Ntc summer Offer
Khabar Dabali २ असार २०८२ सोमबार | 16th June, 2025 Mon
Investment bank

आगामी चैत ५ गते स्ववियु निर्वाचन

खबरडबली संवाददाता

काठमाडौ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय गरेको छ । आज बसेको त्रिवि कार्यकारी परिषद्ले सो निर्णय गरेको त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार परिषद्ले नै स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति गठन गर्नेछ । समितिले स्ववियु कार्यतालिका प्रकाशन गर्नेछ । यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । उनले विद्यार्थी कल्याण परिषद्ले सिफारिस गरेअनुसार नै स्ववियु निर्वाचन गर्ने निर्णय गरेको बताउनुभयो ।
 
सबै विद्यार्थी सङ्गठनको सल्लाह र परीक्षा, भर्ना कार्यतालिकालाई असर नपर्ने गरी विद्यार्थी कल्याण परिषद्ले निर्वाचनको मिति तय गरेको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि कार्यकारी परिषद्ले निर्णय गरेसँगै आफू अब स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताउनुभयो । 

त्रिविले स्ववियु निर्वाचनका सम्बन्धमा त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौ वटै सङ्कायका डीन र परीक्षा नियन्त्रक तथा सबै विद्यार्थी सङ्गठनका अध्यक्ष छलफल गरेको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटकपटक पहल गरे पनि हुन सकेको छैन । त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । प्रत्येक दुईरदुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन नसकेको हो । 

विसं २०६५ साल चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो । त्यतिबेला देशैभरी त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस ९आरआर०, जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो । यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ वटा आङ्गिक क्याम्पसमा निर्वाचन हुन नसकेको थिएन । त्रिबीमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन् । स्ववियु निर्वाचन २८ वर्ष उमेरहदवन्दी र मिश्रित निर्वाचन प्रणाली लागु गरिएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजस्व चुहावट नियन्त्रण गरी लक्ष्यअनुरुप राजस्व उठाउनुपर्छ: सांसद आचार्य

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद भीमप्रसाद आचार्यले राजस्व चुहावटलाई नियन्त्रण गर्नसक्ने हो भने लक्ष्यअनुसार राजस्व उठाउन सकिने धारणा...

महासचिव वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौँ। क्राान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्यमा सुधार देखिएको छ ।  दुई हप्तादेखि त्रिवि शिक्षण अस्पतालको सघन उप...

११ महिनामा १० खर्ब बढी राजस्व संकलन, गत वर्षको भन्दा ८८ अर्ब बढी

काठमाडौं । चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ जेठ ३१ गतेसम्म संकलित राजस्व गत ...

प्रमुख प्रतिपक्षी सहमतिमा आइसक्यो, अब रास्वपालाई पेलेरै जानुपर्छ भन्ने नठान्नहोला : वर्षमान पुन

काठमाडौँ । प्रमुख प्रतिपक्षी माओवादीका उपमहासचिव वर्षमान पुनले रास्वपाका सांसदहरुले संसद्को वेल घेराउ गरिरहेको बेला सत्तारुढ दलहरू संयमित भएर प्रस्तुत...

कञ्चनपुरमा श्रीमानले गरे श्रीमतीको हत्या, अर्घाखाँचीमा श्रीमतीले गरिन् श्रीमानको हत्या

काठमाडौं। देशका विभिन्न स्थानबाट हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कञ्चनपुरमा आफ्नै श्रीमती ४८ वर्षीया जुना देवी सुनारको हत्या गरेको ...

बागमतीको बजेट साँझलाई सर्यो

हेटौँडा। बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट साँझ घोषणा हुनेछ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले प...

नेप्सेमा सुधार, साढे ११ अर्बको सेयर कारोबार

काठमाडौँ । साताको पहिलो अर्थात आइतबार नेप्से परिसूचक झिनो अंक (०.४७ अंक)ले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा ०.०१ प्रतिशतले बढ्दा समग्र...

भिजिट भिसा र अग्नि सापकोटाको मुद्दाबारे माओवादीले लेनदेन गरेको छैन: वर्षमान पुन

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले माओवादी भिजिट भिसाको समस्या समाधान गर्ने पक्षमै रहेको बताएका छन् । ।  आइतबार प्रतिनिधि स...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद योगेशकुमार भट्टराईले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलीबृज भाँचिएकाले तत्काल त्यहाँ अर्को पुलको व...

वेल अगाडि पलेंटी कसेर रास्वपा सांसदहरूको विरोध

काठमाडौं । नाराबाजीकाबीच प्रतिनिधिसभाको बैठक नलाउन प्रतिपक्षी दलहरूले गरेको विरोधलाई सभामुख देवराज घिमिरे पेलेरै अगाडि बढेका छन् । प्रतिपक्षमा रहेक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending