काठमाडौं । चितवन २ बाट निर्वाचित रवि लामिछानेको सांसद पद अदालतले खारेज गरिदिएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले स्वतः विजयीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिने भएका छन् ।
श्रेष्ठले आइतबार विहान ११ः३० बजे निर्वाचन आयोगमा निवेदन दर्ता गर्ने उनको सचिवालयले जनाएको छ ।
यसबारे उनले आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । लामिछानेले कांग्रेसका नेता एवम् तत्कालीन राज्यमन्त्री श्रेष्ठ र नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई तेब्बर मान्तरले पराजित भएका थिए ।
कांग्रेसका श्रेष्ठ लामिछानेसँग ३४ हजार ३१२ मतले पराजित भएका थिए । पाँच दलीय गठबन्धन साझा उम्मेदवार श्रेष्ठले जम्मा १४ हजार ९८८ मत मात्र पाएका थिए ।
तर लामिछाने नागरिकता सम्बन्धि मुद्दाबारे सर्वोच्च अदालतको फैसलाले ७२ दिनमै पदमुक्त भएका थिए । लामिछानको रास्वपाले भने तत्काल उपनिर्वाचन गर्न माग गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०७९ - ०९:३८
सीले पुटिनलाई भने- तपाईँको नेतृत्वमा रुसले ठूलो प्रगति गरेको छ
चैत्र ७ गते, २०७९ - ०९:२३
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय विभेद अन्त्य गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय...
चैत्र ७ गते, २०७९ - ०९:१४
कैलाली । कैलालीको दक्षिणपूर्वी क्षेत्र जोशीपुर गाउँपालिका–७ मा गए राति से १ च ८८७० नंको ट्रलीसहितको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ...
चैत्र ७ गते, २०७९ - ०८:५८
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएसँगै सत्ता गठबन्धन आबद्ध दलहरूले सरकारको पूर्णताका विषयमा छलफल गर्ने भएका छन्। ...
चैत्र ७ गते, २०७९ - ०८:३९
काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयक सङ्घीय संसद्मा प्रस्तुत गरे पनि त्यसले सार्थक परि...
चैत्र ७ गते, २०७९ - ०८:०५
काठमाडौं । काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा भइरहेको छ। आज बिहान पनि काडमाडौं उपत्यकामा हल्का वर्षा भएको छ। काठमाडौं उपत्यकासहित पहाडी क्षेत्र...
चैत्र ७ गते, २०७९ - ०७:५८
काठमाडौं । काठमाडौं उपत्यकामा आज (मंगलबार) घोडेजात्रा पर्व मनाइँदै छ। घोडेजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। घोडेजात्...
चैत्र ७ गते, २०७९ - ०७:५२
महेन्द्रनगर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भ...
चैत्र ७ गते, २०७९ - ०७:४७
काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते दुई क्षेत्रमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ। आयोगले तनहुँ क्षेत्र...
चैत्र ७ गते, २०७९ - ०७:३८
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मंगलबार गोरखा जाने भएका छन् । पालुङटार नगरपालिकाको बिमिरेमा पन्थहिटी-कटहरे-हर्मी-साहिलटार सडक स्तरोन्न...
प्रतिकृया लेख्नुहोस्: