हेटौँडा । मकवानपुरको हेटौँडास्थित वन विज्ञान अध्ययन संस्थानको हाताभित्र रहेको सङ्ग्रहालय संरक्षणको अभावमा प्रयोगविहीन अवस्थामा छ ।
हेटौँडामा वन पैदावार र वन्यजन्तुको संरक्षण तथा अध्ययन गर्नका लागि निर्माण गरिएको पुस्तकालयसहितको सो सङग्रहालय संरक्षणको पर्खाइमा छ । मित्रराष्ट्र भारत सरकारको सहयोगमा २०६३ सालमा निर्माण भएको सो सङ्ग्राहलयको संरक्षणका लागि पटक–पटक माग भए पनि सम्बन्धित निकायले कुनै चासो नदेखाएको यहाँ अध्ययनरत् विद्यार्थी बताउँछन् ।
भारतको रु दुई करोड ६० लाख लागतमा निर्माण भएको सो सङ्ग्राहलय सुरुआतमा सञ्चालनमा आए पनि पछि संरक्षण र प्रचार–प्रसारको अभावमा ओझेलमा परेको हो । यहाँ रहेका महत्वपूर्ण सामग्री तथा संरचना संरक्षण अभावमा जीर्ण भइसकेका छन् ।
सङग्रहालयभित्र पुस्तकालय, वन विज्ञान, जडीबुटी, चराचुरुङ्गी, जनावर तथा वन्यजन्तुका अवशेष अध्ययन तथा अवलोकनका लागि राखिएका छन् । सङ्ग्रहालयलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सकेमा आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।
त्रिभुवन विश्वविद्यालय डिनको कार्यालयको बेवास्ताले न त सङ्ग्रहालय विद्यार्थीका लागि उपयोगी भएको छ न अवलोकनकर्तालाई नै आकिर्षत गर्न सकिएको छ ।
त्रिभुवन विश्वविद्यालयको वन विज्ञान अध्ययन संस्थान र कृषि वन विज्ञान विश्वविद्यालयको बीचमा रहेको सो सङ्ग्रहालयको संरक्षणमा सरकारले र त्रिभुवन विश्वविद्यालयले चासो नदिएकाले लथालिङ्ग भएको वन विज्ञान अध्ययन संस्थानका कर्मचारीको गुनासो छ ।
सङ्ग्रहालयका प्रमुख राजबाबु पहाडीले सरकारले प्राथमिकतामा नराखेकाले सङ्ग्रहालयले गति नलिएको बताए। “बजेटको अभाव भएको छ”, उनले भने। त्रिभुवन विश्वविद्यालयअन्तर्गत डिनको कार्यालयबाट सञ्चालित सङ्ग्रहालयको संरक्षणका लागि पटक–पटक ध्यानाकर्षण गराए पनि बेवस्ता गरिएको उनको भनाइ छ । यहाँ कर्मचारीको समेत अभाव छ ।
वनविज्ञान अध्ययन संस्थानले विद्यार्थीको अध्ययनका लागि कक्षा कोठा, फर्निचर तथा भवन मर्मत गर्नुका साथै तारबार गरी सरसफाइमा जोड दिएको छ । हाताभित्र हाल शैक्षिक भवनको अगाडि सरस्वतीको मूर्ति स्थापित गरिएको सो संस्थानका प्रमुख शिवकुमार महाजनले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: