिनिधिसभामा तेस्रो ठूलो शक्ति बनेको छ।

प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समाजवादीले समानुपातिकतर्फ तीन प्रतिशत मत नकटाउँदा समानुपातिकतर्फ सिट पाएन।

समानुपातिकतर्फ तीन प्रतिशतभन्दा कम मत सिट विभाजनमा गणना नहुने व्यवस्था छ। एकीकृत समाजवादीले पाएको २,९८,३९१ मत करिब तीन सिटका लागि पर्याप्त हुनसक्थ्यो।

यसबाहेक राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले पनि प्रत्यक्षमा एक/एक सिट पाएका छन्। पाँचजना स्वतन्त्रमध्ये तीन‍जना कम्युनिस्ट पृष्ठभूमिका छन्।

यी सबै कम्युनिस्ट दलहरू र ती दलनिकट स्वतन्त्र उम्मेदवारहरूको मत जोड्दा १२५ हुन्छ। यो सङ्ख्या २७५ सदस्यीय प्रतिनिधिसभाको झन्डै आधा हो।

एमाले खुम्चियो, राप्रपा फस्टायो

अघिल्लो निर्वाचनको तुलनामा यो निर्वाचनमा सबैभन्दा धेरै क्षति एमालेले बेहोरेको देखिन्छ। विसं २०७४ को निर्वाचनमा १२१ सिट पाएको एमालेले यो पटक ७८ मतमा चित्त बुझाउनुपर्‍यो।

अघिल्लो पटक एमाले र माओवादीले गठबन्धन गरेर चुनावमा भाग लिँदा अधिकांश स्थानमा जित हासिल गरेका थिए। यसबीचमा एमाले विभाजित भएर एकीकृत समाजवादी पार्टी समेत बनेको छ।

यसअघि ६३ सिट जितेको कांग्रेसले यो निर्वाचनमा ८९ सिट हासिल गरेको छ।

यो निर्वाचनबाट सातवटा पार्टी प्रत्यक्षमा कम्तीमा एक सिट र समानुपातिकतर्फ तीन प्रतिशत मत पाएर राष्ट्रिय दल बनेका छन्।

प्रत्यक्षतर्फ कांग्रेसले सबैभन्दा धेरै र समानुपातिकतर्फ एमालेले सबैभन्दा धेरै सिट जितेका छन्। दुवैतर्फ तेस्रो माओवादी बने पनि अघिल्लो निर्वाचनको तुलनामा माओवादीले पाएको सिट सङ्ख्या घटेको छ।

अघिल्लो निर्वाचनमा ५३ सिट पाएको माओवादी यो निर्वाचनमा ३२ सिटमा खुम्चिएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठूलो शक्ति

नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी यो निर्वाचनमा चौथो ठूलो शक्ति भएको छ। पूर्व सञ्चारकर्मी रवि लामिछाने नेतृत्वको यो दलले २० सिट पाएको छ।

अघिल्लो संसद्‌मा एक सिट मात्रै जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी यो निर्वाचनबाट १४ सिटसहित पाँचौँ ठूलो दल बनेको छ।

प्रत्यक्षमा सात सिट जितेको जनता समाजवादी पार्टीले समानुपातिकमा पाँच सहित १२ सिट पाएर छैटौँ ठूलो दल बनेको छ।

उपेन्द्र यादव नेतृत्वको यो दल अघिल्लो निर्वाचनमा चुनाव जितेका राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम नेपालबीचको एकता र पुन: विभाजनपछि बनेको दल हो।

यी दुईवटा दलहरू अघिल्लो निर्वाचनमा चौथो र पाँचौँ ठूलो शक्ति थिए। जसपा विभाजनबाट बनेको लोकतान्त्रिक समाजवादी पार्टीले प्रत्यक्षमा चार सिट पाए पनि समानुपातिकतर्फ राष्ट्रिय दल बन्न सकेन। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending