काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरले भेट गरेको छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटमा सत्ता गठबन्धनमा सहभागिता, निर्वाचनको परिणामलगायत मुलुकको समसामयिक विषयमा विचारविमर्श भएको अध्यक्ष ठाकुरले जानकारी दिए । उनले भने, “प्रधानमन्त्रीजीसँग भेटघाट भएको हो, समसामयिक विषयमा कुराकानी भएको छ, निर्वाचनपछि उहाँसँग भेटघाट गरेको हुँ ।”
अध्यक्ष ठाकुरले पार्टी गठबन्धनमै रहेकाले नयाँ सरकारमा सहभागी हुने विषयमा सकारात्मक रहेको उल्लेख गरे । उनले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धन रहनुपर्ने पक्षमा रहेको बताए ।
लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको उनले जानकारी दिए। उनले भने, “सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ । सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ ।”
हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम भोलि बुधबार सार्वजनिक हुने र त्यसपछि नयाँ सरकार गठनका लागि दलहरूले पहलकदमी अघि बढाउने बुझिएको छ ।
सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको कार्यकारिणी समितिको बैठक पुसको पहिलो साता बस्ने जनाइएको छ । लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २४ गते, २०८१ - १७:०७
काठमाडौँ। वैदेशिक रोजगारीमा पोल्यान्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्। सप्तरी विष्णुपुर गाउँपालिका–७ का ३१ वर्षी...
पौष २४ गते, २०८१ - १७:००
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले देशको आर्थिक समृद्धिका लागि औद्योगिक क्षेत्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगको आवश्यकत...
पौष २४ गते, २०८१ - १६:५३
तुलसीपुर। बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ विरेन्द्र चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको लु.प्र. ०२००१ ख. ४४ नम्...
पौष २४ गते, २०८१ - १६:४५
काठमाडौं। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले उपप्रधानमन्त्री एवं अर...
पौष २४ गते, २०८१ - १६:३६
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगरेका स्वास्थ्य संस्थालाई अनुमति लिनका लागि सूचना जारी गरेको छ। मन्त्रालयले निजी, ...
पौष २४ गते, २०८१ - १६:१७
रौतहट । भारतीय सीमामासँग जोडिएको रौतहटको दक्षिणभेग परोहा नगरपालिकाका प्रायः सम्पूर्ण परिवारलाई ग्याँस सिलिन्डरसहित निःशुल्क चुल्हो सेट बितरण गरिएको छ।...
पौष २४ गते, २०८१ - १६:११
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका लागि इजरायली राजदूत समुलिक एरी बासमार्फत इजरायल सरकारसँग हमास समूहको नियन्त्रणमा रहेका नेपाल...
पौष २४ गते, २०८१ - १५:५८
काठमाडौं। सेयर कारोबार सामान्य अंकले बढेको छ । धितोपत्र वोर्डका अनुसार नेप्से परिसूचक बुधबार ६.३८ अंकले बढेको हो । अघिल्लो दिनको तुलनामा ०.२४ प...
पौष २४ गते, २०८१ - १५:४६
काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिवसीय पार्टी कार्यक्रमका लागि सप्तरी पुग्नु भएको छ । बुधबारदेखि तीन दिनसम्म सप्तरीको...
पौष २४ गते, २०८१ - १५:३१
काठमाडौं । एपीएफले पहिलो जीत निकालेको छ । विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले एन्फा यु–१६ लिगको जारी खेलमा बुधबार सातदोबाटो युथ क्लबविरुद्ध २–१ ...
प्रतिकृया लेख्नुहोस्: