बागमती । बागमती प्रदेशसभाको दोस्रो कार्यकालको आज बसेको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले राष्ट्रिय सरोकारको विषयमा सेवा भावले काम गर्नुपर्ने बताएको छन् ।
बैठकको प्रथम वक्ता नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले नेपाली कांग्रेस देशको सार्वभौमसत्ता र राष्ट्रियताको दीगो संरक्षणको लागि सधैँ मन, वचन र कर्मले प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै जनप्रतिनिधिहरूले जनताको लागि नै सेवाभाव र उत्तरदायित्व बोध गर्न सके प्रदेशमा पनि सुशासन ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेकपा ९एमाले० का संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेशमा विकासको पूर्वाधारलाई अगाडि बढाउन सङ्घीय सरकारले प्रदेश सरकारलाई समन्वयात्मक भूमिकामा सहयोग प्रदान गर्नुपर्ने खाँचो आँैल्याए ।
बैठकमा नेकपा ९माओवादी केन्द्र० संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले बागमती प्रदेशको हिमाल, पहाड र भित्रि मधेसमा विकासको पूर्वाधारलाई गतिशील प्रदान गर्न राजनीतिक दलमा इमान्दारी आवश्यकरहेको बताए ।
बैठकमा राप्रपाका संसदीय दलका नेता उद्धव थापाले राप्रपाको पहिचान, नीति र सिद्धान्त फरक भए पनि देशको राष्ट्रियता र सार्वभौमसत्तालाई जीवन्त राख्न सबै राजनीतिक दलबीच आपसमा समन्वय र सहकार्य हुनुहपर्ने खाँचो औँल्याए।
नेकपा ९एकीकृत समाजवादी०का नेता कृष्णप्रसाद शर्मा खनालले प्रदेश सरकारले निजामति कर्मचारको मनोबल उच्च पार्न निजामति ऐनलाई अब नयाँ सोर्चा र चिन्तनबाट वर्तमान प्रदेशसभाले पारित गर्नेतर्फ गृहकार्य गर्दै रहेको जानकारी दिए ।
त्यस अवसरमा नेमकिपाका प्रतिनिधि सृजना सैजुले प्रदेशभित्र सुशासन ल्याउन र जनताप्रति उत्तरदायित्व बोध गर्ने क्रममा बहुदलीय व्यवस्था स्थापना भएदेखिनै हालसम्म नेमकिपाले सरकारमा समावेश नभएको उल्लेख गरे।
उक्त अवसरमा हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रराज बज्राचार्यले बागमती प्रदेशको राजधानी हेटौँडाबाट प्रदेशको हिमाली भेग रसुवासम्म जोड्ने सडकलाई उच्च प्राथमिकता दिनुपर्ने भन्दै जनप्रतिनिधिले विकास निर्माणको क्रममा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्नेतर्फ इमान्तारीपूर्वक लाग्नुपर्ने बताए ।
उक्त बैठकमा ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रस्तुत गर्नुभएको प्रदेशसभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको मस्यौदा सर्वसम्मतिबाट पारित भएको थियो । प्रदेशसभाको अर्को बैठक पुस २९ गते दिनको ११ बजे बस्नेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...
पौष ७ गते, २०८२ - १४:१७
काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...
पौष ७ गते, २०८२ - १३:२७
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...
पौष ७ गते, २०८२ - १३:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...
पौष ७ गते, २०८२ - १३:०१
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...
पौष ७ गते, २०८२ - १२:५३
गुल्मी। रेसुङ्गा नगपालिका–८ को एउटा ग्यारेजमा भीषण आगलागी भएको छ । बिक्रम सुनारको सुजता अटो वर्क (ग्यारेज) मा एक्कसी आगलागी भएको हो । अहिले रेसुङा ...
पौष ७ गते, २०८२ - ११:४१
विराटनगर। विदेशी नागरिकले मात्र प्रवेश गर्न पाउने कानुनी व्यवस्था उल्लङ्घन गर्दै क्यासिनोमा नेपालीहरुलाई लुकिछिपी प्रवेश दिएपछि प्रहरीले विराटनगरमा सञ...
पौष ७ गते, २०८२ - ११:३३
सुलीकोट। उत्तरी गोरखाको हिमाली गाउँबस्ती जाडोबढेसँगै फेरि सुनसान बन्दै गएका छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि कठयाङ्रग्रिने चिसो छल्न स्थानीय बासिन्दा...
पौष ७ गते, २०८२ - ११:११
काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्र...




प्रतिकृया लेख्नुहोस्: