Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

राष्ट्रपति दलीय कि गैरदलीय ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रपतिको निर्वाचन मिति तोकिए पनि दलहरूले कसलाई राष्ट्रपति बनाउने विषयमा निष्कर्ष निकाल्न सकेका छैनन्। 

सत्तारुढ दल नेकपा एमालेले भागबण्डाका आधारमा राष्ट्रपति एमालेले पाउने दाबी गर्दैगर्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चुनिने बताइरहेका छन्। त्यतिमात्र होइन माओवादी बैठकबाटै राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निष्कर्ष निकालेको छ। जसका कारण एमाले संशकित बनेको छ। 

यता निर्वाचनबाट ठूलो दल बनेको नेपाली कांग्रेसले पनि राष्ट्रपतिमा दाबी गर्दै आएको छ। केहीअघि महामन्त्री विश्वप्रकाश शर्माले सभामुखमा आफूहरू पराजित भए पनि राष्ट्रपति आफूहरूले भनेकै मान्छे हुने दबी गरे। उनको आश्य गैरदलीय व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ भन्ने हो।

२५ पुसमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच पनि यही विषयमा मौखिक सहमति भएको बताइन्छ। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने र कांग्रेसलगायत दलहरूकै समझदारीमा राष्ट्रपति बनाउने आश्वासन दिएका थिए। प्रचण्डको प्रस्ताव स्वीकारे गरेरै कांग्रेसले २६ पुसमा विश्वासको मत दिएका थिए। त्यसयता भएको सर्वदलीय बैठकमा पनि कांग्रेसलगायत दलहरू सहभागी भएका छन्। 

माओवादीका स्थायी समिति सदस्य नारायण दाहालले राष्ट्रपतिमा पार्टीभन्दा माथि उठेर देशको नेतृत्व गर्नसक्ने पात्रको खोजी भइरहेको बताए। 'हामीले तात्कालिकभन्दा दीर्घकालीनरूपमा राजनीतिक स्थिरता खोजेका छौं। देशलाई निकास दिन, देशलाई स्थिरतामा लैजानका निम्ति त्यस्तो पात्र खोजेका हौं,' उनले भने। 

उनले गैरदलीय भन्न नचाहे पनि सबैलाई स्वीकार्य हुने व्यक्तिको खोजी गरेको बताए। पोल्टिकल चेतनाचाहिँ हुनुपर्छ भनेका छौं। जसले राष्ट्रिय एजेण्डालाई बुझोस्,' उनले थपे। 

कांग्रेसका एक पदाधिकारीले भने ननपोलिटकल भए पनि कांग्रेसकै प्रस्तावमा नयाँ राष्ट्रपति बन्ने दाबी गरे। उनले त्यसका लागि कांग्रेसले गृहकार्य सुरु गरिसकेको बताए। 'निर्वाचनको परिणामले पनि कांग्रेसले राष्ट्रपतिको कार्यभार सम्हालोस् भन्ने थियो। तर गठबन्धन जेजसरी बने पनि राष्ट्रपति कांग्रेसले भनेकै व्यक्ति हुन्छ। त्यो चाहे पोलिटिकल होस् या ननपोलिटिकल,' ती पदाधिकारीले कांग्रेससँग भने। 

दलीय राष्ट्रपति हुँदा पार्टीको स्वार्थ जोडिने भएकाले गैरदलीय व्यक्तिको विषयमा बहस सिर्जना भएको हुनसक्ने विश्लेषकहरू बताउँछन्। जसको दृष्टान्त नागरिकतालगायत विधेयकहरू भएको उनीहरूको भनाइ छ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएका अध्यादेश र दुवै सदनबाट पास भइसकेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो।  यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: