Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

सुखदुःखका गफ गर्ने चौतारी बन्दै दिवाकालीन आश्रम

खबरडबली संवाददाता

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ चापाघाट निवासी ६० वर्षीया चिनीमाया वाग्ले बिहान खाना खाने बित्तिकै दिवाकालीन ज्येष्ठ नागरिक आश्रम पुग्छन् । 

बिहान १० बजे नै आश्रममा पुगिसक्ने उनी त्यहाँ पुगेर गीत गाउने, सुखदुःखका कुरा गर्ने, नाच्ने काममा लाग्छन् । घरमा एक्लै बस्नुभन्दा आश्रममा पुगेर दिन कटाउने उनको दिनचर्या बनिसकेको छ ।

‘घरमा एक्लै बस्दा दिन काट्न गाह्रो, बरु आश्रममा गएपछि मन भुलाउने ठाउँ पनि भएको छ, दिन कटेको पत्तै हुँदैन,’ उनले भने । 

छोराबुहारी कार्यालयको काममा गएपछि घरमा एक्लै बस्दा न्यास्रो लाग्ने भएकाले वाग्लेजस्तै अन्य ज्येष्ठ नागरिक दिवाकालीन आश्रममा पुग्ने गर्छन् । स्थानीय ६५ वर्षीया नारायणी वाग्ले पनि दिवाकालीन आश्रममा नियमित जान्छिन् ।

‘दिवाकालीन आश्रम दिन बिताउने ठाउँ मात्र होइन, सुखदुःखका गफ गर्ने चौतारी बनेको छ,’ उनले भनिन् । 

स्थानीय ९१ वर्षीय मानसिंह दर्लामी पनि नियमित दिवाकालीन आश्रममा आउँछन् । ‘घरमा बस्यो अल्छी लाग्छ, न्यास्रो लाग्छ, बरु आश्रममा आउन थालेदेखि आनन्द महसूस हुन थालेको छ,’ उनले भने ।  उनीहरूका अतिरिक्त यहाँ दैनिक ५० जना ज्येष्ठ नागरिक आउँछन् ।

बिहान १० बजेदेखि ३ बजेसम्म दिवाकालीन आश्रम सञ्चालन गरिएको छ । दिउँसोका समयमा ज्येष्ठ नागरिकलाई भुलाउने ठाउँ बनाउने उद्देश्यसहित दिवाकालीन आश्रम सञ्चालन गरिएको संकीर्तन समूहका अध्यक्ष विष्णु गौतमले जानकारी दिए ।

‘कोही–कोही ज्येष्ठ नागरिक त नातिनातिनीलाई पनि लिएर आउनुहुन्छ, घरमा बस्दा उहाँहरूलाई दिन कटाउन गाह्रो हुने भएपछि दिवाकालीन आश्रम सञ्चालनमा ल्याएका हौं,’ उनले भने । दिवाकालीन आश्रममा आउने ज्येष्ठ नागरिकलाई आश्रमले नै दिवा खाजाको व्यवस्था गरेको छ । 

दिवाकालीन आश्रम हप्ताको ६ दिन सञ्चालन हुने र आइतवार बन्द हुन्छ । ‘शनिवार र चाडपर्वका दिनमा झन् बढी ज्येष्ठ नागरिकको आगमन हुन्छ,’ उनले भने, ‘भजनकीर्तनका लागि वडाभित्रकै टाढा टाढाबाट समूह पनि आउँछन् ।’

ज्येष्ठ नागरिकले एक्लो महसूस गर्न थालेपछि दिउँसोको समयमा जम्मा हुने, एकापसमा भलाकुसारी गर्ने गरी संकीर्तन समूहले दिवाकालीन आश्रम निर्माण गरेको थियो । विभिन्न कारणले बाबुआमाको स्याहारमा छोराछोरीले समय दिन नसकेपछि यहाँका ज्येष्ठ नागरिक सदरमुकामस्थित पञ्चायन मन्दिर, चौतारा लगायतका ठाउँमा जम्मा भएर दिन कटाउन बाध्य भएका थिए । 

‘दिउँसोको समयमा ज्येष्ठ नागरिकलाई दिन कटाउन गाह्रो हुँदै गएको महसूस गर्‍यौं, यसकारण उहाँहरू अन्यत्र ठाउँमा गएर दिन कटाउन थाल्नुभयो,’ उनले भने, ‘त्यसैलाई मध्यनजर गरेर वडाभित्रै दिवाकालीन आश्रम निर्माण गरेका हौं ।’ उनका अनुसार यहाँका ज्येष्ठ नागरिक २०–२५ मिनेट पैदल हिँडेरै राजमार्गको बाटो हुँदै सदरमुकाम जाने गर्दथे । 

वृद्धवृद्धाको सम्मान र अभिरुचिअनुरूप जीवन बिताउनका लागि ज्येष्ठ नागरिकलाई आश्रममा विभिन्न संगीतका सामान उपलब्ध गराइएको छ । ‘वृद्धवृद्धा दैनिक आएर विभिन्न भजनकीर्तन गर्ने, गाउने, बजाउने गर्नुहुन्छ,’ उनले भने । आश्रममा विभिन्न व्यक्तित्वले जन्मोत्सवको अवसरमा आएर सहयोग गर्ने गरेका छन् । 

संकीर्तन समूहले विक्रम संवत् २०७२ सालदेखि कृष्णष्टमीको अवसर पारेर कृष्णझुला कार्यक्रम गर्दै आएको थियो । कार्यक्रममा भक्तजनबाट संकलन भएको दान रकम, देउसीभैलो खेलेर संकलन गरेको रकम र अन्य दानवीरको सहयोगबाट आश्रमको २ तल्लाको भवन निर्माण गरिएको समूहका सचिव शरण खनालले बताए ।

उनका अनुसार भवन निर्माणका लागि ३५ लाख रुपैयाँ खर्च भएको छ । ‘प्रत्येक वर्ष देउसीभैलो खेलेर रकम जम्मा गरेका थियौं, वडा कार्यालयबाट पनि केही सहयोग भएपछि भवन निर्माण सम्पन्न गर्न सक्यौं,’ उनले भने ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending