Khabar Dabali १६ जेष्ठ २०८३ शनिबार | 30th May, 2026 Sat
Investment bank

तराईमा तापक्रम झर्दै, छैन सतर्कता

जाडोको सामना कसरी गर्ने ?

खबरडबली संवाददाता

कैलाली । सुदूरपश्चिमका दुई तराई जिल्ला कैलाली र कञ्चनपुरमा शीतलहरसँगै कुहिरो बढिरहेको छ । केही दिनदेखि कैलाली र कञ्चनपुरमा दिनभरिजसो बाक्लो कुहिरो लाग्दै आएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली तथा कञ्चनपुरसहित पश्चिम तराईका धेरै स्थान कुहिरोले प्रभावित भएको छ । महाशाखाले बिहान ८ बजेर ४५ मिनेटमा जारी गरेको मौसमी अवस्थामा धनगढीमा न्यूनतम तापक्रम नौ डिग्री छ । सोमबार धनगढीको न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री थियो ।

धनगढीमा मङ्गलबार न्यूनतम तापक्रममा केही सुधार भए पनि बाक्लो कुहिरो भने बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा दृष्यात्मक ९पारदर्शिता० शून्य दशमलव एक माइल रहेको छ । एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै रहने महाशाखाको भनाइ छ ।

धनगढीमा मङ्गलबारदेखि हुस्सु तथा कुहिरोको प्रभाव थिएन । महाशाखाका अनुसार पारदर्शिता छ हजार माइल रहेको थियो । महाशाखाले हुस्सु मध्याह्नपछि क्रमिकरूपमा सुधार हुँदै जाने सम्भावना रहेको उल्लेख गरेको छ । “बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ र मध्याह्नपछि क्रमिकरूपमा सुधार हुँदै जाने देखिन्छ । चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुनसमेत अनुरोध छ”, महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महाशाखाले जारी गरेको तीनदिने बुलेटिनमा पनि अझै तराईका जिल्लामा हुस्सु तथा कुहिरोको प्रभाव कायम रहेकाले सावधानी अपनाउन सुझाव दिएको छ । कुहिरो, हुस्सु तथा शीतलहरका कारण कैलालीको जनजीवन प्रभावित भएको छ । एकाएक ह्वात्तै चिसो बढेकाले विभिन्न सङ्क्रमणको रोग प्रकोप फैलिन सक्ने देखिएको छ । चिसो मौसममा दम, रुघाखोकी, ज्वरो, निमोनियाको प्रकोप फैलिन सक्ने डा जगदिश जोशीले बताए ।

कैलालीमा चिसो बढ्दै गए पनि स्थानीय प्रशासन तथा सरोकारवालाले आमनागरिकलाई चिसोबाट बचाउने गरी कार्यक्रम अघि बढाउन सकेका छैनन् । चिसोका कारण सबैभन्दा बढी ज्येष्ठ नागरिक, बालबालिका तथा अतिविपन्न घरपरिवार प्रभावित हुने गरेका छन् । विगतमा स्थानीय सरकारले न्यानो कपडा वितरण, चोक–चोकमा दाउरा वितरणलगायत काम गरे पनि पछिल्लो समय यस्ता कार्यक्रमले निरन्तरता पाउन सकेको छैन ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशव पराजुलीले आवश्यकताअनुसार दाउरा मौज्दात रहेको बताए । उनले स्थानीय तहहरूले माग गरेमा आवश्यकताअनुसार दाउरा उपलब्ध गराउन सक्ने बताए । उनले भने, “यद्यपि अहिलेसम्म कुनै स्थानीय तहबाट दाउरा माग भएको छैन ।”

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठक पनि अहिलेसम्म बस्न नसकेको जनाइएको छ । चिसोबाट कसैको मृत्यु हुन नदिन आवश्यक सतर्कताका कार्यक्रम अघि बढाउन निर्देशन दिने सो समितिको बैठक आह्वान हुन नसकेको जनाइएको छ । कैलालीमा चिसोकै कारण विगत वर्षहरूमा ११ जनाको मृत्यु भएको तथ्याङ्क रहेको छ । 

कैलालीमा सबैभन्दा बढी सन् २०१३ मा कैलालीको पहलमानपुरमा चिसोका कारण तीन जनाको मृत्यु भएको थियो भने सन् २००३ मा चिसोका कारण दुई जनाको मृत्यु भएको थियो । सन् २०१४ देखि सन् २०२२ को अवधिमा कैलालीमा चिसोका कारण कुनै व्यक्तिको मृत्यु नभए पनि जोखिम भने यथावत रहेको विज्ञहरू बताउँछन् । डा निराजन शर्माका अनुसार जाडो मौसममा विविभन्न किमिका फ्लुको सङ्क्रमण बढ्ने डर बढी हुन्छ । 

मौसमी फ्लु स् तापक्रमको गिरावटपछि यसको प्रत्यक्ष असर मानव शरीरमा हुने गर्दछ । चिसोमा शरीरको ताप घट्दा बढी चिसो महसुस हुन्छ । बाह्य वातावरण चिसो हुने भएकाले शरीरमा जतिबेला पनि जाडो अनुभूति हुन्छ र रुघाको जोखिम बढ्छ । कुनै व्यक्तिको श्वासप्रश्वास, खोकी, हाच्छ्युँ र सामान्य बोलीचालीबाट पनि मौसमी फ्लु सर्न सक्छ । सङ्क्रमित व्यक्तिको मुख, नाक र आँखाबाट मौसमी फ्लू सर्ने डा शर्माको भनाइ छ ।

बच्ने उपाय स् शरीरले तापक्रम ‘एडजस्ट’ गर्न नसक्ने भएकाले जाडोमा अत्यधिक चिसो वा तातोमा स्थानमा नबस्न विज्ञहरू बताउँछन् । वातानुकूलित कोठामा बसेर बाहिर निस्किँदा शरीरले एकैचोटी बाहिरको चिसो मौसमसँग एडजस्ट गर्न नसक्ने भएकोले धेरै तापक्रममा नबस्न डा शर्माले सुझाव दिनुभयो ।

खोकी स् धुलो, सुख्खा र चिसो हावाका कारण जाडोमा खोकीको जोखिम बढ्ने गर्दछ । पिनासको समस्या भएकालाई धुलाले बढी असर पु¥याउँछ ।

बच्ने उपाय स् खोकीबाट बच्न खानेकुरामा विशेष सावधानी पु¥याउनु पर्दछ । नियमितरूपमा तातोपानी सेवन गर्नुपर्छ । शरीरमा चिसो र तातोको सन्तुलन मिलाउनुपर्छ । तातोपानी, चिया अथवा कफी खाएर चिसो पानी वा कोल्डड्रिंक्स खानुहुन्न । बाहिर निस्किँदा मास्क लगाउनुपर्छ ।

फुस्रो छाला स् चिसो मौसममा अधिकांश मानिसको छाला फुस्रो हुन्छ । पर्याप्त पानी नखाँदा छाला फुस्रो हुने ओठ फुट्ने गर्छ ।

बच्ने उपाय : डा निराजन शमाका अनुसार फुस्रो छालाबाट बच्न हरेक रात सुत्नुअघि कोकोनट र आलमोन्डको तेल लगाउनुपर्छ । तेलीय खानेकुरा खानुहुँदैन । प्रशस्त पानी पिउनुपर्छ ।

टाउको दुख्ने : चिसोका कारण कतिपय मानिसमा टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या आउन सक्छ ।

बच्ने उपाय: उनीको टोपी, मफलरलगायत न्याना लुगा लगाउनुपर्छ । रोग निम्तिनुमा खानपिन पनि जिम्मेवार हुने भएकाले नियमित पोषिलो खानेकुरा खानुपर्छ । चिसोकै कारण बारम्बार टाउको दुखेमा दैनिक मनतातो अदुवा पानी पिउनुपर्छ ।

जाडोको सामना कसरी गर्ने ?

हरेक पटक मौसम परिवर्तन हुन्छ तर, परिवर्तित मौसममा बानी पर्न हामीलाई केही समय लाग्छ । परिवर्तित मौसममा ‘एडजस्ट’ गर्ने समयमा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि न्यून हुन्छ र शरीर विभिन्न भाइरस र ब्याक्टेरियाले शरीरमा आक्रमण गर्ने दाउमा हुन्छन् । विचार नपु¥याएमा तत्कालै बिरामी हुन पुगिन्छ । बाह्य तापक्रममा भएको परिवर्तनले चिसोसँगसम्बन्धी विभिन्न रोग लाग्न सक्ने भएकाले सतर्कता अपनाउन सल्लाह दिनुहुन्छ सुझाव दिनुहुन्छ डा निराजन शर्मा ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन गेम्स छनोट: नेपाल मलेसियासँग स्तब्ध

काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ ।  मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...

दस महिनामा एक तिहाइ बजेट खर्च

लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...

अर्थ मन्त्रालयको वेबसाइटबाट आर्थिक विधेयक हटाइएपछि अन्योल, सचिव भन्छन्– जानकारी छैन

काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...

५० युनिटभन्दा बढी विद्युत खपतमा ५ प्रतिशत भ्याट लगाउने निर्णय फिर्ता लिन कलमान घिसिङको माग

काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...

संयोजक प्रचण्ड अस्पताल भर्ना, निमोनियाको शङ्का

काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...

मनाङको खोत्रोमा ट्रक दुर्घटना, दुई जना घाइते

मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...

निर्वाचनको तयारीमा एमाले, ‘मिसन पार्टी जागरण’ पालिका र वडासम्म एमाले नेताहरू परिचालित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...

यो निर्वाचनको परिणाम स्वाभाविक देखिएन, पुराना दललाई विस्थापित गर्ने षड्यन्त्र जारी छ: अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...

महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...

भैंसी चोरीको आरोपमा सप्तरीमा एक युवक पक्राउ

सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending