Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

तराईमा तापक्रम झर्दै, छैन सतर्कता

जाडोको सामना कसरी गर्ने ?

खबरडबली संवाददाता

कैलाली । सुदूरपश्चिमका दुई तराई जिल्ला कैलाली र कञ्चनपुरमा शीतलहरसँगै कुहिरो बढिरहेको छ । केही दिनदेखि कैलाली र कञ्चनपुरमा दिनभरिजसो बाक्लो कुहिरो लाग्दै आएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली तथा कञ्चनपुरसहित पश्चिम तराईका धेरै स्थान कुहिरोले प्रभावित भएको छ । महाशाखाले बिहान ८ बजेर ४५ मिनेटमा जारी गरेको मौसमी अवस्थामा धनगढीमा न्यूनतम तापक्रम नौ डिग्री छ । सोमबार धनगढीको न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री थियो ।

धनगढीमा मङ्गलबार न्यूनतम तापक्रममा केही सुधार भए पनि बाक्लो कुहिरो भने बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा दृष्यात्मक ९पारदर्शिता० शून्य दशमलव एक माइल रहेको छ । एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै रहने महाशाखाको भनाइ छ ।

धनगढीमा मङ्गलबारदेखि हुस्सु तथा कुहिरोको प्रभाव थिएन । महाशाखाका अनुसार पारदर्शिता छ हजार माइल रहेको थियो । महाशाखाले हुस्सु मध्याह्नपछि क्रमिकरूपमा सुधार हुँदै जाने सम्भावना रहेको उल्लेख गरेको छ । “बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ र मध्याह्नपछि क्रमिकरूपमा सुधार हुँदै जाने देखिन्छ । चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुनसमेत अनुरोध छ”, महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महाशाखाले जारी गरेको तीनदिने बुलेटिनमा पनि अझै तराईका जिल्लामा हुस्सु तथा कुहिरोको प्रभाव कायम रहेकाले सावधानी अपनाउन सुझाव दिएको छ । कुहिरो, हुस्सु तथा शीतलहरका कारण कैलालीको जनजीवन प्रभावित भएको छ । एकाएक ह्वात्तै चिसो बढेकाले विभिन्न सङ्क्रमणको रोग प्रकोप फैलिन सक्ने देखिएको छ । चिसो मौसममा दम, रुघाखोकी, ज्वरो, निमोनियाको प्रकोप फैलिन सक्ने डा जगदिश जोशीले बताए ।

कैलालीमा चिसो बढ्दै गए पनि स्थानीय प्रशासन तथा सरोकारवालाले आमनागरिकलाई चिसोबाट बचाउने गरी कार्यक्रम अघि बढाउन सकेका छैनन् । चिसोका कारण सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका तथा अतिविपन्न घरपरिवार प्रभावित हुने गरेका छन् । विगतमा स्थानीय सरकारले न्यानो कपडा वितरण, चोक–चोकमा दाउरा वितरणलगायत काम गरे पनि पछिल्लो समय यस्ता कार्यक्रमले निरन्तरता पाउन सकेको छैन ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले आवश्यकताअनुसार दाउरा मौज्दात रहेको बताए । उनले स्थानीय तहहरूले माग गरेमा आवश्यकताअनुसार दाउरा उपलब्ध गराउन सक्ने बताए । उनले भने, “यद्यपि अहिलेसम्म कुनै स्थानीय तहबाट दाउरा माग भएको छैन ।”

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक पनि अहिलेसम्म बस्न नसकेको जनाइएको छ । चिसोबाट कसैको मृत्यु हुन नदिन आवश्यक सतर्कताका कार्यक्रम अघि बढाउन निर्देशन दिने सो समितिको बैठक आह्वान हुन नसकेको जनाइएको छ । कैलालीमा चिसोकै कारण विगत वर्षहरूमा ११ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । 

कैलालीमा सबैभन्दा बढी सन् २०१३ मा कैलालीको पहलमानपुरमा चिसोका कारण तीन जनाको मृत्यु भएको थियो भने सन् २००३ मा चिसोका कारण दुई जनाको मृत्यु भएको थियो । सन् २०१४ देखि सन् २०२२ को अवधिमा कैलालीमा चिसोका कारण कुनै व्यक्तिको मृत्यु नभए पनि जोखिम भने यथावत रहेको विज्ञहरू बताउँछन् । डा निराजन शर्माका अनुसार जाडो मौसममा विविभन्न किमिका फ्लुको सङ्क्रमण बढ्ने डर बढी हुन्छ । 

मौसमी फ्लु स् तापक्रमको गिरावटपछि यसको प्रत्यक्ष असर मानव शरीरमा हुने गर्दछ । चिसोमा शरीरको ताप घट्दा बढी चिसो महसुस हुन्छ । बाह्य वातावरण चिसो हुने भएकाले शरीरमा जतिबेला पनि जाडो अनुभूति हुन्छ र रुघाको जोखिम बढ्छ । कुनै व्यक्तिको श्वासप्रश्वास, खोकी, हाच्छ्युँ र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लु सर्न सक्छ । सङ्क्रमित व्यक्तिको मुख, नाक र आँखाबाट मौसमी फ्लू सर्ने डा शर्माको भनाइ छ ।

बच्ने उपाय स् शरीरले तापक्रम ‘एडजस्ट’ गर्न नसक्ने भएकाले जाडोमा अत्यधिक चिसो वा तातोमा स्थानमा नबस्न विज्ञहरू बताउँछन् । वातानुकूलित कोठामा बसेर बाहिर निस्किँदा शरीरले एकैचोटी बाहिरको चिसो मौसमसँग एडजस्ट गर्न नसक्ने भएकोले धेरै तापक्रममा नबस्न डा शर्माले सुझाव दिनुभयो ।

खोकी स् धुलो, सुख्खा र चिसो हावाका कारण जाडोमा खोकीको जोखिम बढ्ने गर्दछ । पिनासको समस्या भएकालाई धुलाले बढी असर पु¥याउँछ ।

बच्ने उपाय स् खोकीबाट बच्न खानेकुरामा विशेष सावधानी पु¥याउनु पर्दछ । नियमितरूपमा तातोपानी सेवन गर्नुपर्छ । शरीरमा चिसो र तातोको सन्तुलन मिलाउनुपर्छ । तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा कोल्डड्रिंक्स खानुहुन्न । बाहिर निस्किँदा मास्क लगाउनुपर्छ ।

फुस्रो छाला स् चिसो मौसममा अधिकांश मानिसको छाला फुस्रो हुन्छ । पर्याप्त पानी नखाँदा छाला फुस्रो हुने ओठ फुट्ने गर्छ ।

बच्ने उपाय : डा निराजन शमाका अनुसार फुस्रो छालाबाट बच्न हरेक रात सुत्नुअघि कोकोनट र आलमोन्डको तेल लगाउनुपर्छ । तेलीय खानेकुरा खानुहुँदैन । प्रशस्त पानी पिउनुपर्छ ।

टाउको दुख्ने : चिसोका कारण कतिपय मानिसमा टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या आउन सक्छ ।

बच्ने उपाय: उनीको टोपी, मफलरलगायत न्याना लुगा लगाउनुपर्छ । रोग निम्तिनुमा खानपिन पनि जिम्मेवार हुने भएकाले नियमित पोषिलो खानेकुरा खानुपर्छ । चिसोकै कारण बारम्बार टाउको दुखेमा दैनिक मनतातो अदुवा पानी पिउनुपर्छ ।

जाडोको सामना कसरी गर्ने ?

हरेक पटक मौसम परिवर्तन हुन्छ तर, परिवर्तित मौसममा बानी पर्न हामीलाई केही समय लाग्छ । परिवर्तित मौसममा ‘एडजस्ट’ गर्ने समयमा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि न्यून हुन्छ र शरीर विभिन्न भाइरस र ब्याक्टेरियाले शरीरमा आक्रमण गर्ने दाउमा हुन्छन् । विचार नपु¥याएमा तत्कालै बिरामी हुन पुगिन्छ । बाह्य तापक्रममा भएको परिवर्तनले चिसोसँगसम्बन्धी विभिन्न रोग लाग्न सक्ने भएकाले सतर्कता अपनाउन सल्लाह दिनुहुन्छ सुझाव दिनुहुन्छ डा निराजन शर्मा ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy