Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बालबालिकाको भुल्ने र खेल्ने साधन नै ‘मोबाइल’

खबरडबली संवाददाता

कैलाली । कैलालीको भजनीका करन विकका छोरा कक्षा ९ मा पढ्छन् । उनका छोरा आजभोलि किताबभन्दा बढी समय मोबाइलमा भुल्न थालेपछि करनलाई तनाव हुन थालेको छ । छोराले मोबाइलमा विभिन्न एपहरू चलाउने, विभिन्न खेलमा रमाउने गर्न थाल्दा बच्चाको पढाइ बिग्रिएको छ ।

उनले भने, “छोराले मोबाइल बढी चलाउने र  किताब कम पढ्ने गर्न थालेको छ । कोरोना महामारीका बेला अनलाइनमा पढ्थ्यो, पछि लत लागेछ । आजभोलि बच्चालाई मोबाइलमा खेल्ने बानी बसेको छ । उसले किताब छुनै मान्दैन, घर बाहिर साथीहरूसँग पनि खेल्दैन ।”

बालबालिकाको मोबाइलप्रतिको लत देखेर अभिभावक चितिन्त बन्न थालेका छन् । करनजस्तै हरि चौधरीलाई पनि यस्तै तनाव छ । हरिका १३ वर्षीय छोरा पनि मोबाइलमा बढी भुल्न थालेका छन् । 

“मेरो बच्चाको भुल्ने र खेल्ने साधन नै मोबाइल बनेको छ । पहिला फुर्सद हुनेबित्तिकै साथीसँग खेल्न जान्थ्यो”, उनले भने, “आजभोलि स्कुलबाट आउनेबित्तिकै मोबाइल खोज्छ । घरभित्र एक्लै मोबाइलमा व्यस्त हुन्छ ।”

पछिल्लो समय बालबालिका मोबाइलप्रति बढी नै आकर्षित हुन थालेपछि अभिभावक चिन्तित हुन थालेका छन् । बालबालिकालाई खुसी राख्न मोबाइल दिएका अभिभावक अहिले पछुताउन थालेका छन् । मोबाइलको गलत प्रयोग हुँदा अभिभावकलाई समस्या हुन थालेको छ ।

बढ्दो आधुनिकतासँगै बालबालिकामा मोबाइलको प्रयोगले अभिभावक चिन्तित बन्दै छन् । पछिल्लो समय बालबालिकाको खेलौना र साथी नै मोबाइल बन्न थालेको छ । कतिपय अवस्थामा बालबालिकालाई खाना खुवाउँदा पनि मोबाइल चाहिने अभिभावकको गुनासो छ । 

“आफू काममा व्यस्त रहँदा बच्चालाई मोबाइल दिएर भुलाएँ, आजभोलि खाना खाँदा पनि मोबाइल चाहिन्छ”, टीकापुरकी बन्दना धामीले भने, “बच्चाको क्रियाकलाप देखेर अहिले त चिन्ता बढेको छ । बच्चा मोबाइलबिना केही गर्न मान्दैन ।”

जानकी गाउँपालिकाकी जानकी न्यौपाने आफ्ना बच्चामात्र होइन, छिमेकीका बच्चा देखेर पनि आफू पीडामा रहेको बताइन् ।  “विगतमा घर नजिकैको चौरमा स्कुलपछि बालबालिका फुटबललगायतका विभिन्न खेल खेल्थे, आजभोलि चौर खाली हुन्छ”, उनले भनिन्, “अचेल घरघरमा बालबालिका मोबाइल, टेलिभिजनमा भुलेका हुन्छन्, बालबालिका विद्यालय जान्छन्, विद्यालयबाट फर्केपछि कोठाभित्रै विभिन्न प्रविधि चलाएर बस्छन् ।”

अभिभावकहरू बालबालिका घरभित्रै बस्दा सामाजिक हुन नसक्ने चिन्ता व्यक्त गर्छन् । बालबालिकामा मोबाइलप्रतिको आकर्षण बढ्दै जानुमा अभिभावक नै जिम्मेवार भएको एक मनोसामाजिक परामर्र्शकर्ता धनराज विकको भनाइ छ । अभिभावककै कमजोरीका कारण उनीहरूमा भोलिका दिनमा विकराल समस्या आउन सक्ने उनले बताए । 

मोबाइल चलाउनु नराम्रो होइन । मोबाइल, कम्प्युटर चलाएर, टेलिभिजन हेरेर ज्ञान लिन सके राम्रै हुन्छ । मोबाइल तथा सामाजिक सञ्जालबाट सही सूचना र सही ज्ञान लिएमा जीवनमा काम लाग्छ तर यसलाई लतका रूपमा प्रयोग गरेमा बेफाइदा हुनेमा सचेत हुन आवश्यक छ । 

बालक रुनेबित्तिकै उसलाई फकाउन मोबाइल दिनुको साटो उनीहरूलाई विभिन्न आकर्षक चित्र देखाएर र उनीहरूसँगै खेलेर अनि समय दिएर यस्तो प्रवृत्तिलाई न्यूनीकरण गर्न सकिने टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीको सुझाव छ । 

“विभिन्न रमाइला चित्र भएका पुस्तक दिने, कथा सुनाउने, ज्ञानवद्र्धक चलचित्र देखाउने गर्न सकिन्छ”, उनले भने, “बढी मोबाइल चलाएमा स–साना बालबालिकामा विभिन्न मस्तिष्क र आँखासम्बन्धी समस्या हुनसक्ने जोखिम रहेकाले समयमै सचेत बन्न आवश्यक छ ।” रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending