Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

चलचित्र चेतना स्वदेशीले बढाए कि विदेशीले?

खबरडबली संवाददाता

काठमाडौं। अशोक शर्मा नेपाली चलचित्रमा निर्माता, निर्देशक, कलाकार, वितरकलगायतको विधामा काम गर्छन्। विसं २०५० को चैत महिनामा उनले निर्माण गरेको चलचित्र ‘ट्रक ड्राइभर’ हिट भएपछि कलाकारसहित उर्लाबारीस्थित सूर्य टाकिजमा पुगे। पाँच सय सिट रहेको चलचित्र भवनमा एक हजार पाँच सयभन्दा बढी दर्शक थिए।

गर्मीको महिना भएकाले बेलाबखतमा दर्शक बेहोस पनि हुने गर्थे। “बेहोस भएर हल बाहिर ल्याएको दर्शक होसमा आउना साथ पुनः चलचित्र हेर्न भित्र पस्थे। स्वास्थ्यभन्दा पनि चलचित्रको चिन्ता थियो”, निर्माता शर्माले स्मरण गरे, “त्यो समयमा कलाकारिता गर्न सक्नेलाई रोल दिने चलन थियो। हामी ५१औँ दिनभन्दा बढी भएपछि दर्शकसँग भेटघाट गथ्र्यौं।”

काठमाडौँमा जारी नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौँ संस्करणको ‘हेर्दा हेर्दै कहाँ पुग्यौँ?’ शीर्षकमा भएको छलफलमा निर्माता शर्माले पुराना दिनलाई स्मरण गरेका हुन्।

उनीसँगै छलफल तथा अन्तरक्रियामा अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक सुजित विडारी सहभागी थिए। निर्माता शर्माले डिजिटल प्रविधिमा चलचित्र रूपान्तरण भएपछि ‘जय भोले’ र ‘रातो टीका निधारमा’ निर्माणसँगै निर्देशन गरे।

“पहिले म आफैँ कलाकार बन्ने समयमा एउटा फाइल बोकेर हिँड्थे। त्यसमा मैले अभिनय गरेको नाटकको जानकारी हुन्थ्यो। तर, अहिले आफ्नो क्षमतालाई सामाजिक सञ्जालमार्फत प्रस्तुत गर्न सकिन्छ”, निर्माता शर्माले भने, “मैले समेत पछिल्लो दुई चलचित्रमा केही कलाकारलाई सामाजिक सञ्जालकै माध्यमबाट अवसर दिएँ। त्यो समयदेखि यो समयसम्म धेरै फेरिएको छ।”

उनले भनेझैँ प्रविधिले सहजता दिए पनि दर्शक भने कम भइरहेका छन्। पचासको दशकमा चलचित्र बन्दा बन्दै लगानी उठेको प्रशस्तै उदाहरण छन्। यद्यपि अहिले वर्षमा मुस्किलले दश चलचित्रले मुनाफा पाउने गरेका छन्।

‘ऐना झ्यालको पुतली’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक विडारीले दर्शकसँग माध्यम धेरै भएको बताए। “विश्वभरका चलचित्र हामीले सहजै हेर्न सक्छौँ। यसले दर्शकको चलचित्र चेतनालाई बढाएको छ। त्यो चेतना हाम्रोभन्दा बाहिरको चलचित्रले दिएका कारणले पनि हामीले विश्वसनीयता गुमाइरहेका छौँ”, निर्देशक विडारीले भने, “दर्शकमा आकर्षण कम भएको छैन। यद्यपि हाम्रो मेकिङमा स्तरीयता घट्दो छ।”

दर्शक अहिले मन परेको चलचित्र पहिले नै आफ्नो विश्वासिलो व्यक्तिले सिफारिस नगरेसम्म हलमा नआउने गरेको अभिनेत्री खड्काले बताइन्।

“‘लुट’ पछि त्यस्तै चलचित्र बने। त्यही क्रम ‘कबड्डी’ मा समेत देखियो। पछाडिका चलचित्रमार्फत बारम्बार हामीले दर्शकलाई निराश बनाएका छौँ कि? यो विषयमा सोच्न जरुरी छ”, अभिनेत्री खड्काले भनिन्, “युट्युबमा नेपाली चलचित्रले पाउने दर्शक हेर्दा छैनन् भन्ने अवस्था नै छैन। तर, ती दर्शकलाई भवनसम्म ल्याउन सकिरहेका छैनौँ। किनकि हामीले उनीहरूको विश्वास बढाउने चलचित्र दिइरहेका छैनौँ।”

निर्माता शर्माले सामाजिक सञ्जालमार्फत कलाकार र दर्शकको दूरी कम भएकाले पनि आकर्षण घटेको हुनसक्ने विचार राखे। “पचासको दशकमा कलाकार हुन्थे। दर्शकसँग प्रत्यक्षरूपमा ५१औँ दिन वा सोभन्दा बढी समय भएमा मात्र भेट हुन्थ्यो। सम्पर्क हुने अन्य माध्यम नै थिएन”, निर्माता शर्माले भने, “अहिले हाम्रो दिनचर्या र सम्पर्क सामाजिक सञ्जालमार्फत प्रत्यक्ष जोडिएको छ। कलाकारप्रतिको कौतुहलता नै छैन। यसको सकारात्मक पाटो भने आफ्नो कुरा सिधै भन्न सकिन्छ।”

अभिनेत्री खड्काले भने दर्शकले चलचित्रमा कलाकारभन्दा पनि निर्वाह गरिएको भूमिकाले आकर्षण गर्नुपर्नेमा जोड दिइन्। “चलचित्रभित्र कलाकार नभई उसको पात्र देखिनुपर्छ। तर, अपेक्षाभन्दा कम हुँदा विस्तारै हामीले दर्शक गुमाइरहेका छौँ। अब नेपाली चलचित्र भनेर माया गर्नेभन्दा पनि राम्रोलाई हेर्ने क्रम बढ्दै छ”, अभिनेत्री खड्काले भनिन्।

निर्देशक विडारीले नेपाली दर्शकले कमेडी चलचित्र बढी रुचाइएको पाए। “सफलतालाई विश्लेषण गर्ने हो भने कमेडीकै वर्चश्व छ। यद्यपि हामीले त्यतिमै सीमित नभई फरक विधालाई दर्शकसम्म पुर्‍याउनु नै पर्छ। हाम्रो काम सही मार्गदर्शनको पनि हो”, उनले भने। निर्माता शर्माले कलात्मक चलचित्रले विस्तारै बजार बनाइरहेको जानकारी दिए। उनले यादव भट्टराईको निर्देशनमा तयार भएको ‘झोला’ को प्रसङ्ग सुनाए।

“वितरक नपाएपछि म रहेको कम्पनीमा चलचित्र आइपुग्यो। मैले हेरेपछि सीमित प्रदर्शन गर्ने योजना बनाएँ। विस्तारै दर्शकले सिफारिस गर्न थालेपछि शो र हल सङ्ख्या बढ्यो”, निर्माता शर्माले भने, “सिफारिस पाउने समय हेरेर त्यस्ता चलचित्र प्रदर्शनमा आए सहज हुन्थ्यो। यहाँ बिदा र भीडभाड नै सबैलाई प्यारो छ।” छलफलमा सहभागी चलचित्रकर्मीले भीडलाई मनोरञ्जन दिने मात्र नभई कलात्मक पाटोलाई उजागर गर्ने कथावस्तुमा जोड दिनुपर्ने निष्कर्ष निकालेका थिए। रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: