काठमाडौ । अभिनेता आर्यन सिग्देल सफलताको पर्खाइमा छन् । पछिल्लो फिल्ममार्फत सफलता पाउन नसकेका अभिनेता सिग्देल पुस १५ गतेदेखि प्रदर्शनमा आउने ‘डिसेम्बर फल्स’ बाट आशावादी छन् ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा अभिनेता सिग्देलले सफलता र निरन्तरताको बारेमा प्रस्ट्याए । “म कतै हराएको छैन । फिल्ममा अभिनय गरिरहेको छु । मेरो लागि हरेक फिल्म नयाँ हुन्छ”, अभिनेता सिग्देलले भने, “हरेक फिल्ममा उही सङ्घर्ष र मेहनत हुन्छ । यद्यपि पछिल्लो समय आशावादी भएको फिल्म भने यही हो । दर्शकले खोजे झैँ यसमा हाँसो, रोदन, प्रेम र द्वन्द्वको मिश्रण छ ।”
अभिनेता सिग्देलले डेढदशक लामो फिल्मी यात्रामा ४० वटामा अभिनय गरेका छन् । ‘क्लिन हिट’ को खोजीमा रहेका अभिनेता सिग्देल यसपटक प्राविधिक पक्षमा सक्रिय छन् । “मैले सहयोगी भाव डेब्यु फिल्म ‘किस्मत’ देखि नै देखाउने गरेको छु । म फिल्म खेलेर आफ्नो काम मात्र पूरा गर्दिन । राम्रो बनाउन सकेको मेहनत गर्छु”, उनले भने । फिल्ममा आर्यनसँगै उपासना सिंह ठकुरी, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणालगायत कलाकारको अभिनय रहेको छ ।
रामप्रसाद रिजाल निर्माता रहेको ‘डिसेम्बर फल्स’ रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । यसमा कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले छन् । निर्माणमा रिजाललाई राजकुमार भट्टले साथ दिएका छन् । यसमा विपीका खनालको कथा, केदार भुसाल र प्रतीक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराज, रामजी लामिछाने, शिशिर खाती र प्रवीण सिंहको कोरियोग्राफी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २९ गते, २०८३ - १५:१८
कास्की। पोखरा महानगरपालिका–९ को कार्यालयले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण सार्वजानिक गरेको छ । कार्यालयले पोखरा बसपार्क...
श्रावण २९ गते, २०८३ - १५:०२
कांग्रेस एकजुट भए कसैले पराजित गर्न सक्दैन
श्रावण २९ गते, २०८३ - १४:४८
काठमाडौं । प्रहरीको पोसाक तथा अन्य सामग्री खरिदसम्बन्धी उजुरीमाथि सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा नेपाल प्रहरीका उच्च अधिकारीहरूमाथि गरिएको ...
श्रावण २९ गते, २०८३ - १४:३५
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वमहामन्त्री डा। धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएक...
श्रावण २९ गते, २०८३ - १३:४९
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला काठमाडौंमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा। शशांक कोइरालाको अध्यक्...
श्रावण २९ गते, २०८३ - १३:३२
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको १५औँ महाधिवेशन मंसिरअघि नै सम्पन्न गर्नुपर्ने बताएका छन्। उनले प्रतिकूल परिस्थितिका...
श्रावण २९ गते, २०८३ - १२:४४
हुम्ला । हुम्लामा प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध चिनियाँ मदिरा तथा बियर बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार नाम्खा...
श्रावण २९ गते, २०८३ - १२:१९
काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि नेकपा नेता खगराज भट्टले आफूले पाएको जिम्मेवारीसँगै चुनौतीको भारीसमेत महसुस गरेको बताएका छ...
श्रावण २९ गते, २०८३ - ११:५९
स्याङ्जा। स्याङ्जामा अविरल वर्षासँगै आएको बाढीले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले बिहीबार राति ग ११ प ८१८३...
श्रावण २९ गते, २०८३ - ११:२७
काठमाडौं । पत्रकार किशोर श्रेष्ठको पक्राउसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनलाई बरामद गरिएका सामग्रीसहित सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ। ...



प्रतिकृया लेख्नुहोस्: