बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिन्छ। ढम्कने गाउमा १ सय बढी घर परिवार छन्। ती सबैको आम्दानीको मुख्य स्रोत भनेको आलु हो।
जिल्लाका उत्तरी क्षेत्रका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकालगायत कर्णाली प्रदेशका हुम्ला मुगु र कालीकोट जिल्लाका केही स्थानीय तहको आवत–जावत गर्ने मुख्य बाटोमा पर्ने ढम्कने गाउँका स्थानीय आलुका परिकार बेचेर आम्दानी गरिरहेका छन्।
तर, परम्परागत रूपमा गरिएको आलु खेतीले उत्पादन नबढेपछि, त्यहाँ आलु पाठशाला सञ्चालन गरिएको छ। बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले ढम्कनेका स्थानीयलाई आलुमा आत्मनिर्भर बनाउन कृषि पाठशाला सञ्चालन गरेको बताए। गएको मंगलबार कृषि ज्ञान केन्द्र बाजुराले दक्ष प्राविधिक ल्याएर किसानको खेतबारीमै आलु लगाउने विधि सिकाएको कृषि ज्ञानकेन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताए।
आलुको जात पहिचान गर्ने र विउ प्रमाणीकरणका लागि आलुको अनुसन्धान, आलु बालीमा लाग्ने रोग किराको व्यवस्थापन र कम्पोस्ट मल बनाउने तरिका, आलुका प्रजाति, उत्पादन क्षमता लगायतका बारेमा खेतबारीमै पुगेर किसानलाई सिकाइएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए।
ढम्कनेका कृषकहरूले बर्सेनि आलु खेती गर्दै आएका भएपनि अपेक्षा अनुसारको आलु उत्पादन गर्न नसकेकोले आलुको उत्पादन वृद्धि गर्ने, बजारीकरण गर्ने उद्देश्यले बाजुरा जिल्लाका भिन्न–भिन्न ३० ठाउँबाट आलुका बीउ संकलन गरी कृषकहरूको खेतबारीमै कृषक पाठशाला सञ्चालन गरेर लगाइएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताए।
आलु धेरै फले पनि बजारीकरण नहुने ढम्कनेको आलु २०७६ कात्तिकमा आलु महोत्सव नै गरेका थिए। महोत्सवपश्चात् ढम्कनेको आलुु पोखरा, काठमाडौं, धनगढी लगायतका सहरहरूमा जाने गरेको छ। यसरी देशका ठूला सहरमा आलुको माग भएपछि स्थानीयहरू आलु खेतीमा हौसिएका छन्।
हाल ढम्कनेमा १ जना किसानले २० देखि ६० क्विन्टलसम्म आलु फलाउने गरेका छन्। आलु उत्पादन गरेर बजारीकरणभन्दा पनि किसानलाई आलुका परिकारहरू बनाउने तालिम दिएर बिभिन्न परिकार बनाउन सिकाइने वडा अध्यक्ष पाध्यायले बताए।
आलुका परिकारमा आलु चिप्स, मम, खीर, समोसा र पकौडालगायत ३० वटा परिकार बनाउने गरी आम्दानीको स्रोत बनाउने उद्देश्य रहेको पाध्यायले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: