Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

अमेरिका र क्यानडामा हिमआँधीले करौडौँ मानिस प्रभावित

खबरडबली संवाददाता

काठमाडौं । अत्यधिक चिसो मौसमका कारण अमेरिका र क्यानडामा २५ करोड मानिसहरूले जोखिमको सामना गरिरहेका छन्।

अमेरिकाका १२ वटा राज्यमा सङ्कटकालीन कदमहरू चालिएको छ भने कम्तीमा १९ जना मानिसहरूले ज्यान गुमाएका छन्। मोन्टाना राज्यमा कीर्तिमानी माइनस ४५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

अमेरिकामा लगभग १५ लाख घर र व्यापारिक भवनहरूमा बिजुली आपूर्ति प्रभावित भएको छ भने हजारौँ उडानहरू रद्द भएका छन्। अर्को हप्तासम्म कायम राख्ने भविष्यवाणी गरिएको खराब मौसमले मानिसहरूको क्रिसमस योजना बिथोलेको छ। 

उक्त व्यापक चिसो आँधी टेक्ससदेखि क्यानडाको कुबेकसम्म ३,२०० किलोमिटरभन्दा धेरै क्षेत्रमा फैलिएको छ। वायुमण्डलीय चाप घटेपछि अमेरिका-क्यानडा सीमा क्षेत्रमा रहेका ठूला तालहरू भएको क्षेत्रमा बरफसहितको तुफानको अवस्था देखा परेको छ।

क्यानडामा ओन्टेरियो र कुबेकले उत्तरी ध्रुवीय विस्फोटको असर भोगिरहेका थिए र त्यहाँ हजारौँ घरमा विद्युत् आपूर्ति बन्द भएको थियो।

ब्रिटिस कोलम्बियादेखि न्यू फन्डल्यान्डसम्म देशका अधिकांश भागमा चरम चिसो र हिमआँधीको चेतावनी दिइएको थियो।

अमेरिकी राष्ट्रिय मौसम सेवा एनडब्लूएसले शुक्रवार जारी गरेको मौसमसम्बन्धी नक्सालाई "जाडो मौसमको चेतावनी समेटिएको हालसम्मकै सबैभन्दा व्यापक चित्रण" भएको बताएको छ।

मोन्टानाको एल्क पार्कमा तापक्रम माइनस ४५ डिग्री सेल्सीअसमा झरेको छ भने मिशिगनको हेल सहर जमेको छ। उक्त सहरमा शुक्रवार राति हिउँले ढाकिएको क्षेत्रमा तापक्रम माइनस १७ डिग्री सेल्सीअस भएको थियो।

स्मिटीको हेल सलुनमा बारटेन्डर रहेकी एमिलीले बीबीसीलाई भनिन्, "यहाँ धेरै चिसो छ, हामी एक खाले नर्कमा छौँ।"

साउथ डेकोटामा हिउँ क्षेत्रमा रहेका अमेरिकी आदिवासीहरूले इन्धन सकिएपछि न्यानोको लागि लुगा बालेर ताप्नुपर्ने अवस्था आएको आदिवासी अधिकारीहरूले बताए।

पेन्सिलभेनिया र मिशिगनका क्षेत्रहरूमा भारी हिमपातको पूर्वानुमान गरिएको थियो। न्यूयोर्कको बफेलोमा कम्तीमा ८९ सेन्टिमिटरसम्म हिउँ खस्ने अपेक्षा गरिएको थियो।

एनडब्लूएसका अनुसार ८० लाखभन्दा बढी मानिस हिमपातको जोखिममा रहेका छन्। न्यू इङ्गल्यान्ड, न्यूयोर्क र न्यूजर्सीमा तटीय बाढी पनि आएको छ।

प्यासिफिक नर्थवेस्टका केही बासिन्दाले सियाटल र पोर्टल्यान्डका जमेका सडकहरूमा आइस-स्केट गरेका थिए। हल्का चिसो महसुस हुने दक्षिणी राज्यहरू लुइजियाना, अलाबामा, फ्लोरिडा र जोर्जियामा पनि कडा चिसोका चेतावनीहरू दिइएका थिए।

चिसो आँधीसँग सम्बन्धित मृत्युमा सडक दुर्घटनाहरू समावेश छन्। उडानहरूबारे जानकारी दिने बेवसाइट फ्लाइटअवेयरका अनुसार शुक्रवार मात्र पाँच हजार ६ सय भन्दा बढी अमेरिकी उडानहरू रद्द गरिएका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending