Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

वन्यजन्तु तस्करीको अन्तर्राष्ट्रिय केन्द्र बन्दै काठमाडौं

\"Raino-400\"काठमाडौं । बर्सेनी दर्ता हुने वन तथा वन्यजन्तु तस्करीका मुद्दाको सङ्ख्या र प्रकृति हेर्दा काठमाडौं उपत्यका वन्यजन्तु तस्करीको अन्तर्राष्ट्रिय केन्द्रका बन्दै गएको देखिन्छ ।   नेपालबाट अधिकांश वन्यजन्तुका अङ्गको तस्करी काठमाडौं हुँदै सहज रुपमा छिमेकी मुलुक चीनतर्फ हुन्छ । चीनबाहेक वन्यजन्तुका अङ्गको ओसारपसार मलेसिया, जापान, युरोप तथा संयुक्त राज्य अमेरिकासम्म हुने गरेको छ ।   आव २०७१/७२ मा मात्रै वन्यजन्तुका ४० र वन पैदावारका १४ मुद्दामा ८९ जनामाथि कारबाही गरिएको जिल्ला वन कार्यालय काठमाडौँले जानकारी दिएको छ । अन्य पक्राउ नपरेका र सम्बन्धित कर्मचारीको मिलेमतोमा छुटेका मुद्दा पनि सोही हाराहारीमा रहेको अनुमान छ ।   पक्राउ परेकामध्ये ठूलोमात्रामा ध्वाँसे चितुवा, चितुवा, रेडपाण्डा, रतुवा मृगको छाला, सालकका खपटा, भालुको पित्त, गैँडाको खाग, हुचिल, दुर्लभ चराचुरुङ्गी, समुद्री घोडालगायतका जन्तु र अङ्ग हुने गरेको जिल्ला वन अधिकृत डा इन्द्रप्रसाद सापकोटा बताउछन् ।   यस्तो कारोबारमा संलग्न व्यक्ति पक्राउ परेपछि प्रायःले ‘पहिलो पटक हो, गैरकानुनी हो भन्ने जानकारी भएन’ भन्ने बयान दिने गरेका छन् । पक्राउ परेका अधिकांश मुद्दा भने चितुवाको छाला, राजस्व नतिरेको यार्सागुम्बा, सालको काठको ओसारपसारसँग सम्बन्धित छन् । वनजन्य मुद्दामा भने यार्सागुम्बा, सालको काठ, रक्त चन्दन, कोइलाको अवैध ओसारपसार रहेको वन अधिकृत सापकोटा बताउछन् ।   काठमाडौंबाट वन्यजन्तुका हाडछाला तथा अन्य सामग्रीको ओसारपसार बढी मात्रामा चीनतर्फ हुने गरेको छ । चिनियाँ परम्परा, उनीहरुको सौखिन जीवनशैली र खुला ओसारपसारका कारण चीनमा वन्यजन्तुको माग हुने गरेको वन कार्यालय काठमाडौंको भनाइ छ ।   चीनले दुर्लभ वन तथा वन्यजन्तुको ओसारपसार नियन्त्रणका लागि गरिने ‘साइटिस अन्तर्राट्रिय अभिसन्धि’मा अहिलेसम्म हस्ताक्षर गरेको छैन । नेपाल र भारतले उक्त अभिसन्धिमा हस्ताक्षर गरेका कारण यहाँ दुर्लभ वन तथा वन्यजन्तुको ओसारपसार गैरकानुनी हुन्छ ।   राजधानीमा दुर्लभ वन्यजन्तुको ओसारपसारका ९९ प्रतिशत घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले अपराधी पक्राउ गरी वन कार्यालयमा बुझाउने गरेको छ । ब्युरोका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाका अनुसार प्रायः उपत्यका बाहिरबाट ल्याइने दुर्लभ वन्यजन्तुका अङ्गको कारोबारका लागि राजधानी केन्द्र बनेको छ ।   यसमा संलग्न व्यक्ति सुराकीले दिने सूचनाका आधारमा पक्राउ पर्ने गरेको र त्यस्ता व्यक्ति चार÷पाँच तहसम्मका हुने गरेको प्रहरी निरीक्षक राना बताउछन् । कतिपय मुद्दामा सांस्कृतिक र परम्परागत रुपमा वन तथा वन्यजन्तुका अङ्गको प्रयोग गर्ने निर्दोष व्यक्ति पनि कारबाहीमा पर्ने गरेको सुनिन्छ नि भन्ने जिज्ञासामा प्रहरी निरीक्षक राना भन्छन– ‘हामी व्यापारिक प्रयोजनका लागि आउने दुर्लभ वन तथा वन्यजन्तुका अङ्गको कारोबारमा मात्र कानुनी कारबाही गर्छौं ।’   वन कार्यालयले प्रहरीको समन्वयमा थालेको नियन्त्रण अभियान र कडा कानुनी कारबाहीका कारण वन्यजस्तुको तस्करीमा कमी आएको दाबी गरिएको भए पनि राजधानीमा वन्यजन्तु तस्करीका घटना बढ्दै गएको देखिन्छ ।   गत आवमा मात्र बरामद गरिएकामध्ये सबभन्दा बढी चितुवाको छाला १४ थान, रेडपाण्डाको छाला १२ थान र रतुवा मृगका छाला पाँच थान, भालुको पित्त तीन थान, १७७ वटा चराको अवैध बिक्री वितरणका मुद्दा रहेका छन् ।   बरामद परी ल्याइएकामध्ये पाँच हजारभन्दा कम बिगो हुने वनका मुद्दा र वन्यजन्तुसम्बन्धी सबै मुद्दाको फैसला जिल्ला वन कार्यालयले गर्ने प्रशासन तथा मुद्दा शाखाका प्रमुख दीपा बुढाथोकी बताउछन् । त्यसमाथिका बिगो भएका वनसम्बन्धी मुद्दा भने कार्यालयले अदालतमा पठाउने गरेको छ ।   केही कानुनको समसामयिक परिमार्जन हुन नसक्नु, कतिपय वनजन्य सामग्रीको पहिचान गर्न प्रयोगशाला तथा विज्ञको अभाव हुनुजस्ता चुनौती रहेको उनी स्वीकाछन् । वन कार्यालयले गत आवमा सङ्कटमा परेका चितुवा, बँदेल, चिल, हुचिल, सालक, गोहोरो, वन बिरालोलगायतका वन्यजन्तु तथा चराचुरुङ्गीको उद्घार गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy