Khabar Dabali १५ असार २०८३ सोमबार | 29th June, 2026 Mon
Investment bank

रोनाल्डो आवद्ध भएको अल नासर कस्तो क्लब हो ?

खबरडबली संवाददाता

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरसँग सम्झौता गरे । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले एक महिनाअघि सम्झौता भंग गरेपछि ३७ वर्षे रोनाल्डो अल नासरमा पुगेका हुन् ।

साउदी क्लबसँगको सम्झौता अनुसार उनले वर्षको २० करोड डलर पारिश्रमिक पाउने छन् ।रोनाल्डोलाई २० करोड डलरमा भित्र्याएपछि अल नासले अहिले धेरैको ध्यान तानेको छ र यो क्लब कस्तो हो भन्नेबारेमा खोजी नीति सुरु भएको छ ।

सन् १९५५ मा स्थापित अल नासर साउदी अरबको राजधानी रियादमा रहेको छ । यो क्लब साउदीको शीर्ष डिभिजन क्लब हो । यसले साउदी अरेबियाको शीर्ष लिग साउदी प्रोफेशनल लिग(एसपीएल) खेल्छ । एसपीएलका १८ मध्ये एक क्लब हो अल नासर ।

लिग फुटबलमा साउदीको दोस्रो सफल टिम हो अल नासर । यो क्लबले ९ पटक एसपीएलको उपाधि जितेको छ । यस क्लबले पछिल्लो पटक २०१८–१९ को सिजनमा लिग जितेको थियो । लिगमा अल हिलालले सर्वाधिक १८ पटक उपाधि जितेको छ ।

अल नासरले सन् १९९० मा साउदीको नकआउट कप र ६ पटक किङग्स् कप जितेको छ । लिगमा सर्वाधिक गोलकर्ता रहेका माजिद अब्दुल्लाह पनि अल नासरबाट खेल्छन् । साउदी अरेबियाका पूर्व स्ट्राइकर उनले १८९ गोल गरेका छन् ।

अल नासरको घरेलु मैदान भनेर मसालु पार्कलाई चिनिन्छ, जसको दर्शक क्षमता २५ हजार हो । अल नासर सन् १९९५ मा एसियाको प्रमुख क्लब प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो ।

त्यसयता क्लबले चार पटक एएफसी च्याम्पियन लिगको उपाधि जितेको छ । प्रतिस्पर्धी क्ल अल हिलालले भने अहिलेसम्म २ पटक मात्र एएफसी च्याम्पियन्स लिग उचालेको छ ।

अल नासरको प्रशिक्षक र टिमका खेलाडी

अल नासरको प्रशिक्षकमा फ्रेन्च प्रशिक्षक रुडी गार्सिया छन् । उनले यसअघि लिली, एएस रोमा, ओलम्पिक मार्सेले र ओलम्पिक लियोनिसको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनी जुनमा अल नासरमा आवद्ध भएका थिए ।

एसपीएल क्लबले ८ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था छ । जसमध्ये एउटा खेलमा सात विदेशी खेलाडीले मात्र मैदानमा उत्रिन पाउँछन् ।

अल नासरमा विदेशी खेलाडीको रुपमा क्यामरुनका विश्वकप नायक विन्सेन्ट अबुबकर छन् । उनले विश्वकपमा सर्बियाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । समूह चरणको अन्तिम खेलमा ब्राजिललाई हराउनमा उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

अर्का विदेशी खेलाडीको रुपमा कोलम्बियन गोलकिपर डेविट ओस्पिना छन् । उनले पहिले आर्सनल र नेपोलीबाट खेलेका थिए । ब्राजिलका पूर्व मिडफिल्डर लुइज गुस्तावो पनि अल नासरमा छन् ।

अहिलेको प्रदर्शन

लिगमा अल नासर १० औं चरणका खेलपछि दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अल शबाब भन्दा २ अंकले पछि पर्दै अल नासर दोस्रो स्थानमा छ ।

नासरले २०२३–२४ को एएफसी च्याम्पियनसिप खेल्नका लागि यस पटक लिग च्याम्पियन हुनु पर्छ ।

ल्याउलान् परिवर्तन ?

रोनाल्डोको फुटबल कला र गोल गर्ने क्षमता उत्कृष्ट छ । उनले क्लब फुटबलमा हालसम्म ७०० भन्दा धेरै गोल गरिसकेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनले १०० भन्दा बढी गोल गरिसकेका छन् । 

उनी हाल ८१९ स्ट्राइक रेट सहित गोलकर्ताको सुचीमा शिर्ष स्थानमा छन् । पछिल्लो सिजनमा म्यानचेष्टर युनाइटेडमा निकै उतारचढावको बावजुत पनि उनले प्रिमियर लिगमा १८ खेलमा २४ गोल गरेका थिए ।

उनले कतारमा सम्पन्न विश्वकप २०२२ मा पोचुर्गलबाट लगातार पाँच पटक विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । त्यसपछि भने उनले पोर्चुगिज टिमको पहिलो रोजाइमा कम मौका पाए ।

अल नासरमा गोल गर्नेको समस्या भने छैन । टिमले लिगको १० खेलमा जम्मा २४ गोल गरेको छ, जुन शीर्ष स्थानको क्लब अल शबाबको बराबरी छ ।

– अलजजिराबाट ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending