काठमाडौं । अभिनेत्री निशा अधिकारीले श्रीमान् शरद भेषावकर विरुद्ध हालेको अंश मुद्दाको खबरबीच आफूहरू ठिकठाक रहेको बताएकी छन्।
निशाले यो आफूहरूको निजी मामला भएको बताएकी छन् । अंश मुद्दा हाल्नुको कारणबारे केही खुलाएकी छैनन् । यो विषयलाई परिपक्वता र करुणाका साथ सुल्झाउने उनको भनाइ छ ।
स्टाटसमा उनले लेखेकी छन्, ‘म न त लुकाउने छु न त धेरै व्याख्या गर्न जाँदै छु। यो हाम्रो व्यक्तिगत मामिला हो र हामी अत्यन्त परिपक्वता र करुणाका साथ सबैभन्दा राम्रो तरिकाले काम गरिरहेका छौँ।’
आफ्ना सम्पूर्ण धारणाहरूसहित अन्तिममा उनले आफू, श्रीमान् शरद र छोरा युभान ठिक भएको जनाएकी छन्।
निशाका पति शरद भेषावकर क्रिकेटर हुन्। शरदले पछिल्लो समय राष्ट्रिय टीमबाट स्थान गुमाएका छन् ।
निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी थिइन्। निशा र शरदको एक छोरा पनि छन्। एकल सन्तानका रूपमा रहेका नाबालक छोरासमेतलाई अंश भाग लगाउन माग गर्दै निशाले मुद्दा हालेकी हुन् । विवाह गरेको पाँच वर्षमै यी दुईको सम्बन्धमा दरार आएको हो।
निशाले सम्बन्ध विच्छेदको मुद्दा भने दिएकी छैनन् । सम्बन्ध विच्छेद नगरीकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधान छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...
पौष ६ गते, २०८२ - ०८:४८
काठमाडौं । अन्तर्राष्ट्रिय ध्यान दिवसको अवसरमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...
पौष ६ गते, २०८२ - ०८:४३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कडा शब्दमा चुनावी सरकारको आलोचना गर्दै एमाले नेतृत्वलाई निसाना बनाइएको खण्डमा 'देश ठप्प पार्न...
पौष ६ गते, २०८२ - ०७:५७
मोरङ । उर्लाबारी–२ भुसिका युवराज तिवारीले रु तीन लाखबाट सुरुआत गरेको कृषि फार्म अहिले एक करोड बराबरको लगानी भएको छ । स्वदेशमै केही गर्ने उद्देश्यका सा...
पौष ६ गते, २०८२ - ०७:१८
काठमाडौँ । नेपालकी तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण पदक जितेकी छन्। शनिबार भएक...
पौष ६ गते, २०८२ - ०७:१३
सुर्खेत। कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका ला...
पौष ६ गते, २०८२ - ०७:११
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै...
पौष ६ गते, २०८२ - ०७:०४
भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा गिरावट आएको छ । समयमा पर्याप्त वर्षा नहुनु र रोपाइँपछि परेको बेमौसमी वर्षाले धानबालीमा क्ष...




प्रतिकृया लेख्नुहोस्: