बाजुरा । बाजुराको बडिमालिका नगरपालिका–७ ढम्कनेलाई बाजुरा जिल्लाको आलुको राजधानी भनेर चिनिन्छ। ढम्कने गाउमा १ सय बढी घर परिवार छन्। ती सबैको आम्दानीको मुख्य स्रोत भनेको आलु हो।
जिल्लाका उत्तरी क्षेत्रका बुढिनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, जगन्नाथ र हिमाली गाउँपालिकालगायत कर्णाली प्रदेशका हुम्ला मुगु र कालीकोट जिल्लाका केही स्थानीय तहको आवत–जावत गर्ने मुख्य बाटोमा पर्ने ढम्कने गाउँका स्थानीय आलुका परिकार बेचेर आम्दानी गरिरहेका छन्।
तर, परम्परागत रूपमा गरिएको आलु खेतीले उत्पादन नबढेपछि, त्यहाँ आलु पाठशाला सञ्चालन गरिएको छ। बडिमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले ढम्कनेका स्थानीयलाई आलुमा आत्मनिर्भर बनाउन कृषि पाठशाला सञ्चालन गरेको बताए। गएको मंगलबार कृषि ज्ञान केन्द्र बाजुराले दक्ष प्राविधिक ल्याएर किसानको खेतबारीमै आलु लगाउने विधि सिकाएको कृषि ज्ञानकेन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताए।
आलुको जात पहिचान गर्ने र विउ प्रमाणीकरणका लागि आलुको अनुसन्धान, आलु बालीमा लाग्ने रोग किराको व्यवस्थापन र कम्पोस्ट मल बनाउने तरिका, आलुका प्रजाति, उत्पादन क्षमता लगायतका बारेमा खेतबारीमै पुगेर किसानलाई सिकाइएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताए।
ढम्कनेका कृषकहरूले बर्सेनि आलु खेती गर्दै आएका भएपनि अपेक्षा अनुसारको आलु उत्पादन गर्न नसकेकोले आलुको उत्पादन वृद्धि गर्ने, बजारीकरण गर्ने उद्देश्यले बाजुरा जिल्लाका भिन्न–भिन्न ३० ठाउँबाट आलुका बीउ संकलन गरी कृषकहरूको खेतबारीमै कृषक पाठशाला सञ्चालन गरेर लगाइएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख हरिप्रसाद पनेरुले बताए।
आलु धेरै फले पनि बजारीकरण नहुने ढम्कनेको आलु २०७६ कात्तिकमा आलु महोत्सव नै गरेका थिए। महोत्सवपश्चात् ढम्कनेको आलुु पोखरा, काठमाडौं, धनगढी लगायतका सहरहरूमा जाने गरेको छ। यसरी देशका ठूला सहरमा आलुको माग भएपछि स्थानीयहरू आलु खेतीमा हौसिएका छन्।
हाल ढम्कनेमा १ जना किसानले २० देखि ६० क्विन्टलसम्म आलु फलाउने गरेका छन्। आलु उत्पादन गरेर बजारीकरणभन्दा पनि किसानलाई आलुका परिकारहरू बनाउने तालिम दिएर बिभिन्न परिकार बनाउन सिकाइने वडा अध्यक्ष पाध्यायले बताए।
आलुका परिकारमा आलु चिप्स, मम, खीर, समोसा र पकौडालगायत ३० वटा परिकार बनाउने गरी आम्दानीको स्रोत बनाउने उद्देश्य रहेको पाध्यायले बताए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर १९ गते, २०८२ - ०९:१५
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...
मंसिर १९ गते, २०८२ - ०९:१२
चितवन । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...
मंसिर १९ गते, २०८२ - ०९:०६
काठमाडौं । काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एक युवकको शव फेला परेको छ। मृतक युवकको पहिचान खुल्न बाँकी रहेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन...
मंसिर १९ गते, २०८२ - ०८:५७
बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाजुरामा सात वटा मतदानस्थल थपिएका छन् । यी सँगै ७७ वटा मतदानस्थल भएका र ११२ वटा मतदान ...
मंसिर १९ गते, २०८२ - ०८:१९
१० वर्षपछि ऋणको किस्ता सुरु, भुक्तानी अवधि ३० वर्ष र ब्याजदर ०.२ प्रतिशत
मंसिर १९ गते, २०८२ - ०८:१५
काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद् (कार्य, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश १६ दिनदेखि राष्ट्रपतिको कार्यालयमा रो...
मंसिर १९ गते, २०८२ - ०८:०८
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालीमाटीमा आज गोलभेँडा, च्या...
मंसिर १९ गते, २०८२ - ०७:४०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । ...
मंसिर १९ गते, २०८२ - ०७:३७
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबह...
मंसिर १९ गते, २०८२ - ०७:३४
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा पूर्वी नाका काँकडभिट्टाबाट रु छ अर्ब दुई करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । यहाँबाट रु...




प्रतिकृया लेख्नुहोस्: