पर्सा । विगत चार दिनदेखि लगातार परेको शीतलहर र त्यससँगै बढेको चिसोले पर्सावासीको जनजीवनलाई नराम्ररी प्रभावित गरेको छ । बिहानदेखि लाग्ने हुस्सु र त्यससँगै चल्ने हावाले तापक्रमलाई १० देखि १२ डिग्रीमा झारेपछि जिल्लावासीको दैनिकी प्रभावित भएको हो ।
चिसो बढेपछि सोबाट जोगिन सर्वसाधारण आगो ताप्नाका साथै तातो चियाको चुस्कीले आफूलाई न्यानो पार्ने प्रयासमा लागेको देखिन्छन् । बिहानको समयमा लाग्ने हुस्सुका कारण बाटो देख्न समेत समस्या भएपछि यातायातका साधान सञ्चालनमा कठिनाइ हुनाका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ ।
चिसो बढेसँगै अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्यासमेत वृद्धि भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा. निरजकुमार सिंहले जानकारी दिए । उनले सामान्य अवस्थामा ५० देखि ६० जना बिरामी उपचारका लागि आउने गरेकामा हाल दैनिक एक सय ६० जनाभन्दा बढी चिसोबाट प्रभावित बिरामी आउने गरेको बताए ।
अस्पताल आउनेमा सबैभन्दा बढी रुघाखोकी, कोल्ड डाइरिया, ज्वरो, दम, पक्षघातका बिरामी बढी आउने गरेको डा.सिंहले जानकारी दिए । बढ्दो चिसोबाट जोगाउन वीरगञ्ज महानगरपालिकाले नगरको चौक चौराहालगायतका सार्वजनिक स्थानमा आगोको प्रबन्ध गर्न दाउरा र कम्बल वितरण गर्ने निर्णय गरेको उपप्रमुख इतियाज आलमले जानकारी दिए ।
उनले आजै महानगरपालिकाको कार्यालयमा सम्बन्धित सबै पक्षका अधिकारीहरूलाई बोलाई नगरका चौकचौराहामा आगोको व्यवस्था गर्न आवश्यक दाउरा र आवश्यकताका आधारमा कम्बल वितरण गर्ने निर्णय गरिएको बताए । बढ्दो चिसोबाट जोगिन विना काम घरबाहिर नहिँड्न र हिँड्नैपर्ने भए न्यानो लुगा लगाई मात्र हिँड्न चिकित्सकले सुझाव दिएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: