Ntc summer Offer
Khabar Dabali ४ जेष्ठ २०८१ शुक्रबार | 17th May, 2024 Fri
NIMB

रासायनिक मलमा अनुदान कटौती गरेकोमा सांसदहरुको आपत्ति

खबरडबली संवाददाता

काठमाडौँ।  सरकारले रासायनिक मलमा दिँदै गरेको अनुदान कटौती गरेकोमा सांसदहरुले आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकको शून्य समयमा बोल्ने अधिकांश सांसदहरुले सरकारको उक्त निर्णयको आपत्ति जनाएका हुन्। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै जिम्मेवारीमा रहेको कृषि मन्त्रालयले फागुन २६ गते रासायनिक मलमा दिँदै गरेको अनुदानमा कटौती गरेको थियो। उक्त अनुदान कटौती गर्ने निर्णय स्वंय कृषिमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डले गरेका हुन्। 

त्यसअघि रासायनिक मलमा समग्रमा ७०.८२ प्रतिशत अनुदान दिँदै आएको सरकारले त्यसमा कटौती गर्दै समग्रमा ५९.०४ प्रतिशतमा कायम राखेको छ। सरकारले उक्त अनुदानलाई  ५० प्रतिशतसम्म झार्ने लक्ष्य रहेको बताएको छ। त्यसले मूल्य थप आकासिन जान्छ। सोहि विषयलाई लिएर सांसदहरुले आपत्ति जनाएका हुन्। 

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले मलमा दिँदै गरको अनुदान कटौती गरेर किसानमाथि ज्यादती गरेको आरोप लगाएका छन्। ‘यो सरकार कसको हो? कसका लागि काम गरिरहेको छरु नेपालका किसानलाई १ बोरा मल समेत समयमा उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड भाँचिने गरी मलमा मूल्यवद्धि गरेको छ। मलमा दिँदै गरेको अनुदान कटौती गरेको छ,’ बर्तौलाले प्रश्न गर्दै भने, ‘कहिलेसम्म सरकारबाटै किसानले यसप्रकारमा ज्यादतीपूर्ण अन्याय सहनु पर्ने होरु’

यस्तै, जसपाका सांसद राजकिशोर यादवले सरकारले किसानप्रति कस्तो नीति अख्तियार गर्न खोजेको होरु भनेर प्रश्न गरेका छन्। ‘सरकारले मलमा दिँदै आएको अनुदान कटौती भएको छ र मलको मूल्य बढाएको छ। त्यसैले यो सरकारले किसानप्रति कस्तो नीति अख्तियार गर्न खोजेको होरु भन्ने कुरा चाहेको छु,’ सांसद यादवले भने।

यस्तै, कांग्रेसका सांसद रामहरि खतिवडाले मलमा दिँदै आएको अनुदानमा वृद्धि गर्नुपर्नेमा घटाएर ठिक नगरेको बताएका छन्। 

‘भर्खरै सरकारले अनुदान कटौती र मूल्य बढाएको छ। किसानले मल समयमा पाउने र सरकारले अनुदान बढाउने काम गरोस्,’ खतिवडाले भने। 

त्यस्तै, कांग्रेस सांसद रामकृष्ण यादवले मलमा र दूधमा बढाएको मूल्य घटाउन माग गरेका छन्। ‘मल र दूधमा मूल्यवृद्धि भएको छ। उक्त वृद्धि भएको मूल्य घटाइयोस् म सरकारसँग माग गर्छु,’ यादवले भने।

यस्तै, एमाले सांसद लिलानाथ श्रेष्ठले वर्तमान सरकार किसानलाई मलमा दिँदै गरेको अनुदान कटौती गरेर गैर जिम्मेवार बनेको आरोप लगाएका छन्। ‘कृषिप्रधान देशमा किसानलाई जुन रकम विनियोजन भएको थियो, त्यो कटौती भएको छ। त्यसमा पनि मलमा किसानले थेग्नै नसक्नेगरी मूल्य बढाइएको छ। दूधको मुल्यमा पनि उस्तै बढाइएको छ,’ श्रेष्ठले भने,‘मलाई लाग्छ यो सरकार जिम्मेवार होइन, गैरजिम्मेवार सरकार हो।’ 

मलमा अनुदान कटौती गरेपछि किसानले युरियालाई २५ रुपैयाँ प्रतिकेजी, डिएपीलाई ५० रुपैयाँ प्रतिकेजी र पोटासलाई ४० रुपैयाँ प्रतिकेजी तिर्नु पर्ने हुन्छ। त्यसअघि किसानले युरियालाई १४ रुपैयाँ प्रतिकेजी, डिएपीलाई ४३ रुपैयाँ प्रतिकेजी र पोटासलाई ३१ रुपैयाँ प्रतिकेजी तिर्दै आएका थिए।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies