काठमाडौ । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवङ्गत बिमितका परिवारलाई रु एक करोड मृत्यु दाबी रकम भुक्तानी गरेको छ । आज बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवङ्गत कृष्ण बरुवालको परिवारलाई रु एक करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो ।
सिटिजन शुभारम्भ बीमा योजनाअन्तर्गत गत असार ३१ गते जीवन बीमा गर्नुभएका बरुवालको गत मङ्सिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचका क्रममा ढिस्काले पुरिएर मुत्यु भएको थियो । रु ५० लाखको बीमालेख पोलिसी खरिद गर्नुभएका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम रु ५० लाख, दुर्घटना मृत्यु लाभवापतको रकम र रु ५० लाख र किरिया खर्चवापतको रु ५० हजार गरी एकमुष्ठ रु एक करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिए ।
उहाँका अनुसार २० वर्षको पोलिसी खरिद गर्नुभएका बरुवालले प्रत्येक वर्ष रु दुई लाख ६५ हजार तीन सय ५७ प्रिमियम तिर्ने गरी बीमा गरेको थियो भने एक वर्षको मात्रै रकम उहाँले भुक्तानी गरेको थिए । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्यु दाबी रकमको चेक हस्तान्तरण गरेको थिए ।
कार्यक्रममा कलाकारद्वय श्रेष्ठ र आचार्यले जीवन बीमा भविष्यको बचत र आपत्को सहयोगी भएकाले यसको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकामा जोड दिए। “मानिसको जीवनको आफैँमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महँगो छ, कम्तीमा आफूले सक्ने क्षमताको बीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, बिरामी हुनै नपरे भविष्यमा बचतको रूपमा फिर्ता पाइन्छ”, श्रेष्ठले भने ।
अर्का कलाकार आचार्यले हरेक नागरिकको जीवनमा आर्थिक जोखिमलाई कम गर्न बीमाले महत्वपूर्ण सारथीका रूपमा काम गरेको उल्लेख गर्दै समुन्नत समाजमा सरकारले नै नागरिकको जीवन बीमामा सहयोग र प्रेरित गर्ने बताए।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पौडेलले नागरिकका चिन्ता र चुनौतीलाई व्यवस्थापन गर्ने सोचका साथ बीमाको अवधारणको विकास भएको उल्लेख गर्दै बीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिए। उनले नयाँ कम्पनीको रूपमा स्थापित भएको सिटिजन लाइफले बिमितमा नवीन, नयाँ र आकर्षक सुविधासहित आएको बताए।
कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत भुषण रिमाल र सुनिल पोखरेल, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, शाखा प्रमुख भावना पोडेल सुवेदीलगायतको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटको सेमिफाइनल पराजित भएको छ । मलेसियाको बायुमास ओभल मैदानमा शनिबार भएको खेलमा नेपाल घर...
जेष्ठ १६ गते, २०८३ - १५:०२
लेखनाथ। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी हुँदा गण्डकी प्रदेश सरकारको बजेट खर्च निकै कम देखिएको छ । गण्डकी सरकारले अहिलेसम्म १० अर्ब ५८ करोड खर्च गर...
जेष्ठ १६ गते, २०८३ - १४:५१
काठमाडौं । अर्थ मन्त्रालयले शुक्रबार बजेट भाषणपछि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको आर्थिक विधेयक शनिबार दिउँसो हटाएको पाइएको छ । बजेट सार्वजनिक भएपछ...
जेष्ठ १६ गते, २०८३ - १३:२९
काठमाडौँ । काठमाडौंमा उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कलमान घिसिङ ले मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्र...
जेष्ठ १६ गते, २०८३ - १३:२२
काठमाडौँ । काठमाडौं मा नेपाल कम्युनिस्ट पार्टी (नेपाल कम्युनिस्ट पार्टी) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) अस्पताल भर्ना भएका छन्। उनको सचिवालयका ...
जेष्ठ १६ गते, २०८३ - १३:१४
मनाङ । मनाङ को खोत्रो क्षेत्रमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। प्रारम्भिक जानकारीअनुसार सडकबाट अनियन्त्रित भई ट्रक दुर्घटनामा परेको हो...
जेष्ठ १६ गते, २०८३ - १२:०४
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेताहरूको कार्यविभाजनसँगै प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्रता दिएको छ। शुक्रबार जारी गरि...
जेष्ठ १६ गते, २०८३ - ११:४१
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका राजनीतिक दलहरूलाई विस्थापित गर्ने षड्यन्त...
जेष्ठ १६ गते, २०८३ - १०:५८
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बता...
जेष्ठ १६ गते, २०८३ - १०:४५
सप्तरी । दुईवटा भैंसी चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–५ जाँजर निवासी ...



प्रतिकृया लेख्नुहोस्: