Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

वर्तमान सरकार आधारभूत वर्गको हो : मन्त्री भण्डारी

खबरडबली संवाददाता

काठमाडौ । बिना विभागीयमन्त्री दामोदर भण्डारीले वर्तमान सरकार आधारभूत वर्गको भएको बताएको छन् । 

काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित नेपाल टेलरिङ व्यवसायी महासङ्घको चारदिने ‘सीप सम्मेलन–२०७९’ एवं तालिम तथा सीप सप्ताहको उद्घाटन समारोहमा उहाँले वर्तमान सरकार जनमुखी एवं आधारभूत वर्गको श्रम र सीपमा विश्वास गर्ने सरकार भएको दाबीसमेत गरे । 

“जनमुखी वर्तमान सरकार आधारभूत वर्गको श्रम र सीपमा विश्वास गर्ने सरकार हो, श्रम र सीपमा न्याय नपाउनेलाई सम्मानका साथ सम्बोधन गर्नेछौँ”, मन्त्री भण्डारीले भने। उहाँले आधारभूत वर्गको वर्गको हितमा लागेकाले आफूलाई पश्चिमका नागरिकले जनमत दिएको बताए। 

समृद्धिको यात्रा तय गर्ने क्रममा आधारभूत वर्गले न्याय पाउँदा श्रम र सीपको मूल्य पनि सरकारले बुझ्नुपर्ने उहाँको धारणा थियो । मन्त्री भण्डारीले भिन्न विचार भएका दललाई एकीकृत आकार दिई साझा मुद्दामा दललाई सहभागी गराएर वर्तमान सरकार निर्माण प्रक्रिया अघि बढेको उल्लेख गर्दै हाल पूर्णताः नपाएको सरकारले विश्वास प्राप्त गर्नुपूर्व सहमति गरेर अघि बढ्ने बताए । “अहिलेको सरकार जनादेशबाटै तयार भएको हो, हामी न्यूनतम साझा उद्देश्य र लक्ष्य तय गर्दैैछौँ, साझा अवधारणा बनेपछि सरकारको यात्रा तय हुनेछ, अहिलेको कार्यक्रम यो हो भनेर जान्छौँ”, उनले भने ।  

मन्त्री भण्डारीले विश्व बजारमा नेपालको जनशक्ति, श्रम र सीपले बजार प्राप्त गर्नुपर्नेमा त्यसो नभइरहकोमा दुःख व्यक्त गर्दै नेपाली बजार आयातितमा मात्रै निर्भर हुन नहुने बताए । उनले भने, “नेपाली श्रम र सीपका वस्तु निर्यात गरी विदेश तयारी वस्तुलाई निरुत्साहित गर्नुपर्ने आजको आवश्यकता हो ।” उहाँले सरकारले नयाँ बजेट बनाउँदा नयाँ पन, नेपाली मन, राष्ट्रियता तथा मौलिकता झल्किने सीपलाई प्रवद्र्धन गर्ने बताए । 

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्य, पनौती नगर उपप्रमुख गीता बञ्जारा, नेपाल कपडा तथा सिलाई व्यवसायी महासङ्घका पूर्वअध्यक्ष विदुर बज्राचार्य, नेपाल उद्योग वाणिज्य महासङ्घका बागमती प्रदेश उपाध्यक्ष दुधराज श्रेष्ठ, काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेलगायतले शुभकामना व्यक्त गरेको थिए । 

सो अवसरमा महासङ्घका अध्यक्ष गोपाल परियारले नेपालीको जनसङ्ख्यामध्ये ३३ प्रतिशत स्कुल, कलेजका विद्यार्थी र कर्मचारीले बर्सेनि पोसाक लगाउने भएकाले यस व्यवसायमा सोहीअनुसारको सीपयुक्त जनशक्ति पूर्ति नभएको गुनासो गर्नुभयो । सम्मेलनमा एक सय ५० व्यवसायी सहभागी छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रौतहटमा फैलियो झाडा पखला

रौतहट । रौतहटको स्थानीय राजपुर नगरपालिका क्षेत्र अन्तर्गत झाडा पखालाको प्रकोप फैलिएको छ भने केहीमा हैजाको जस्तो संकेत देखिएको छ । राजपुर ३ र ४ मा झ...

अमेरिकामा पनि मनाइयो संविधान दिवस

टेक्सस। अमेरिकास्थित नेपाली राजदूतावासले ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाएको छ । वासिङ्गटन डिसीस्थित नेपाली राजदूतावासको सभाकक्षम...

नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी

तम्घास । एक हप्तामा जिल्ला प्रशासन कार्यालय गुल्मीबाट नागरिकता बनाउनेभन्दा राहदानी बनाउने बढी छन्। ८५ जनाले एक हप्ताको अवधिमा नयाँ नागरिकता बनाउँदा...

मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

एसियाली विकास बैंकबाट प्राप्त हुने २२ अर्ब ८९ करोड बराबरको ऋण स्वीकार

रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

काठमाडौँ । सहकारी ठगिको आरोपमा हिरासतमा रहेका कुमार रम्तेलले रवि लामिछाने सहकारीको ऋणी भएको बयान दिएका छन् । संसदीय छानबिन समितिमा रम्तेलले दिएको बयान...

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित समयका लागि स्थगित

धनगढी। सुदूरपश्चिम प्रदेश सभाको बैठक अनिश्चित समयका लागि स्थगित भएको छ ।  शुक्रबार  दिउँसो २ बजे प्रदेश सभा बैठक बोलाइएको थियो । उक्त बैठक कारणवश अ...

भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउदै अलआउट भएक...

इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त

काठमाडौँ । इजरायलले आफ्नो लडाकु विमानले हिजबुल्लाहका १०० भन्दा बढी रकेट लन्चरलाई निशाना बनाएको जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ) का अनुसार यी लन्चर...

गाजामा भएको इजरायली आक्रमणमा निर्दोष नागरिकको मृत्यु

गाजा । गाजा पट्टीका विभिन्न स्थानहरूमा बिहीबार राती इजरायले गरेको हवाई आक्रमणमा परी कैयौँ प्यालेस्टिनीहरू मारिनुका साथै केही घाइते भएका छन् । इजराय...

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy