काठमाडौ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय तहले कृषि उत्पादनयोग्य जमिनको संरक्षण गर्न नसकेको बताएको छन्। आज यहाँ आयोजित नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको १५औँ वार्षिक साधारणसभामा उनले जग्गाको खण्डीकरण र बस्ती विस्तार रोकिनुपर्ने बताए ।
उनले भने, “कृषियोग्य जमिन खुम्चिदैछ, जग्गा खण्डीकरण गरी प्लटिङ बढ्दो छ ।” उनले कृषियोग्य जमिन अभाव भइरहेको भन्दै सहकारी संस्थाले सामूहिक कृषिखेतीमा जोड दिनुपर्ने बताए । सहकारीमार्फत् प्रत्येक जिल्लामा एउटा सामूहिक कृषिजन्य सामग्री उत्पादन कार्यक्रम सुरु गर्न उहाँले आग्रह गरे । सामूहिक खेतीमार्फत् कृषि उद्यमशिलता बढाउन सके व्यापार घाटा कम गराउन सकिने उनको भनाइछ ।
नेपालमा मात्रै उत्पादन हुने उपज र वस्तुको पेटेन्ट दर्ता हुनुपर्ने उनले बताए । कृषि उत्पादनलाई निर्यातमुखी बनाउन अर्ग्यानिक उत्पादन, विज्ञ जनशक्तिको सहभागिता र प्रविधिको प्रयोग बढाउनुपर्ने उनको भनाइ छ । उनले किसानमुखी कानून निर्माण हुनुपर्नेमा जोड दिए।
नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले किसानले मल र बिउ समयमा नपाउने, सिँचाइको अभाव र कृषि प्राविधिक जस्ता समस्या किसानले भोगिरहेको गुनासो गरे । उनले कृषि तालिम तथा अनुसन्धान केन्द्रको निर्माण गर्न सरकारले सहयोग गर्नुपर्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...
जेष्ठ १६ गते, २०८३ - १५:०२
लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...
जेष्ठ १६ गते, २०८३ - १४:५१
काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...
जेष्ठ १६ गते, २०८३ - १३:२९
काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...
जेष्ठ १६ गते, २०८३ - १३:२२
काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...
जेष्ठ १६ गते, २०८३ - १३:१४
मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...
जेष्ठ १६ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...
जेष्ठ १६ गते, २०८३ - ११:४१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...
जेष्ठ १६ गते, २०८३ - १०:५८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...
जेष्ठ १६ गते, २०८३ - १०:४५
सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...



प्रतिकृया लेख्नुहोस्: