Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

पर्खालमा ‘कला र सौन्दर्य’

\"wall चितवन । मध्याह्नको चर्को घाम । तरतरी पसिना चुहिएको छ । दश पन्ध्र जना कलाकार उक्त पर्खाल कोर्दैछन् । रङ्ग्याउँदै छन् । कला अनि सौन्दर्य भर्दैछन् । उनीहरुलाई घामको रापले झन् शीतलता प्रदान गरे झैँ देखिन्छ । जिविस चितवनको परिसर पर्खालमा आज यस्तै यस्तै दृष्यले मनमोहक देखियो । हेर्ने दर्शक, कवि र कलाकार मोहित भए । कवि द्वारिका नेपाल भन्छन् – ‘यो सार्वजनिक पर्खालमा कला कोर्ने अभियान आफैँमा सुन्दर कार्यक्रम हो ।’ नजिकै गैँडाकोटकी कलाकार माया थापा मगर र आरके चन्द सुन्दर प्रकृतिको कला कोर्दै हुनुहुन्छ । महिला र पुरुषको हातले पृथ्वीको अर्ध थेगेको छ । त्यसमाथि रुख छ । रुखको आधा भाग सुकेको र आधा भाग हरियाली देखिन्छ । जलवायु परिवर्तनलगायत कारणले प्रकृतिमा असर परिसकेको भए पनि विनाश भने भइनसकेको सन्देश यसले दिन्छ । हात हातमा पृथ्वी अर्थात् पृथ्वी र प्रकृतिलाई कस्तो बनाउने भन्ने कुरा हाम्रो हातमा छ भन्ने सन्देश दिन उक्त कला प्रस्तुत गरिएको मगर बताउछन् । चन्द थप्छन् – ‘प्रकृतिको संरक्षण या विनाश के गर्ने भन्ने कुरा हाम्रै हातमा छ भन्ने सन्देश दिन खोजिएको हो ।’ नजिकै कलाकार डी बराल र प्रकाश थापा प्रथा चित्र कोर्नमा व्यस्त हुनुहुन्छ । स्कुलमा चहलपहल छ । क्षितिजमा सुन्दर हिमाली सौन्दर्य देखिन्छ । विद्यालयको बाहिरी आवरणमा केही बालबालिका चिहाउँदै छन् । उनीहरु सडक बालबालिकाजस्ता देखिन्छन् । सो चित्रमार्फत सडक बालबालिकाको जीवन कथा देखाउन खोजिएको कलाकार प्रथाले खुलाए । साहित्यमा अब्बल रहँदै आएको चितवनको साहित्यकारहरुको समूह अक्षर समूहले पर्खालमा कला भर्ने अभियान आजदेखि थालेको हो । चितवन र काठमाडाँैबाट आएका १५ कलाकार दिनभर जिविस चितवनको पर्खालमा कला कोर्नमा व्यस्त भए । कलाकारलाई खान, बस्न र आतेजाते समूहले व्यहोरे पनि कला भने कलाकारकै अमूल्य योगदान भएको भूपिनले वताए । ‘मूल उद्देश्य भनेकै कलाको माध्यमबाट जनचेतना जगाउने भएको हो” भूपिनले भने, ‘चितवनलाई कलाको केन्द्र बनाउने पनि अभियान हो ’। ‘हामी अक्षर शब्द समातेर कविता कोर्छौं र सन्देश दिन्छौँ, उनीहर रङमार्फत कविता कोर्छन र सन्देश दिन्छन् आखिर दुवै एउटै हुन्, यसैले कला र साहित्यको सन्बन्ध स्थापना गर्न खोजिएको हो” – भूपिनले भने । मुख्य गरी महिला हिंसाविरुद्ध, बालअधिकार, प्रकृति र संस्कृति संरक्षण एवम् सीमान्तकृत समुदायको आवाज बुलन्द पार्न कला भर्न थालिएको उनले बतर्ए । आज सर्लाहीका रिक्सा चालक राजेन्द्र सिंहले चित्र कोरेर कला भर्ने अभियान सुरु गरिएको थियो । अक्षर समूहका कविहरुले विदेशका विभिन्न क्षेत्रमा देखेको अनुभवलाई चितवनमा पहिलो पटक व्यवहारमा उतारेका हुन । यो सौन्दर्य प्रदान, जनचेतना, कलाको विकास र सफा सहर बनाउने अभियान हो । सुरुआतमा चितवनमा आज र शुक्राबार उक्त काम गरिने छ । दुईवर्षे अभियानअन्तर्गत पोखरा, दमक र धवलागिरि क्षेत्रमा पनि माग बढेको समूहले जनाएको छ । विदेशमा बस्ने नेपालीले कार्यक्रमलाई सहयोग गरिरहेका छन् । तस्विर साभारः इकान्तिपुर
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending