Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बर्दिबास अस्पताल : सेवा विस्तारले जगायो उपचार पाउने आश

खबरडबली संवाददाता

महाेत्तरी । सरकारी स्वास्थ्य संस्थाको सेवाप्रति आमरूपमा निराशा बढेकै बेला महोत्तरीको बर्दिबास अस्पतालप्रति भने सर्वसाधारणको भरोसा बढ्न थालेको छ। बर्दिबास-२ बुद्धचोकस्थित बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय उपचार सेवा पाउने आश बढेको हो।

बर्दिबास अस्पतालले बुधबारमात्रै विज्ञ चिकित्सक र अत्याधुनिक उपकरणसहितको सेवा थपेको छ। अस्पतालले जनरल ओपिडी सेवा, इमर्जेन्सी सेवा र प्रसूति तथा महिला रोग सेवा दिँदै आएको थियो। यी सेवामा जनशक्ति अभावले उपचार प्रभावित हुँदै आएको थियो ।

अब बर्दिबास नगरपालिकाले दक्ष जनशक्ति थप गर्दै हाडजोर्नी तथा नसा रोग, शल्यक्रिया, नवजात शिशु स्याहार, दाँत, मुख तथा गिँजासम्बन्धी समस्या, ल्याब, एक्सरे, भिडियो एक्सरे, इसिजी, फार्मेसी, स्वास्थ्य बीमासहितको सेवा विस्तार गरेको छ।

अस्पतालले ज्येष्ठ नागरिक स्याहार केन्द्र, एकीकृत हिंसा व्यवस्थापन, सामाजिक सुरक्षा, परिवार नियोजन, सुरक्षित गर्भपतन, किशोर-किशोरी, क्षयरोग उपचार, परामर्श तथा प्रेषण, सम्पूर्ण शरीरको जाँचसहितका सुविधा बढाएर नियमित गर्न लागेको छ। “अस्पतालका सेवा गुणस्तरीय र नियमित बनाउने भएपछि आफ्नै ठाउँमा उपचार गर्न सहज हुने आश जगाएको छ”, बुद्धचोकका उमेश आचार्य भन्छन्।

बर्दिबास नगरपालिका, अस्पताल व्यवस्थापन समिति र समुदायको राम्रो साथ रहेकाले प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा कृष्णा महर्जन बताउँछन्। अस्पतालले अत्यावश्यक सेवा थपेर सोअनुसारको भौतिक र दक्ष जनशक्तिको व्यवस्थापन गरेपछि यस भेगमा सर्वसुलभ उपचार सेवा पाउने आश बढेको छ।

“साना–तिना स्वास्थ्य समस्यामा पनि पैसाकै अभावले उपचार गराउन नसकिने अवस्था अब रहने छैन”, बर्दिबास–२ की पवित्रा खड्का भन्छिन्, “सुत्केरी हुने, गराउने बेला महँगा निजी अस्पतालमा पुग्नु नपरे पनि ठूलो राहत हुनेछ।”

अस्पतालले घोषणा गरेर प्रारम्भ गरेको सेवाले यो ठाउँ अब बर्दिबास नगर क्षेत्रमात्र नभएर छिमेकका भङ्गाहा, औरही र गौशाला नगर क्षेत्रसँगै छिमेकी जिल्ला धनुषाका मिथिला, सर्लाहीका ईश्वरपुर एवं लालबन्दी एवं सिन्धुलीका कमलामाई तथा दुधौली नगरपालिकासम्मका सेवाग्राहीका लागि भरपर्दो उपचार केन्द्र बन्ने विश्वास गरिएको छ।

धनुषाको मिथिला, सर्लाहीका ईश्वरपुर र लालबन्दी तथा सिन्धुलीका कमलामाई र दुधौली बर्दिबास नगरपालिकासँग जोडिएका नगरपालिका हुन्। बर्दिबास नगरपालिकाले सेवासँगै अस्पतालको भौतिक संरचना पनि बढाउँदै लगेको छ।

अस्पताल भवनमा यसअघि ५२ कोठा थिए। अब सेवा विस्तारसँगै कोठा थप्न थालेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयनारायण शर्मा बताउँछन्। पचास शय्याको अस्पतालमा अहिले चिकित्सक, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारी र परिचारिकासमेत गरी ८३ जना कार्यरत छन्। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेनाले माग्यो २५ सय पदमा दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ। शुक्रबार सार्वजनिक सूचना प्रकाशन गरी जंगी अड्डाले रिक्त विभिन्न पदमा दरखास्त...

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो ।  ...

विपिन जोशीका बुवाआमालाई प्रधानमन्त्रीले भने- सकारात्मक परिणाम आउनेमा आशावादी छु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास बाल...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक ...

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, दुलहासहित ३२ घाइते

काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ४ स्थित प...

भारतमा लोकसभा निर्वाचन- पहिलो चरणमा २१ राज्यका १०२ सिटमा मतदान

काठमाडौं । भारतमा लोकसभा चुनाव अन्तर्गत पहिलो चरणको मतदान शुक्रवार बिहान सात बजेबाट सुरु भएको छ। सात चरणमा हुने यो निर्वाचन अन्तर्गत पहिलो चरणमा १०...

आगलागी हुँदा सात बिघा जमिनमा लगाएको गहुँ खेतमै जल्यो

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा सात बिघाभन्दा बढी जमिनमा लगाएको गहुँ नष्ट भएको छ । दोधारा चाँदनी...

निजी विद्यालयलाई महानगरको चेतावनी- एक महिनाको भन्दा बढी शुल्क लिइ भर्ना गराए कारबाही हुन्छ

काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त शुल्क लिए कारबाही गर्ने जनाएको छ । महानगरपाल...

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ ।  डोल्पा, जाजरकोट, रुकुमपश्चिमलाई जोड्ने...

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies